रोहिणीका विपन्न परिवारलाई प्रदेश ५ सरकारको बाख्रा वितरण


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


प्रदेश सरकारले रोहिणी गाउँपालिकाका विपन्नलाई बाख्रा वितरण गरेको छ। विपन्न परिवारलाई छनौट गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको हो।

प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको रोहिणी गाउँपालिकाका ४४ जना किसानलाई दुई/दुई वटा उन्नत जातका बाख्रा वितरण गरेका हुन्।

किसानलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको डा. न्यौपानेले बताए। उनले भने, ‘मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा छौं । रोजगारी सृजना गर्ने अभियान अन्तर्गत अति विपन्न परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको हो।’

बाख्रा लिनको लागि धकधई हाटबजारमा भेला भएका किसानलाई डा. न्यौपानेले बाख्रा वितरण गर्दै भने, 'तपाईंहरू इमान्दारीका साथ काम गर्नुहोस्, बाख्रा राम्रोसँग पाल्नुहोस्, आम्दानी गर्नुहोस्।'

उनले बाख्रा पालन गर्दा आउने समस्यामा सहयोग गर्नका लागि घरघरमा प्राविधिक पठाउने बताए। 'तपाईंहरुलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याउने जिम्मा हाम्रो हो। मेहनत, इमान्दारीता तपाईहरुमा हुनुपर्छ,’ उनले भने। 

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादबले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पालिकाले अति विपन्न परिबारको छनौट गरेको बताए।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले रोहिणी गाउँपालिकाले यस वर्ष ४४ जना अति विपन्न किसानलाई उन्नत जातका दुईवटा बाख्रा दिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो