आज कहाँकहाँ हुन्छ, भारी वर्षा?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


मनसुनी न्यून चापीय रेखा तराई नजिक भएकाले देशभरि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरि कतै सामान्य र कतै भारी वर्षा भइरहेको छ। 

आगामी तीनमा देशभर मेघ गर्जन र चट्याङसहित वर्षा भएर बाढी पहिरो तथा डुबानको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सावधान हुन सचेत गराएको छ। 

विभागले देशभर मौसम परिवर्तन भई सामान्य वर्ष हुनुका साथै प्रदेश नम्बर एक,दुई, बाग्मती प्रदेश, गण्डकी र प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने जनाएको छ। 

‘देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको  सम्भावना  रहेको छ’ विभागले भनेको छ, ‘ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’ 

आगामी तीन दिनको मौसम यस्तो छ

शुक्रबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना। थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना।

शनिबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ भने  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ भने प्रदेश १ र प्रदेश २का  थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश,  प्रदेश ५ र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको  सम्भावना।

आइतबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १ र प्रदेश २का  थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश,  प्रदेश ५ र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ भने कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक, दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण