टेकाेमा अडेका घर, बर्खामा भत्किने पिर


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


भक्तपुरका राजु मान्नधर हिजोआज चिन्तामा छन्। जब जब बर्खायाम सुरु हुन्छ तब उनमा चिन्ता बढ्छ। 

बर्खामा झरी पर्न थालेपछि उनलाई रातभर निद्रा लाग्दैन। रातभरि झरी पर्दा घर भत्केला कि भन्ने पिर लागिरहन्छ उनलाई।

०७२ को भूकम्पले भत्काएको घर अहिलेसम्म पुनर्निमार्ण गर्न नसकेको उनले बताए। उनले भने, 'वर्षामा पानी धेरै परेर वर्षेनि घर भत्केको समाचार सुन्छु। आफ्नो पनि भत्किएला भन्ने पिर।'

बर्खामा घरभित्र नै पानी थापेर बस्नुपर्ने अवस्था भएको राजुले सुनाए। भक्तपुरमा टेको राखेर बसेका घर धेरै छन्। भक्तपुरको खौमामा भत्कने अवस्थामा रहेका अधिकांश घर टेकोकाे भरमा अडिएका छन्। 

अधिकांश घरमा पसल छन्। कुन बेला भत्किन्छ थाहा छैन। भूकम्पले क्षति पु-याएका घर भत्कने क्रम यहाँं जारी छ। यही हप्ता मात्रै भक्तपुरको ठूलो व्यासीमा रहेको एउटा पूरानो घर झरीकै कारण भत्किएको थियो।

भक्तपुरकै सुन्दर बोहजुको समस्या त्यस्तै छ। उनकाे दुई तले घर छ। छिमेकीको चार तले। घर वर्षेनि अलिअलि गरेर भत्किदै आएकाे उनले बताए।

सरकारले प्रवलीकरणको लागि १ लाख रुपैयाँ दिने गरेकाे सुने पनि आफूले नपाएकाे सुन्दरकाे गुनासाे छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, भक्तपुर) को तथ्यांक अनुसार भक्तपुर जिल्लामा प्रवलीकरण लाभग्राहीकाे संख्या ६ सय ८० छ।

जसमा भक्तपुर नगरपालिकामा १ सय ६२ वटा, चाँगुनारायण नगरपालिकामा २ सय ४ वटा, मध्यपुर ठिमी नगरपालिकामा ९३ वटा र सूर्यविनायक नगरपालिकामा २ सय २१ रहेकाे तथ्यांक छ। जसमध्ये अनुदान सम्झाैता संख्या भक्तपुर नगरपालिकामा ४४, चाँगुनाराण नगरपालिकामा १ सय ५, मध्यपुर ठिमी नगरपालिकामा ६० र सूर्यविनायक नगरपालिकामा १ सय २६ छ। कुल ३ सय ३५ वटाले सम्झौता गरेका थिए। 

उनीहरु सबैले पहिला किस्ता प्राप्त गरे। तर त्यसपछि प्रवलीकरणका लागि दोस्राे किस्ता लिनेको संख्या भने जम्मा दुई रहेको तथ्यांक छ।

दोस्रो किस्ता लिनेमा चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाकाका १/१ घर छन्। भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा प्रबलीकरण दोस्रो किस्ता लिनकाे संख्या शून्य छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय एकाईका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्ट भक्तपुरमा प्रबलीकरण गर्नुपर्ने घर धेरै देखिए पनि दोस्रो किस्ताका लागि नआएकाे बताउँछन्।

भक्तपुर पुनर्निर्माण लाभग्राहीकाे संख्या २८ हजार ५सय ८३ रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय एकाईकाे तथ्यांक छ।

त्यसमा प्रथम किस्ता लिने २४ हजार ७ सय ५९, दोस्राे किस्ता प्राप्त गर्ने १० हजार ९ सय २८ र तेस्रो किस्ता प्राप्त गर्नेमा १० हजार ४ सय २५ जना छन्।

यसमा पनि सबैभन्दा कम भक्तपुर नगरपालिका नै छ। भक्तपुर नगरपालिकामा तेस्रो किस्ता लिने जम्मा १ हजार ८ सय ६६ जनामात्र रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु

आजको मौसम : बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको