विश्वभर एकैदिन २ लाख २२ हजारभन्दा धेरै संक्रमित थपिए, साढे ५ हजारको मृत्यु


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ। सँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। 

बितेको चौबिस घण्टामा विश्वभर २ लाख २२ हजार ७ सय ४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने, ५ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा एक दिनमा ९ सय ४६ जनाको मृत्यु भएको छ भने ६१ हजार ६३ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ८ सय ८ पुगेको छ भने ३२ लाख १९ हजार ९ सय ९५ जना संक्रमित छन्।

अमेरिकामा देखिएका भाइरसका संक्रमितमध्ये १५ हजार ६ सय ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १४ लाख २६ हजार ४ सय २८ जना निको भएका छन्।

कोरोना भाइरसको मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकदिनमा १ हजार १ सय ९९ जनाको ज्यान गएको छ भने ४२ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो दुइ सातादेख अमेरिकाभन्दा ब्राजिलमा मृतकको संख्या बढिरहेको छ भने संक्रमितको संख्या अमेरिकामा बढी रहेको छ।

ब्राजिलमा कोरोना भाइरसबाट शुक्रबारसम्म ६९ हजार २ सय ५४ जनाको ज्यान गएको छ भने १७ लाख ५९  हजार १ सय ३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमण देखिएकाहरुमध्ये ११ लाख ५२ हजार ४ सय ६७ जना निको भएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा ४ सय ७९ जनाको मृत्यु भएको छ भने २५ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार ६ सय २३  पुगेको छ भने ७ लाख ९४ हजार ८ सय ४२ जनामा संक्रमण देखिएको छ।

भारतमा रहेका संक्रमितमध्ये ४ लाख ९५ हजार ९ सय ६० जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ।

भाइरसबाट प्रभावित देशको सूचीमा चौथो नम्बरमा रहेको रुसमा एकदिनमा १ सय ७६ जनाको मृत्यु भएको छ भने ६ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका छन्।

यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ४३ पुगेको छ भने ७ लाख ७ हजार ३ सय ३  जना संक्रमित छन्। संक्रमितमध्ये ४ लाख ८१ हजार  ३ सय १६ जना  निको भएका छन्।

बितेको चौबिस घण्टामा ब्राजिल र अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी मुत्यु मेक्सिकोमा भएको छ। जहा ७ सय ८२ जनाको ज्यान गएको छ भने ६ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा अहिलेसम्म भाइरसका कारण ३२ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजार ३ जना संक्रमित भेटिएका छन्।,

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ५ सय ८५ पुगेको छ भने १ करोड २३ लाख ७८ हजार ७ सय ७६ जना संत्र,मित छन्।

संक्रमण पुष्टि भएकामध्ये ७१ लाख ८२ हजार ३ सय ९४ जना निको भएका छन् भने ५८ हजार ४ सय ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य