खहरे थुनिँदा भोटेकोशीको वितण्डा 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जल तथा मौसम विज्ञान विभागले चार दिनअघि असार २२ मा विशेष बुलेटिन जारी गरेर वर्षाको पूर्वानुमान गर्दै सचेत गराएको थियो । 

सामान्यतया तीन दिनको मौसम पूर्वानुमान गर्दै आएको विभागले चार दिनअगावै भन्यो- ‘मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले आउँदो बिहीबार रातिबाट मनसुन सक्रिय हुने देखिएको छ, जसकारण धेरैजसो भागमा लगातार वर्षा हुनसक्ने देखिन्छ।’

नेपालमा करिब एक सय दिनको हाराहारीमा रहने दक्षिण एसियाली मनसुन प्रवेश गरेयता (जेठ ३०) विभागले पहिलो पटक यस्तो चेतावनीपूर्ण बुलेटिन जारी गरेको हो। 

तर, बुधबार राति नै वागमती प्रदेशको सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चायो। बाह्रबिसे नगरपालिका-५ जम्बु बजार बाढीले बगाउँदा दुई जनाको ज्यान गयो।

भोटेकोशी गाउँपालिका-५ बुल्कोटेमा पनि बाढीले चारवटा घर बगाएको छ। दुबै स्थानकाे घटनामा १६ घरमा क्षति पुगेकाे छ भने २१ जना अझै बेपत्ता छन्। घाइतेमध्ये ६ जनालाई उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

पछिल्लो २४ घण्टामा बाह्रबिसे क्षेत्रमा एक सय ४३ मिलिमिटर वर्षा भएको छ। त्यो क्षेत्रमा बुधबार साँझ ५ बजेदेखि वर्षा सुरु भएकोमा १ बजेसम्म कायम रह्यो। तर राति १० देखि १२ बजेसम्म ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ।

प्रश्न उठ्छ के भोटेकोशीमै बाढी आएको हो?

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेल भोटेकोशीमै बाढी नआए पनि गेग्रानले खोला थुनिँदा तटीय क्षेत्रमा बाढी आएको बताउँछन्। 

‘भोटेकोशीतिर तातोपानीसम्मै स-साना खोला छन्। खोलामा गेग्रान खस्दा मध्यराति भोटकोशीमा जल सतह घटेको देखिन्छ,’ उनी भन्छन्, ‘ठाडो (खहरे) खोला धेरै भएको र भूगोल कमजोर भएको त्यो क्षेत्रमा पहिरोले नदीखोला थुनिने घटना भइरहन्छ। यो पटक पनि त्यस्तै भयो।’ 

अहिले घरघर पुग्ने बाटो खनिएका छन्। तर पानी जाने निकास छैन। पहिले नालाबाट बग्ने पानी अचेल सडकमै बग्छ। पानीमात्र बग्दैन ढुंगामाटो समेत बगाएर लैजान्छ, जसले खोला थुनिने र बहाव बढी हुने समस्या बढिरहेको छ।

सडक निर्माण गर्दा डोजरले काटेको ढुंगामाटो पनि खोल्साखाल्सीमा फ्याक्ने गरिन्छ। यसले तटीय क्षेत्रमा गेग्रान बहावको जोखिम बढ्छ।

बुधबार राति साढे १२ बजे भोटेकोशीमा जल सतह एक्कासी ०.५ मिटर घटेको देखिन्छ, जबकि यो समयमा पानी परिरहेको थियो। तर, १२ बजेर ५० मिनेटमै जलसतह बढेर १.१ मिटर बढेको देखिन्छ। 

बाढी पूर्वानुमान महाशाखाले राति नै ‘पहिरोले भोटेकोशी नदी थुनिएर एकैपटक पानीको बहाव आउँदा बाढीको सम्भावना रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन’ भनेको थियो।

सरकारले विशेषगरी बाढीको आँकलन गर्दै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान एसएमएस पठाउने गरेको छ।

तर, बुधबार सिन्धुपाल्चोकमा बाढी आउन सक्ने आँकलन करिब-करिब भइसक्दा पनि बिहीबार बिहान ३ बजेमात्र एसएमएस पठाइएको थियो, जुन निकै ढिलो हो।

भोटेकोशीमा बाढी आएर बितण्डा मच्चाएको यो पहिलो घटना भने होइन। 

२०७३ साल असार २१ गते मध्यराति नै भोटेकोशीमा बाढी आउँदा उत्तरी सीमा नाका तातोपानी–बाह्रबिसे सडक भत्काएको थियो। निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनामा समेत क्षति पु-याउनुका साथै बाढीले कयौं घर बगायो।

तर, बाढीको कारण भने ढिलो मात्र थाहा भयो। बाढीको कारण थियो, मितेरी पुलभन्दा २० किलोमिटरमाथि जाङजाम्बो हिमतालबाट १२ सय मिटर उत्तरमा रहेको एउटा सानो हिमताल फुट्नु।

बुधबार रातिको बाढीको कारण पनि नदी र खोलामा गेग्रान तथा पहिरो खसेको भनिएको छ। तर, निश्चित स्थान पत्ता लागिसकेको छैन।

यस पटकको बाढीले पनि मध्यभोटेकोशी जलविद्युत आयोजनामा क्षति पुगेको छ, भने अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इलाका प्रहरी कार्यालयको छेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक-पुल बाढीले बगाएको छ।

भोटेकोशी गाउँपालिका-५ एल्मो ठाडे खोलाको बाढी जम्बु गाउँमा पसेको हो भने बुल्कोट खोलाको बाढी गाउँमा पसेको थियो। बाह्रबिसे नगरपालिका-३ स्थित खुर्सानीबारीमा पनि अरनिको राजमार्ग अवरुद्ध बन्यो। अरनिको राजमार्गको केही भाग भोटेकोशीको वहाबले कटान गरेको छ। 

हुन् त जल तथा मौसम विज्ञान विभागले असार पहिलो साता नै सुनकोशी, भोटेकोशी लगायत क्षेत्रमा निर्माणका काम बर्खामा नगराउन सरकारलाई सिफारिस गरेको थियो। तर, सुनुवाइ भएन। अरनिको राजमार्गमा निर्माणको काम बन्द भएन।

भूगर्भविद्हरू सुनकोशी-भोटेकोशी क्षेत्रको भूगोल कमजोर रहेको र हरेक वर्ष बर्खामा पहिरो जाने र नदी थुनिएर बाढी जाने समस्या बढिरहेको बताउँछन्।

भूगर्भविद् प्राध्यापक सुबोध ढकाल बर्खामा छोटो समयमा बढी पानी पर्ने र कमजोर भूगोल भएको क्षेत्रमा माटो भिजेर पहिरो जाने, स-साना खोला पनि थुनिने समस्या बढिरहेको बताउँछन्। भौगर्भिक अध्ययनबिना नै गरिने विकास निर्माणले विनाश निम्त्याइरहेको देखिन्छ। बाह्रबिसे क्षेत्रमा बिहीबार राति पनि पानी पर्ने पूर्वानुमान छ।

बज्दैछ खतराको घन्टी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा विपद्का २१ घटना भएका छन्। दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्। बाढीपहिरोले १६ घर बगाएको छ।

जबकि वैशाखदेखि बुधबारसम्म नेपालमा ८ सय ४ वटा विपद्जन्य घटना भएकोमा एक सय चार जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ। ती घटनामा परी तीन जना हराइरहेका र तीन सय ४९ जना घाइते भएका छन्। तीन हजार ६ सय परिवार प्रभावित भएका छन्। दुई हजार पाँच सय १५ घरमा आंशिक र दुई सय ४५ घर पूर्ण क्षतिको तथ्यांक छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार रातिबाट चार दिनसम्म लगातार वर्षाको सम्भावना रहेको र यो अवधिमा बाढीपहिरोको जोखिम रहने बताइसकेको छ।

प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७७ जारी गर्दै ‘साउनको दोस्रो र तेस्रो साता बाढीपहिरो जस्ता विपद् एकैपटक खप्टिन सम्भावना रहेको औंल्याएको छ। 

सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेजलाई बाढीको कारकका रूपमा लिइएको छ, भने पहाडी क्षेत्रमा पहिरोको जोखिम छ। 

यो वर्ष प्रदेश २ र ५ मा बाढीजन्य जोखिम अत्यधिक हुने आँकलन गरिएको छ भने पहाडी क्षेत्रमा अचानक आउने बाढीले धनजन क्षति हुने देखिन्छ। 

भूगर्भविद् ढकाल प्राधिकरणले जोखिम आँकलन गरिरहे पनि जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेकाका निम्ति काम नगरेको बताउँछन्। भन्छन्, ‘सूसुचित गरिएको छ, जुन राम्रो पक्ष हो। तर, अति जोखिमयुक्त क्षेत्रमा रहेकालाई तत्काल भए पनि अस्थायी रूपमा स्थानान्तरण गर्नुपर्ने हो। त्यो हुन सकेको छैन।’ 

जस्तै बुधबार राति बाह्रबिसे क्षेत्रका नागरिकलाई समयमै सूचना दिएर अन्यत्र सार्न सकिने अवस्था कायमै थियो। तर, बिहान ३ बजेमात्र एसएमएस पठाइयो।

ढकाल भन्छन्, ‘अहिले विपद्को समय हो, नागरिकको धनजनको क्षति नहुने गरी काम गर्नुपर्छ।’ त्यसबाहेक विपद्का घटना न्यूनीकरण गर्ने वा सुरक्षित स्थानमा बस्ती नै सार्ने काम गर्न सकिने उनी ठान्छन्। 

विपद् व्यवस्थापनका चक्रमध्ये अल्पीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सकेमा मात्र त्यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

अल्पीकरणमा जोखिमयुक्त स्थान पहिचान, त्यस्ता स्थलको संकट र जोखिम नक्सांकन गरेर योजना निर्माण तथा अव्यवस्थित बस्ती विकास निरुत्साहित समेटिन्छ भने पूर्वतयारीमा पूर्वचेतावनी संयन्त्र स्थापना, एकीकृत सूचना प्रवाह सन्जाल विकास र प्रशासनिक संयन्त्र ‘हाइ अलर्ट’।

विपद् प्रतिकार्यमा तत्काल उद्धार, राहत सामग्री वितरण र अस्थायी बसोबास पर्छन् ।

त्यसपछि मात्र पुनस्र्थापन, पुनर्निर्माणको विषय आउँछ। नेपालमा विपद् आइसकेपछिको उद्धार र राहत केही हदसम्म राम्रो देखिए पनि विपद् नै आउन नदिन र त्यसबाट हुने क्षति न्यूनीकरणतर्फ सचेतना जगाउने काममा सरकारी निकायको भूमिका खासै प्रभावकारी देखिँदैन ।

यो वर्ष सिन्धुपाल्चोक घटनाअघि पर्वत र बझाङमा पनि पहिरोका ठूला घटना भएका छन्। 

नेपालमा मनसुन भित्रिएको भोलिपल्ट जेठ ३१ गते राति पर्वतको दुर्लुङ्गमा पहिरो खस्दा दुई घर पुरिए भने ९ जनाको ज्यान गयो। बझाङको केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गत शुक्रबार पहिरोमा परी ६ जनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,