‘पिसिआर रामवाण औषधी होइन’


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


सिन्धुपाल्चोकका मिलन बुधबार बिहान ९ बजेदेखि टेकु अस्पताल गेट बाहिर लाइन बस्दैथिए।

उनलाई आफू कोरोना संक्रमित नभएको पक्का गर्नु थियो।

कतै कोरोना लागिहाल्यो कि? 

त्यही शंकाले उनलाई पिरोल्यो । 

कोरोना परीक्षण गरेर आफूमात्र होइन घरबेटीलाई पनि ढुक्क पार्नु थियो।

खासमा घरबेटीको किचकिचबाट छुटकारा पाउन उनी टेकु अस्पताल पुगेका रहेछन्। थर नभनेका मिलनले त्यही कुरा सुनाए ।

‘आरडिटीप्रति विश्वास छैन, सकेसम्म पिसिआर गराउनु छ,’ उनले भने।

९ बजेदेखि लाइन बसेका उनी साढे ११ बजेसम्म लाइनमै थिए। मोबाइलमा फेसबुक हेर्दै पालो पर्खिरहेका थिए।

आरडिटीको विश्वास नहुने सुनेका थिए। त्यसैले उनी चाहन्थे सकेसम्म पिसिआर गराउन। 

ताहाचल बस्ने उनी १५ दिनअघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका थिए।

‘दिनहुँ घरबेटीले कोरोना परीक्षण गरेर आऊ भनेर दिक्क पार्छ । आफ्नो स्वास्थ्य अवस्था पनि थाहा पाइने घरबेटीको कचकच पनि टुट्ने भनेर जचाउन आएको हुँ,’ मिलनले भने, ‘आरडिटीको विश्वास हुन्न रे पिसिआर गर्न पाए ढुक्क हुन्थ्यो।’ 

उनमा कोरोना भाइरसको कुनै लक्षण भने थिएन।

मिलनको पालो आयो।

उनी डाक्टरसामु बसे ।

डाक्टर र उनी वार्तालाप चल्न थाल्यो ।

डाक्टरले सुरुमा उनको ट्राभल हिस्ट्री सोधे।

के भएको छ तपाईलाई?

कहाँबाट आउनुभयो?

ज्वरो खोकी केही छ?

कुनै संक्रमितको सम्पर्कमा आउनुभएको थियो थिएन?

यी यस्तै प्रश्न डाक्टरले मिलानसामु तेस्र्याए ।

मिलनले डाक्टरलाई आफ्नो लक्षण र ट्राभल हिस्ट्रीबारे बेलीविस्तार लगाएपछि डाक्टरले सी बुकमा केही लेखे।

डाक्टरले उनलाई आत्तिनुपर्दैन भन्दै सुरक्षित तरिकाले घरमै रहन सुझाए।

उनको न आरडिटी गरियो न त पिसिआर परीक्षण ।

उनी अस्पतालबाट बाहिरिए।

‘आरडिटी पिसिआर केही भएन । लक्षण नै छैन भनेका छन्, घरबेटीलाई अब यही ‘सी’ बुक देखाउँछु’ यति भन्दै मिलन टेकुबाट हिँडे।

‘पिसिआर रामवाण होइन’

सबैलाई पिसिआर परीक्षण गराउनु छ। लक्षण भए, नभएका सबै शंकाको भरमा परीक्षण गर्न टेकु पुगिरहेका छन्।

आरडिटीप्रति कसैको विश्वास छैन। पिसिआर गरेपछि सबैलाई सुरक्षित छु भन्ने लागेको छ।

कोरोना भाइरसको परीक्षण तथा पिसिआर गर्न स्वास्थ्य मन्त्रालयलले मापदण्ड बनाएको छ। मापदण्डभित्र नपरेकाको पिसिआर गर्न मिल्दैन।

पहिला स्वास्थ्य परीक्षणका लागि टेकुमा दैनिक ५ सय हाराहारीमा सर्वसाधारणको संख्या हुन्थ्यो । अहिले निकै वृद्धि भएको छ।

पछिल्ला दुई साताबाट स्वास्थ्य परीक्षण गर्न टेकुमा दैनिक १२ सयभन्दा बढी सर्वसाधारण पुग्ने गरेका छन्।

परीक्षणलाई पुग्ने सर्वसाधारणको भीड गेटबाहिरसम्म देख्न सकिन्छ । दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मन्त्रालयको मापदण्डको कुनै पालना छैन। 

मापदण्ड पालना गरे अस्पताल परिसरमा ठाउँ पुग्दैन । भौतिक दूरी कायम गर्ने हो भने लाइन मुख्य सडकको भन्सार रोडसम्म आइपुग्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज राजभण्डारी लक्षण भए, नभएका सबैको चाहना पिसिआर परीक्षण गराउने भएकाले समस्या भएको बताउँछन् । उनले सामाजिक दुरी कायम गराउन पनि समस्या भइरहेको सुनाए ।

‘सबैले पिसिआर परीक्षण गराउनु नै कोरोना भाइरसको औषधी हो भनेर सोचेका छन्, पिसिआर परीक्षण गरेपछि केही गर्नुपर्दैन भन्ने मानसिकता व्याप्त छ जुन गलत हो,’ निर्देशक राजभण्डारी भन्छन्, ‘पिसिआर संक्रमण छ छैन भनी पत्ता लगाउने टेक्नोलोजी हो, कुनै रामवाण औषधी होइन।’

पिसिआर भाइरस परीक्षण गर्ने पद्धति हो भन्दै उनले रिपोर्ट जस्तोसुकै आए पनि सधैं आफू सुरक्षित रहनुपर्ने बताए। सुरक्षित रहन सामाजिक दूरी कायम गर्नुपर्नेदेखि लिएर  स्वास्थ्य सामग्रीको नियमित प्रयोग गर्नुपर्ने उनको तर्क छ।

‘पिसिआर गरेर ढुक्क भए भन्ने हुँदैन संक्रमण जतिबेला जहाँ पनि हुनसक्छ, संक्रमण देखिनु स्वाब कहाँबाट निकाल्ने, कस्तो भिटिएम राख्ने र ल्याबको वातावरणमा निर्भर रहन्छ, पिसिआर सन्जिवनी बुटी होइन,’ उनले भने। 

पिसिआर गराउन गर्नका लागि आजभोलि टेकुमा बढ्दो लाम छ । तर पिसिआर परीक्षण गर्न भाइरसको लक्षण देखिनुपर्ने, संक्रमितको सम्पर्कमा आएको हुनुपर्ने, उपत्यका तथा विदेशबाट आएका हुनुपर्ने जस्ता मापदण्डभित्र पर्नुपर्दछ ।

अधिकांश बिनाकुनै लक्षणका सर्वसाधारण आत्तिएर परीक्षण गराउन आइरहेको निर्देशक राजभण्डारीले बताए ।

कति आशंकाको भरमा आउँछन् भने कति घरबेटीबाट तनाव पाएर आउने गरेका छन् ।

दैनिक १२ सय बढी सर्वसाधारण आउने गरेका भए पनि मापदण्ड र लक्षणका आधारमा दैनिक तीन सय जनाको मात्रै पिसिआर परीक्षण आवश्यक देखिएको अस्पतालका निर्देशक राजभण्डारीले बताए।

‘सबैको पिसिआर गर्न सम्भव हुँदैन लक्षण र ट्राभल हिस्ट्री भएकाको मात्रै आवश्यक हो। पिसिआर संक्रमण भए नभएको हेर्ने माध्यम मात्र हो औषधी होइन । त्यो कुरा सबैले बुझ्नुपर्छ,’ उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य

बैतडीमा डुंगा पल्टिँदा २ बेपत्ता

धनगढी – बैतडीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका– १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना प्रधान न्यायाधीशहरू भए। एकाध अपवाद बाहेक कुनैपनि पूर्व प्रधानन्यायाधीशहरूको बहिर्गमन