प्रदेश २, ५ र गण्डकीमा भारी वर्षा, ‘अलर्ट’ रहन आह्वान


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


मनसुन सक्रिय भएसँगै भारी वर्षा भएको छ। पछिललो ६ घन्टामा प्रदेश २, ५, गण्डकीको धेरै स्थानमा भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ती प्रदेशका धेरैजसो स्थानमा पछिल्लो ६ घन्टामा ९० मिलिमिटरसम्म वर्षा भएको छ। जबकि २४ घन्टामा एक सय मिलिमिटर वर्षा हुनुलाई बर्खायाममा औसत मानिन्छ।

नारायणी जलाधारको नवलपरासी, चितवन, तनहुँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घन्टामा भारी वर्षा मापन गरिएको छ।

नारायणी नदीमा पानीको बहाब बढ्न थालेको छ। र, तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन आह्वान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले ती प्रदेशमा आगामी ६ घन्टामा पनि भारी वर्षा हुने चेतावनी दिएको छ। यसले प्रदेश १, २, ५ र गण्डकी भई बहने साना नदीमा बहाव तरासम्म अनुमान गरिएको छ। 

शुक्रबार बिहानको अपडेट अनुसार चितवनको माडी क्षेत्रमा भारी वर्षा मापन भएको छ। 

माडीका बनकट्टा, कल्याणपुर र आसपास पछिल्लो ३ घन्टा भारी वर्षा मापन भएको हो। रिउखोलामा जलसतह सतर्कता पुग्न सक्ने भन्दै माडी न नगरपालिका रिउखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

बर्दियाको गुलरिया, बाँकेको कोहलपुर,नेपालगञ्ज र ढेकेरी, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा