सिन्धुपाल्चोकमा बाढीपहिरो, उद्धारका लागि सभामुख सापकाेटा सेनाको हेलिकोप्टर लिएर जाँदै (अपडेट)


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिरो परी बेपत्ता भएकाहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर परिचालनको तयारी गरिएको छ।

बुधबार राति भोटेकोशी- ५ स्थित बल्कुते खोलामा बाढी आउँदा  दुई घर बगाएको छ। एउटै घरका चार जना सदस्य वेपत्ता रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। 

बाह्रबिसे नगरपालिका- ५ स्थित जम्बुमा बाढी गएको हो। 

बाढीपहिरोले अरनिको राजमार्ग समेत अवरुद्ध गरेपछि खोजी/उद्धारका लागि नेपाली सेनाको एउटा र अर्काे निजी हेलिकोप्टर घटनास्थलतर्फ जाने तयारी छ। जंगीअड्डाका अनुसार सेनाका दुई हेलिकोप्टर तयारी अवस्थामा छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अनुरोधमा गृह मन्त्रालयले जंगीअड्डालाई हेलिकोप्टर पठाउन भनिसकेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मौसम अनुकूल भएसँगै सेनाको हेलिकोप्टर जाने आयोमेललाई बताए। 

बाढीसँगै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध ब्चिछेद भएको छ। सिन्धुपाल्चोक घर भएका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ ले दुई गाउँका मासिन वारीको वारी नै र पारीको पारी नै अड्किएकाले हेलिकोप्टरको माग गरिएको बताए।

उनका अनुसार सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकोप्टरमार्फत घटनास्थलतर्फ जान लागेको हो । सभामुख सापकोटाको सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।  

सम्बन्धित समाचार : भोटेकोशीमा चार जना वेपत्ता, बाह्रबिसेमा दुई जनाको शव भेटियो 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा…

काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार बिहानदेखि

रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको