सांस्कृतिक संघमा पनि कांग्रेसी किचलो


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनआन्दोलन २०६२/६३ को रापमा जन्मिएको संगठन हो- नेपाल सांस्कृतिक संघ।

यो नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।

१४ वर्षको तन्नेरी संगठन यतिबेला थलिएको छ।

कारण, राजनीतिक खिचातानी।

कांग्रेसका अन्य भ्रातृ संगठनजस्तै यो पनि पार्टीको राजनीतिक चपेटामा च्यापिएको छ। पछिल्लोपटक संगठनको महाधिवेशन भएको तीन वर्ष भयो। सांस्कृतिक संघको कार्यकाल पनि तीन वर्षको मात्रै हो।

यसको कार्यकाल सकिने अवस्थामा छ। कार्यकाल सकिन लागेको भन्दै पछिल्लोपटक एक वर्षका लागि समय थपिएको छ। तर, कार्यसमिति अझै पूर्ण हुन सकेको छैन।

२०७५ माघमा देशभरका १ हजार १ सयभन्दा बढी जनप्रतिनिधि महाधिवेशनको उल्लास बोकेर राजधानीमा जम्मा भएका थिए। संघ निर्वाचनमा होमिएको थियो। मतदातामा उत्साह थियो।

महाधिवेशन उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले भव्य समारोहबीच गरेका थिए। तर, मनोनयन दर्ता गर्ने समयमा खिचातानी उत्पन्न भयो। र, महाधिवेशन हुन सकेन।

त्यसपछि पार्टीले तीर्थ थापाको अध्यक्षतामा पाँच सदस्यीय समिति मनोनयन ग-यो। र, उनीहरूलाई संघको समिति पूर्ण गर्ने जिम्मेवारी दियो। तर, त्यो समिति तीन वर्षदेखि पाँच सदस्यमै सीमित छ। थापा त्योभन्दा अगाडि पनि संघको अध्यक्ष नै थिए।

राजनीतिक भागबण्डाले महाधिवेशन हुन नसकेको अवस्थामा पाँच सदस्यले समिति पूर्ण गर्न सक्ने अवस्था थिएन।

त्यसपछि फेरि पार्टीले समितिलाई पूर्णता दिने जिम्मा केन्द्रीय सदस्य एनपी साउद, नेताहरू गुरु घिमिरे, प्रदिप पौडेललगायतलाई दियो।

तर, उनीहरूले पनि राजनीतिक भागबण्डा मिलाउन सकेनन्। र, संगठन तीन वर्षदेखि अनिर्णयको बन्दी बनेको छ।

अध्यक्ष थापा पनि पार्टीको यस्तो चाला देखेर वाक्क भइसकेका छन्। ‘पटक-पटक नेताहरूको घर धाउँदा दिक्क लागिसक्यो। सबैले गति दिनुपर्छ भन्नुहुन्छ तर उपलब्धि कहिले हुने होइन,’ आयोमेलसँग उनले भने।

पार्टीले संगठनलाई अनिर्णयको बन्दी बनाएका कारण आफूहरूले कुनै काम गर्न नसकेको थापाको गुनासो छ।

पार्टीले संकृति र संस्कृतिकर्मीलाई चिन्न नसक्नु दुर्भाग्य ठान्छन् थापा। भन्छन्- ‘संस्कृति र संस्कृतिकर्मीलाई चिन्न नसकेकै कारण पार्टी यो हविगतमा पुगेको हो।’ थापा कुनै पनि मुलुकको विकासका लागि संस्कृतिप्रति राज्य केन्द्रित हुनुपर्ने ठान्छन्। 

‘कांग्रेस मालिक र दासको पार्टी नबनाइयोस्। कांग्रेसको यस्तो प्रवृत्तिले निकै निराश छु,’ उनी भन्छन्, ‘समयमै संगठनलाई पूर्णता दिएको भए हामी गाउँगाउँमा सांस्कृतिक जागरण ल्याउँथ्यौं। संगीतमा त्यो शक्ति हुन्छ, जुन भाषालाई जनताले सहजै बुझ्न सक्छन्।’

देशको परिवर्तनका लागि लोतान्त्रिक कलाकर्मीहरूले खेलेको भूमिकालाई नभुल्न अध्यक्ष थापा पार्टीसँग आग्रह गर्छन्।

उमेरले ६२ कटेका थापा पार्टीका पूराना कार्यकर्तामध्ये एक हुन्। २०२७ सालमा लम्जुङ हाइस्कुलको इकाई सभापति भएका थापा लामो समयदेखि सांस्कृतिक मोर्चा सम्हाल्दै पार्टीमा सक्रिय छन्।

त्यसैले त भनिरहेका छन्- ‘मलाई पार्टीबाट कुनै लाभ लिनु छैन। बस कांग्रेस बलियो भएको हेर्न चाहन्छु। पार्टीले कलाकार, साहित्यकारहरूको आत्मसम्मान हुने खालको वातावरण सिर्जना गरेको हेर्नुछ।’

गिरिजाको प्रेरणाले जन्मिएको सांस्कृतिक संघ
लोकतान्त्रिक गणतन्त्र प्राप्तिका खातिर देशमा २०६२/६३ मा जनआन्दोलन भयो। सबै पेसा-व्यवसायका मानिस सडकमा आए।

संस्कृतिकर्मी, कलाकार, साहित्यकारले पनि सडक आन्दोलनलाई साथ दिइरहेका थिए।

तिनैमध्येका एक हुन् थापा। उनले कुनै संगठनमा नरहेर कलाकर्मीको मोर्चाको नेतृत्व गरिरहेका थिए। उनको सक्रियतालाई नजिकबाट नियालिरहेका थिए गिरिजाप्रसाद कोइरालाले।

‘गिरिजाबाबुले अर्जुननरसिंह केसी दाइलाई फोन गर्न लगाउनुभएछ। मलाई अर्जुन दाइले भेट्न चाहन्छु भन्नुभयो। उहाँले मलाई तपाईं कुन विचारधाराको मान्छे हो हामीलाई थाहा छैन। तर, तपाईंको सक्रियता देखेर गिरिजाबाबुले भेट्न खोज्नुभएको छ भन्नुभयो,’ थापा सम्झिन्छन्।

केसीसँग आफूले पनि प्रजातन्त्रकै अनुयायी भएको बताएको उनले सुनाए। उनलाई राति १२ बजे बोलाएका थिए केसीले। त्यसपछि आफ्नै घरमा लगेर अन्य कलाकर्मीका नम्बर मागेर केसीले आन्दोलनबारे थप व्याख्या गरेको  सम्झना अझै उनीसँग ताजै छ।

त्यसको दुई/तीन दिनपछि थापाले कोइरालालाई भेटे। पहिलो भेटमै मलाई गिरिजाबाबुले ‘देशलाई विदेशीले सक्न लागे, तपार्इंले इन्डिया, युरोपियन युनियनविरुद्ध बोल्नुप पर्‍याे’ भनेको उनी सम्झिन्छन्। त्यसपछि देशमा लोकतन्त्रवादी कलाकारहरूको गोलबद्धता महसुस गर्दै कोइरालाले नै सांस्कृतिक संघ स्थापना गर्न थापालाई प्रेरित गरेका थिए।

यसरी २०६२ माघ २७ मा स्थापना भएको सांस्कृतिक संघले २०६३ जेठ ११ मा पार्टीबाट शुभेच्छुक संस्थाको मान्यता पायो। र, सुरुमा ११ जनाको समिति बनेको थापा बताउँछन्।

लाभको पद नलिएका थापा
चुनावमा उनी अग्रमोर्चामा खटिन्छन्। पार्टीलाई विजयी गराउन विभिन्न सांगीतिक कोसेली बजारमा ल्याएर जनातालाई जागृत पार्छन्।

आफ्नो संगठनमा आबद्ध लोकतन्त्रवादी कलाकारलाई देशभर खटिन निर्देशन दिन्छन्। पाका कलाकार भएकाले उनको वचन कसैले काट्दैनन्।

सबै कलाकार चुनावमा देशभर खटिन्छन्। उनी सांस्कृतिक संघमा मात्र आबद्ध छैनन्। एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

चारओटा फिल्म निर्देशन गरिसकेका छन्। कथा पनि आफैं लेख्छन्। उनले थुप्रै टेलिचलचित्रमा समेत अभिनय गरेका छन्। देशकै पुरानो कलाकार तथा निर्देशक भए पनि उनले न पार्टीबाट कहिले लाभको आसा गरे न राज्यबाटै। 

त्यसैबीच माधव नेपाल प्रधानमन्त्री हुँदा कोइरालाको सहयोगमा नेपाल संस्कृति तथा नाट्य प्रज्ञाप्रतिष्ठानको प्राज्ञ भए। बस, उनले जीवनमा पाएको सम्मान त्यत्तिमात्रै हो।

‘खुरापात जानेको भए वा गर्न चाहेको भए मैले पनि ठूला भाग पाउँथे होला। तर, मलाई त्यस्तो चाहना कहिले भएन। सरकार र पार्टीले कहिले सम्झिएन,’ उनी भन्छन्।

उनले गिरिजाप्रसाद कोइराला हुँदा सांस्कृतिक संघले एक खालको गति लिए पनि अहिले त्यो भताभुङ्ग भएको बताए।

अबको आशा
गतिहीन बनेको सांस्कृतिक संघले पूर्णता पाए जोस र जाँगरसाथ दौडाउने मुडमा छन् थापा। पार्टीले सांस्कृतिक संघलाई अहिलेसम्म शुभेच्छुक संस्थाको मात्रै मान्यता दिएको छ। 

‘तर, अब भ्रातृ संगठनकै मान्यता दिने भन्ने सुनेको छु,’ अध्यक्ष थापाले भने, ‘यसका लागि हामीले पार्टीसँग निकै आग्रह गरेका थियौं।’ 

थापा सांस्कृतिक संघका संस्थापक अध्यक्ष हुन्। उनले संगठनलाई १४ वर्षदेखि निरन्तर हाँकिरहेका छन्। विभिन्न असहजता हुँदाहुँदै ७७ जिल्लामा संघलाई पुर्‍याएका छन्।

अहिलेसम्म पनि झोलाबाटै चलिरहेको सांस्कृतिक संघलाई पार्टीले सहयोग नगरेका कारण आर्थिक अभावले कतै कार्यालय राख्न नसकिएको थापाले बताए। झोलाबाटै भए पनि देशभर संगठन पुगेको छ। 

यतिबेला नेता एनपी साउदको नेतृत्वमा पार्टीले सबै भ्रातृ र शुभेच्छुक संस्थाका लागि समान किसिमको विधान हुनुपर्छ भनेर समिति गठन गरिएको छ। उक्त समितिले नयाँ विधान तयार गरेको छ। जसमा सांस्कृतिक संघलाई भ्रातृ संस्था बनाउने उल्लेख रहेको आफूले सुनेको थापा बताउँछन्। 

‘त्यसपछि हामी नेपाल सांस्कृतिक महासंघ हुनेछौं र आफ्ना कामलाई थप गति दिने छौं,’ उनले भने, ‘हाम्रो विधागत संरचना तयार हुँदै छ। भाषा, साहित्य, गीत, नाटक गरेर १२ विधा तय हुँदैछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको एउटा संरचना तथा जिल्ला संरचना, प्रदेश संरचना र केन्द्रीय संरचनाको मोडलमा सांस्कृतिक संघ गठन हुनेछ।’ 

उनले नयाँ संरचनाअनुसार १ सयभन्दा बढी सदस्य रहेको केन्द्रीय समिति हुने बताए। यसले आफूहरूलाई राहत पुग्ने आशामा छन्। अहिलेसम्म गति लिन नसकेको संगठन यसरी अगाडि बढ्छ कि भन्ने उनको मनमा झिनो आसा छ।

नयाँ विधान बनिसकेका कारण पार्टीले पास गरेपछि त्यहीअनुसार नै संगठन अगाडि बढ्ने थापाले बताए। अहिले संघबाट तीनजना महाधिवेशन प्रतिनिधि हुने भए पनि उनीहरूलाई उम्मेदवार बन्ने नभई भोटमात्र हाल्न पाउने अधिकारप्रति पनि थापा सन्तुष्ट छैनन्। ‘सांस्कृतिककर्मीलाई ठाउँ नदिएको पाप कांग्रेसलाई लागिरहेको छ,’ उनी भन्छन्।

भागबण्डाले झन् अन्योल 
कांग्रेस नेता साउद पनि पार्टी भागबण्डामा कुरा नमिल्दा सांस्कृतिक संघले तीन वर्षदेखि पूर्णता पाउन नसकेको स्वीकार्छन्।

‘मैले समितिलाई पूर्णता दिन नेताहरूको बीचमा सहमतिको निकै प्रयास गरेको हुँ तर त्यो सम्भव हुन सकेन,’ उनले भने।

सांस्कृतिक संघमात्र नभएर नेविसंघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, तरुण दल, महिला संघलगायत कांग्रेसका थुप्रै भ्रातृ तथा शुभेच्छुक संगठनको अवस्था पनि उस्तै रहेको साउद बताउँछन्। यसमा शीर्ष नेतृत्व गम्भीर नभएसम्म समस्या नसुल्झिने उनको भनाइ छ।

अहिले कांग्रेस महाधिवेशन तयारीमा जुटेकाले पनि यी कुरातिर सोच्ने समय नभएको उनी बताउँछन्। आफू नेतृत्वको समितिले केही शुभेच्छुक संस्थाको नयाँ विधान बनाइसकेको भए पनि पार्टीको व्यस्तताले बैठकमा ठाउँ नपाएको उनले बताए। ‘समय पाउनेबित्तिकै विधान पार्टीमा प्रस्तुत गर्न तयार छौं,’ नेता साउदले भने। 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण