सरकारलाई गाडीको चाबी बुझाउने यातायात व्यवसायीको चेतावनी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दाङ,२३ असार। लामो समय भएको लकडाउनको समस्या भोगिरहेका यातायात व्यवसायीले निश्चित दूरी कायम गरेर यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। 

उनीहरूले रोगभन्दा भोकले मर्ने डर भएको समेत बताएका छन्। यातायात व्यवसायीहरूले सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सरकारले बेवास्था गरेको भन्दै असार मसान्तभित्र निश्चित प्याकेज नल्याएर गाडीको चाबी र ब्लुबुक सरकारलाई बुझाउने चेतावनी दिएका छन्।

लामो समयसम्म थन्काएर राख्दा गाडी नै चल्न नसक्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बताएका छन्। ‘गाडीहरू ग्यारेजमा थन्काएर राखेको करिब चार महिना भइसक्यो, तत्काल सरकारले गाडी चलाउन अनुमति दिइए पनि गाडी चल्ने अवस्थामा छैनन्,’ हमालले भने, ‘यातायात व्यवसायीहरू ठूलो मर्कामा परेका छन्, ग्यारेज र बसपार्कमा थन्किएका व्यवसायीलाई राहतका लागि तत्काल सरकारले निश्चित प्याकेज घोषणा गरेर व्यवस्थापन गर्नुपर्छ।’

त्रि–सिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष रहेका हमालले महिनौं गाडी बन्द हुँदा हजारौं मजदुर र व्यवसायीलाई साँझ बिहानको छाक टार्न समस्या भएको बताए। ‘गाडी नचल्दा आम्दानी छैन, लकडाउनमा बैकको किस्ता र बिमाको रकम कसरी बुझाउने,’ हमालले प्रश्न गरे, ‘निजी क्षेत्रको लगानी र योगदानलाई राज्यले संरक्षण गर्नुपर्ने होइन?’  

असार मसान्तसम्म पनि सरकारले राहत प्याकेज सार्वजनिक नगरे स्थानीय प्रशासनमार्फत व्यवसायीले सरकारलाई गाडीको चावी बुझाउने यातायात व्यवसायी महासंघका जिल्ला समन्वय संयोजक भरतनाथ योगीले बताए। लकडाउनका कारण यातायात व्यवसायीहरू घरबारविहीन हुने अवस्थामा पुगेको भन्दै उनले यातायात व्यवसायीलाई सरकारले राहत दिने कार्यक्रम ल्याउन समेत आग्रह गरे।

यातायात व्यवसायीले आफूहरूले उठाएका माग असार मसान्तसम्म पूरा नभए सार्वजनिक यातायातका सवारी साधनका चापी र ब्लुबुक साउन १ देखि जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउने निर्णय गरेको यातायात व्यवसायी प्रदेश केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेतले बताए। ‘रोग सरेर मर्ने डरभन्दा भोकमरीका कारणले यातायात व्यवसायी, यातायात मजदुरहरू मर्ने अवस्था छ, यही अवस्थामा यातायात सञ्चालन हामीहरूले गर्न सक्दैनौं,’ बस्नेतले भने।

जिल्लाका व्यवसायीले कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भएको अवस्थामा यातायात व्यवसायी, मजदुर र कर्मचारीका साथै त्यसमा आश्रित परिवारको जीविकोपार्जन नै संकटमा परेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण