लकडाउनमा डेढ लाख बढीको कागती बिक्री


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


लकडाउनले तरकारी तथा फलफुल किसानहरू समस्यामा परेका बेला जिल्लाका एक किसानले लकडाउनका क्रममा डेढ लाख बढीको कागती बिक्री गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा १९ थानगाउँ व्यावसायिक कागती खेती गरेका रुकुम खाराका रामचन्द्र खड्काले लकडाउनका क्रममा १ लाख ८० हजार मूल्य बराबरको कागती बिक्री गरेका हुन्।

सूर्य जैविक कृषि केन्द्र प्रालि दर्ता गरेर व्यावसायिक कागती खेती गरिरहेका उनले लकडाउन सुरु भएको चैतदेखि असारसम्म १ हजार ३ सय ८७ केजी कागती बिक्री गरेको बताए। उक्त कागतीलाई प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँसम्म बिक्री गरेको सञ्चालक खड्का बताउँछन्।

‘लकडाउन सुरु हुँदा सबै ठप्प थियो, त्यो समयमा प्रतिकिलो १ सय ५० रुपैयाँमा घरबाटै कागती बिक्री हुन्थ्याे’,  सञ्चालक खड्काले भने, ‘लडकडाउन खुकुलो भएपछि बाहिरबाट पनि कागती आउन थालेपछि अहिले प्रतिकिलो १ सय रुपैयाँका दरले बिक्री हुने गरेको छ ।’

कागती जिल्ला बाहिरीबाट माग भए पनि आफूले लकडाउनका कारण बाहिर पठाउन नपाएकाे उनले बताए। ‘अहिले काठमाडौंसँगै पोखरा, बुटवलसम्म कागतीको माग आउने गरेको छ’, उनले भने ‘अझैसम्म बाहिर पठाउनुपरेको छैन तर सबै बिरुवामा फल लागे पठाउनुपर्ने हुन्छ।’

खड्काले २०७४ सालदेखि थानगाउँमा करिब २२ कठ्ठा जग्गा लिजमा लिएर उन्नत जातको व्यावसायिक कागती खेती गरेका थिए। उनको कृषि फर्ममा हाल १५ सय बढी कागतीका बोट छन्। उनले लगाएका हाइब्रिड जातका कागतीले ६ महिनामै फल दिन थालेकाे थियाे। वर्षमा तीन पटक फल दिने कागती स्थानीय कागतीभन्दा धेरै रस भएका कारण बिक्रीमा समस्या नहुने उनी बताउँछन्।

‘लकडाउनका क्रममा घरमै आएर कागती किन्ने आउँछन्, मलाई बिक्रीका लागि बजारसम्म जानुपरेको छैन,’  उनले भने, ‘तर पहिलेको तुलनामा कागतीले फल बढाउँदै गएकाले अब बिक्रीका लागि आफैं हिँड्नुपर्ने हुनसक्छ।’

उनले व्यवसायीसँगै एक र दुई किलो भनेर घरमै किन्न आउने उपभोक्तालाई बिक्री गर्ने गरेको बताए। ८० लाख रुपैयाँ खर्च गरेर व्यावसायिक कागती खेती गरेका खड्का कागतीका बिरुवा कलमे बनाएर बेच्ने तयारीमा छन्। त्यसका लागि कलमे बिरुवा बनाउने काम गरिरहेका छन्।

‘बजारमा कागतीको माग बढ्दै गएकाले जिल्लामा कागती खेती गर्ने किसान बढ्दै जानुभएको छ,’ उनले भने, ‘कागतीको फलसँगै बिरुवा चाहने मानिस बढ्दै गएकाले बिरुवासमेत बनाउँदै छु।’

स्थानीय सानो जातको कागतीभन्दा हाइब्रिड कागती राम्रो भएको खड्का बताउँछन्। उनका अनुसार बाँझो जग्गा भाडामा लिएर उनले गाईभैंसीको जैविक मल प्रयोग गरी व्यावसायिक कागती खेती सुरु गरेका हुन्। तीन पटकसम्म विदेश बसेका खड्काले स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशवाट फर्किएर कागती खेती गर्न थालेका हुन्।

उनले सरकारले किसानलाई सहयोग गरेर कागती खेतीका माध्यमबाट स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने समेत बताए। कागतीले राम्रो फल दिँदै गएमा कागतीको जुस बनाएर बिक्री गर्ने योजना छन् उनी।

उनका अनुसार पछिल्लो समय उनको फर्ममा कागती किन्नेदेखि जिल्लाका कृषि अध्ययन गर्ने विद्यार्थीसमेत अवलाेकन गर्न आउने गरेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,