आजदेखि लगातार वर्षाको सम्भावना, कहाँकहाँ पर्छ पानी?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा बिहीबार रातिबाट तराई र पहाडी भुभागका केही क्षेत्रमा भारी वर्षा गराउने आकलन गरिएको छ।

मनसुन सक्रिय हुने देखिएपछि अब मुलुकमा लगातार वर्षा हुनसक्ने चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको छ।

बिहीबार पनि सातवटै प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। देशभर सामान्यदेखि भारी वर्षा हुने भएकाले सुरक्षा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा  हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

भारी वर्षा हुने क्षेत्रका नदी, खोलामा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।

बिहीबार बिहान तीन दिनको मौसम सम्बन्धि जानकारी दिँदै महाशाखाले देशका सबै प्रदेशको मौसममा बद्ली आइ केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

यस्तो छ तीन दिनको मौसम
बिहीबार
दिउँसोः
देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकीका थोरै स्थानमा र प्रदेश ५ र सुदूरपश्चिमका  एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका  थोरै स्थानमा र कर्णालीका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा र कर्णालीको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिमका  थोरै स्थानमा र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही मुलुकका सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। सातै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश ५ र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,