प्रधानमन्त्री ओलीको समर्थनमा जनकपुरमा पनि प्रदर्शन


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्वन्द्व बढिरहेको बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनकपुरमा प्रदर्शन भएको छ। प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा काम गरेको भन्दै युवाहरूले उनको समर्थनमा जुलुस निकालेका हुन्।

जनकपुरको शंकटमोचन मन्दिर नजिक जम्मा भएका युवाहरूले प्रधानमन्त्री ओलीको तस्बिरका साथै पार्टी फुटाउन पाइँदैन भन्ने नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

शंकटमोचन मन्दिरबाट सुरु भएको जुलुस रामानन्द चोक, पिडाडी चोक, मिल्स एरियालगायतका क्षेत्रहरूको परिक्रमा गरेको थियो। नगर परिक्रमापश्चात जनक चोकमा आयोजित कोणसभामा बोल्दै युवाहरूले मुलुकको विकासको लागि प्रधानमन्त्रीमा ओलीको विकल्प नरहेको बताएका थिए।

नेकपाका युवा संघका नेता संजीव झाले जनताले पार्टी अध्यक्ष ओलीलाई दुई तिहाइ बहुमत दिएको भन्दै स्थायित्वलाई निरन्तरता दिन उनको विकल्प नरहेको बताउँछन्। पार्टी र मुलुकलाई एकढिक्का बनाएर अघि बढ्न अध्यक्ष ओलीले दिएको योगदान हेरेरपनि उनको विकल्प खोज्न नहुने झाको भनाइ छ।

जनकपुरका साथै नेकपा अध्यक्ष ओलीको समर्थनमा प्रदेश २ का अन्य जिल्लाहरूमा समेत प्रदर्शन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण