नियामकको आदेश लत्याउँदै नेवानिले पाइलट श्रेष्ठलाई उडानमा पठायो 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपाल वायुसेवा निगमले नियामक निकाय नागरिक उड्‌डयन प्राधिकरणको आदेश लत्याउँदै नियमविपरीत एक पाइलटलाई अन्तर्राष्ट्रिय उडानमा खटाएको छ।

वायुसेवा निगम व्यवस्थापनले नियामकको आदेशविपरीत २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको वाइडबडी जहाजका कोपाइलट सुनिल श्रेष्ठलाई काठमाडौंबाट अफ्रिकी मुलुक सुडानको दुईतर्फी उडानमा खटाएको हो। 

उड्‌डयन प्राधिकरणले हिजो मंगलबार नै पाइलट श्रेष्ठलाई उडानमा नखटाउन निगम व्यवस्थापनलाई निर्देशन दिएको थियो। तर, त्यसविपरीत निगमले आज बुधबार श्रेष्ठलाई सुडानको दुईतर्फी उडानमा खटाएको हो।

निगमका एक अधिकारीका अनुसार ए३३० का पाइलट श्रेष्ठ आज बुधबार राति साढे १० बजे जहाज लिएर सुडान जाँदैछन्। काठमाडौंबाट कतारको दोहा र त्यहाँबाट सुडानसम्म उडान गरेर फर्कने गरी श्रेष्ठलाई पठाइएको हो।

निगम व्यवस्थापनले उड्‌डयन नियम उल्लंघन गर्दै पाइलट श्रेष्ठलाई लामो दुरी (लङ हल) को उडानमा पठाउन उनको नाम ‘रोस्टर’ मा राखेपछि प्राधिकरणमा उजुरी परेको थियो। 

उजुरी परेलगत्तै प्राधिकरणले पाइलट श्रेष्ठको नाम रोस्टरबाट हटाउन निर्देशन दिएको थियो। तर, निगम व्यवस्थापनले नियामकको आदेश ठाडै नकार्दै श्रेष्ठलाई मंगलबार राति नै सुडानको दुईतर्फी उडान गर्न पठाएको थियो।

‘तर, प्राविधिक कारण उक्त उडान बुधबार बिहान ४ बजे रद्ध हुनपुग्यो,’ सम्बद्ध अधिकारीले बुधबार आयोमेलसँग भने, ‘फेरि उनै श्रेष्ठलाई आज राति सुडान पठाउने गरी रोस्टर बनाइएको छ।’

उड्‌डयनजस्तो अतिसंवेदनशील विषयमा पनि खेलवाड गर्न खोजिएपछि प्राधिकरणले पाइलट श्रेष्ठलाई उडान गर्नबाट हिजै रोकेको थियो।

निगमले संयुक्त राष्ट्र संघका लागि काठमाडौंबाट कतारको दोहा हुँदै सुडानसम्मको दुईतर्फी चार्टर उडान गर्ने चालकदलमा श्रेष्ठलाई राखेको छ। निगमले एउटै पाइलटलाई लगातार लामो दुरीमा दुई उडान गर्न दिने गरी रोस्टर बनाएको हो।

पाइलट श्रेष्ठलाई सुडान उडानमा पठाउन निगम व्यवस्थापनले आफैंले बनाएका तीनवटा उड्‌डयन नियम उल्लंघन गरेको छ। 

निगमकै उड्‌डयन नियमअनुसार कुनै पनि पाइलटले एउटा उडान गरेर फर्केपछि २४ घन्टा आराम नगरी अर्को उडान गर्न पाउँदैन। त्यस्तै एउटै पाइलटले लगातार तीन रात उडान गर्न पाउँदैन र लामो दुरीको उडानमा जानका लागि वाइडबडी (ए३३०) जहाज न्यूनतम ५ सय घन्टा उडाएकै हुनुपर्छ।

‘तर, कोपाइलट श्रेष्ठले सोमबार युएईको दुबईबाट राति साउदी अरबको रियाध, त्यहाँबाट मंगलबार राति काठमाडौं उडान गरी बिहान साढे ९ बजे काठमाडौं अवतरण गरेका थिए,’ सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि हिजो मंगलबार राति पनि जहाज उडाउन ड्युटी खटिएर गएका थिए। त्यसमाथि ए३३० मा उनी ५ सय घन्टा उडेका पनि छैनन्। यस्तो कैफियत हुँदाहुँदै उनैलाई लामो दुरीको उडानमा पठाउनु व्यवस्थापनको गम्भीर गल्ती हो।’

ती अधिकारीका अनुसार काठमाडौंबाट दोहा हुँदै सुडान गएर पुनः काठमाडौं फर्किंदासम्म ३४ घन्टा लाग्छ। त्यसमध्ये २८ घन्टा उडान अवधि हुन्छ भने बाँकी ६ घन्टा ‘ग्राउन्ड टाइम’ हुन्छ।

निगमले आज राति गर्न लागेको चार्टर उडानमा क्याप्टेनहरू महेश्वरमान (एमएम) डंगोल, उदय कोल्हात्कर र प्रियपाल सिंह तथा कोपाइलटहरू रमन घिमिरे, भोगेन्द्र कठायत र श्रेष्ठको नाम रोस्टरमा छ। 

निगम व्यवस्थापनले पाइलट श्रेष्ठलाई नियमविपरीत उडानमा खटाएको घटनासम्बन्धमा विस्तृत विवरण लिने काम भइरहेको नियामक निकाय उड्‌डयन प्राधिकरणले जनाएको छ। 

‘पाइलट श्रेष्ठको उडानसम्बन्धमा हाम्रा उडान सुरक्षा निरीक्षकहरूले छानबिन गरिरहेका छन्,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार आयोमेलसँग भने, ‘नियम उल्लंघन भएको रहेछ भने कारबाही गर्छौं।’

निगम व्यवस्थापनले यसअघि पनि कोपाइलट श्रेष्ठलाई लामो दुरी (लङ हल) का उडानमा समावेश गराउँदै आएको छ। 

निगमका एक पाइलटका अनुसार व्यवस्थापनले यसअघि श्रेष्ठलाई काठमाडौंबाट अस्ट्रेलियाको सिड्नीसम्मको दुईतर्फी उडानमा सहभागी गराएको थियो। त्यसबेला पनि उड्‌डयन नियम उल्लंघन गरिएको थियो। 

‘लकडाउनका बेला कोपाइलट श्रेष्ठ वाइडबडी जहाज सबैभन्दा धेरैपटक उडाउनेमध्येमा पर्छन्,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती पाइलटले भने, ‘कसैलाई १२ दिनमा दुइटा उडान भागमा पर्दैन तर श्रेष्ठलाई भने नौवटासम्म उडान गर्न दिइएको छ।’

निगम व्यवस्थापनले उड्‌डयन नियम उल्लंघन गर्दा यात्रु तथा जहाजको सुरक्षा जोखिममा परिरहेको ती पाइलटको भनाइ छ। ‘केही घन्टा पनि आराम नगरी तुरुन्तै लामो दुरीको उडान गर्न जानु भनेको असाध्यै जोखिमपूर्ण काम हो,’ उनले भने, ‘यसमा पाइलट आफैंले पनि विचार गर्नुपर्छ।’

उनका अनुसार ए३३० वाइडबडी जहाज उडाउन पाइलट अभाव पनि छैन। पाइलट नभएर श्रेष्ठलाई पठाउनुपर्ने अवस्था पनि छैन। ‘नत्र उनलाई मात्र जहाज उडाउन दिइनुको उद्देश्य निगम व्यवस्थापनले प्रष्ट पार्नुपर्छ,’ ती पाइलटले भने। 

हाल निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न दुईथान ए३३० वाइडबडी र १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान न्यारोबडी जहाज छन्।

र, याे पनि

नियम मिच्ने पाइलट श्रेष्ठलाई प्राधिकरणले जहाज उडाउन रोक्यो 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका