सरकारले पिसिआर मेसिनको पैसा नदिँदा समस्यामा प्रतिष्ठान


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


कोरोना परीक्षणका लागि पिसिआर मेसिनलगायतका सामग्री खरिद गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले बजेट सहयोग नगर्दा समस्या परेको छ। 

प्रतिष्ठानको अस्पताल व्यवस्थापन समितिको बैठकमा उपकुलपति प्रा.डा. संगीता भण्डारीले सरकारकै आग्रहमा कोरोना परीक्षणका लागि दुई वटा पिसिआर मेसिन, रिएजेन्ट किट, भिटिएमलगायतका स्वास्थ्य सामग्री खरिद गरेर कोरोना परीक्षण गरेपनि खरिद गरेको सामग्रीको भुक्तानी गर्न सरकारले पैसा नदिदा प्रतिष्ठानमा समस्यामा परेको बताएकी हुन्।

आर्थिक बर्ष सकिनै लाग्दा सप्लायर्सले दुई वटा पिसिआर मेसिनसँगै अन्य स्वास्थ्य सामग्री खरिदको पैसा माग गरेपनि प्रतिष्ठानले पैसा नहुँदा दिन नसकेको बताइन्। उपकुलपति भण्डारीले पहिलो मेसिन प्रदेश सरकार र देश्रो मेसिन स्थानीय तहको आग्रहमै प्रतिष्ठानले ल्याएके बताइन्। 

‘पहिलो पटक पिसिआर मेसिन प्रदेश सरकारले भनेपनि ल्याएको थियौ, तर एउटै मेसिनले परीक्षण गर्दा ढिलाई भयो,त्यसपछि स्थानीयले तहहरुले बढाउन आग्रह गरेपछि दोश्रो मेसिन ल्यायौ’उपकुलपति भण्डारीले भनिन्, ‘मेसिन बढाएर परीक्षण गर्यौ तर मेसिनको पैसा पाउन सकेनौ।’

एउटा पिसिआर मेसिन खरिदका लागि एक करोड २७ लाख  रुपैयाँ लाग्ने भएपनि अहिलेसम्म प्रदेश सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६० लाख रुपैया मात्र रकम उपलव्ध गराएको उपकुलपति प्रा.डा भण्डारीले बताइन्। 

त्यस्तै संघीय सरकारले कोरोना परीक्षणका लागि ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीका लागि ५० लाख, फेवर क्लिनिक सञ्चालनका लागि दश लाख र अन्यका लागि दश लाख गरि ७० लाख रुपैया मात्र अहिलेसम्म दिएको बताइन्।  तर अहिलेसम्म पिसिआर मेसिनलगायतका अन्य स्वास्थ्य सामग्री खरिदमा प्रतिष्ठानको ४ करोड ७० हजार बढि खर्च भैसकेको समेत उनले बताइन्। 

प्रदेश सरकारले कोरोना परीक्षणका ल्याइएका मेसिनको पैसा नदिने भए मेसिन फिर्ता गर्छु भन्दा समेत प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मेसिन फिर्ता नगर्न भनेको समेत उनले बताइन्।

‘पिसिआर मेसिन खरिदलगातमा लागेको पैसा नदिने भए मेसिन फिर्ता गर्छु भनेर मैले हिजो भन्त्रीसँग कुरा गरेको थिए,तर मन्त्री ज्यूले मेसिन फिर्ता गर्ने होइन, परीक्षण बढाउने भन्नुहुन्छ,’उनले भनिन्, ‘तर मेसिन खरिदको पैसा पठाउनु हुँदैन। पैसा नहुँदा सप्लायर्सले हामीलाई अप्ठेरोमा पारिरहेको छ।’ 

उपकुलपति भण्डारीले जिल्लाका स्थानीय तहसँग कोरोना परीक्षणको तोकेर शुल्क माग नगरेको भन्दै सहयोग माग गरेको समेत बताइन्। ‘प्रतिष्ठानले कोरोना परीक्षणको तोकेर रकम माग गरेको भन्ने हल्ला छ,त्यस्तो हुँदैन होइन,’ उपकुलपति भण्डारीले भनिन्, ‘प्रतिष्ठानले दोस्राे पिसिआर मेसिन स्थानीय तहहरुको आग्रहमा ल्याएकाले उक्त मेसिन ल्याउँदा लागेको रकम तिर्नका लागि सहयोग गर्न आग्रह गरेका हौ।’ उनले प्रतिष्ठानले मेसिन खरिदको रकम तिर्न सहयोग माग गरेपनि गलत ढंगले प्रचार गरिएको उनको भनाई थियो।

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले प्रतिष्ठानका देखिएको समस्या प्रमुख जिल्ला अधिकारीसमक्ष राख्ने बताए। कोरोना परीक्षणका लागि प्रतिष्ठानलाई सवैको सहयोग आवश्यक रहेको समेत उनको भनाई थियो।

‘योभन्दा पहिलेको सिसिएमसी बैठकमा कोरोना परीक्षणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ भन्ने कुरा उठेको थियो’, सहायक प्रमुख जिल्ला आधिकारी एमसीले भने,‘तर शिक्षामन्त्रीका सल्लाहकारले कोरोना परीक्षणमा स्थानीय तहले होइन, केन्द्र सरकारले सहयोग गर्छ भनेपछि त्यसबारे कुनै निर्णय सकेन।’उनले सिसिएमसी बैठकका लागि पहल गर्ने समेत बताएका थिए।

प्रतिष्ठान अस्पताल विकास समितिका निमित्त अध्यक्ष कैलाशप्रसाद देवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेल, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायणपुरलगायत प्रतिष्ठानका डक्टर, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय