तुलसीपुर उपमहानगर प्रमुखका तीन वर्ष  ‘केही आशलाग्दो विकासको थालनी भएको छ’ 


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


तुलसीपुर उप–महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उप–महानगरपालिका मात्र नमुना बनेर नहुने भन्दै यहाँ रहेको सबै संघसंस्था र निकायहरु नमुना हुनुपर्ने बताएका छन्।  
 
जनप्रतिनिधिहरु निर्वाचित भएको ३ बर्ष पुरा भएसँगै तुलसीपुर आयोजना गरेको पत्रकार सम्मेलनमा  पाण्डेले तीन वर्षमा आफुहरुले गरेका कामहरु र आगामी गन्तव्यहरुका बारेमा जानकारी गराउँदै चुनावमा जनता सामुगरेका प्रतिवद्धताहरु केही पूरा भएको र केही पूरा हुन नसकेको समेत बताए।

‘हामीले मात्र नमुना र स्मार्ट सिटी तुलसीपुर बनाउने भनेर हुँदो रहेनछ, यसमा सबै क्षेत्र र निकायले पनि नमुना गराउन लाग्नुपर्छ,’ मेयर पाण्डेले भने, ‘त्यसका लागि नगरपालिकाले एक्लै गर्न सक्दैन, सबैको सहयोग आवश्यक पर्छ।’

 
उनले आफुहरुलाई स्मार्ट सिटि निर्माणका लागि बजेट पनि पर्याप्त नभएको गुनासो गरे। पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई पेपर लेस र एकपैसा पनि नगद भुक्तानि नगरि कारोवार गर्नका लागि वैंकको काउन्टर राख्ने योजना रहेको बताए। 

‘आर्थिक पारदर्शिता, छिटो छरितो सेवा सञ्चालनका लागि हामीहरु लागेका छौं, साउन महिनादेखि यो लागु हुन्छ’–उनले भने–‘यसले आर्थिक पारदर्शिता र छिटो छरितो सेवामा सहयोग पुग्नेछ।’ ठिक समयमा योजना सम्पन्न र ठिक काम र ठिक योजनाहरु बनाउने भनेपनि त्यो हुन सकेको नगर प्रमुख पाण्डेयको भनाई थियो।
 
त्यसैगरी उपमहानगरपालिकाले विकासका कार्यक्रमहरु कार्यान्वयन गर्ने सवालमा सधै मुलुकको कमजोर स्थानीय सरकारका रुपमा रहेको तुलसीपुरलाई आफुहरुले  अग्रणी स्थानीय सरकारका रुपमा स्थापित गर्न सफल भएको दाबी गरे।  

‘हाम्रा विकास साझेदारहरुले योजना छनोट, अनुगमन र मूल्याङ्कनमा हाम्रो योजनावद्ध र प्रभावकारी रणनीतिका कारण हामीलाई विभिन्न सम्मान एवम् पुरस्कृत भएका छौं,उनले भने–‘यो एउटा हाम्रो सफलता हो, यसमा गौरव गर्नुपर्छ’  

नगर प्रमुख पाण्डेले  जनतासँग तुलसीपुर भन्ने  अवधारणाका आधारमा तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर  तुलसीपुरको सडक विकास पूर्वाधार अन्तरगत चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिइएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार वनाएको  र  आगामी वर्ष यसले सडक पूर्वाधार बाहेक अन्य क्षेत्रमा पनि दु्रत गतिमा विकास गर्ने बताए। 
 
त्यस्तै तुलसीपुरको पहिचान र गौरबका रुपमा यो तीन वर्षमा प्रतिवद्धता गरे अनुसार तुलसीपुर तरकारी तथा फलफुल कृषि उपज बजार केन्द्र, तुलसीपुर आधुनिक बसपार्क, नमुना अटो भिलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय ( मेट्रो कलेज) लगायतका वृहत योजनाहरु सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको मेयर पाण्डेले जानकारी दिए। 

तुलसीपुर उपमहानगरपालिकालाई खरको छानोमुक्त नगर वनाउने अभियान अन्र्तगत सुरक्षित मेयर आवास तथा जनता आवास कार्यक्रम मार्फत हालसम्म करिव ८००  घर खरको छानोमुक्त भइसकेको, मातृशिशु मृत्युदर कम गर्नका लागि मुलुककै पहिलो उपमहानगरपालिकाका रुपमा उपमहानगरपालिकाले वितरण गरेको मातृशिशु सुरक्षा सुत्केरी भत्ता अहिलेसम्म तिन हजार ५००  जनाले पाइसको र सुत्केरी भत्ता वितरणको प्रतिफलका रुपमा उपमहानगरपालिकाको मातृ मृत्युदर शुन्यमा झरेको बताएको छ।

उपमहानगरपालिकाको दीर्घकालिन सोच सहितको गुरुयोजना, एकिकृत शहरी विकास योजना, भू उपयोग नीति तथा योजना, मापदण्ड सहितको सडक तथा यातायात गुरुयोजना, स्पोर्ट सिटी योजना,स्मार्ट सिटी योजना, पर्यटन गुरु योजना, आर्थिक तथा उद्यमविकास योजना लगायत विभिन्न क्षेत्रगत योजनाहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकाले यी सबै गुरुयोजनाहरु र तिनलाई कार्यान्वयन गर्न आवश्यक सहयोगी नीति र कानुन तर्जुमा गरी आगामी आर्थिक वर्ष देखि नै लागू गर्ने पाण्डेले बताए।

तुलसीपुरलाई शिक्षाको हव बनाउन ८३ वटा सामुदायिक विद्यालयलाई ५ वर्षको अन्तरालमा कम्तिमा ३० वटा नमुना विद्यालय बनाइ सुविधा सम्पन्न र गुणस्तरिय नमुना विद्यालय बनाउने प्रयास स्वरुप यस २०७६ शैक्षिक सत्रदेखि १३ वटा प्रा.विलाई वाल विकास केन्द्र कायम राखी कक्षा स्थगन गरिएको र  पहुँच र दुरी नविग्रने गरी यो वर्ष पनि केही विद्यालयहरुलाई स्थगन गरिएको बताए। 

तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्नका लागि प्राविधिक शिक्षा सञ्चालन गर्ने यहाँका ९ वटा विद्यालयलाई प्रति विद्यालय रु १० लाखका दरले अनुदान दिनुका साथै  प्राविधिक शिक्षाका लागि ठाउँ नै छाड्नुपर्ने र महँगो पैसा तिर्नुपर्ने अवस्थाको अन्त भएको पत्रकार समेलनमा जानकारी गराएको थियो।

जनताको आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न विशेषज्ञ चिकित्सक सहितको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र, ११ वटा नगरस्वास्थ्य केन्द्र तथा ६ वटा चौबिस घण्टे  प्रसुति सेवा केन्द्र, ८ वटा प्रयोगशाला सहित १९ वटै वडामा गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच वृद्धि गरे र  अतिरिक्त ज्येष्ठ नागरिक, गर्भवती महिला लाई पचास प्रतिशत छुट सहित ३ वटा एम्बुलेन्स विकट वडाबाट सञ्चालन गरिरहेको पत्रकार समेलनमा मेयर पाण्डेले जानकारी दिए।  

त्यस्तै  उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रलाई यातायात सञ्जालले जोड्ने र सडकका दायाँवाँया वस्तीहरुलाई एकीकृत गर्दै जाने सोच अनुरुप ५ नम्वर प्रदेशको प्रदेश सरकारसँग सहयोगमा चक्रपथ निर्माण कार्य निरन्तर रुपमा सञ्चालनमा रहेको र  गतवर्षदेखि सुरु भएको चक्रपथ निर्माण कार्य  यस वर्ष प्रदेश सरकारको रु ३ करोड सहयोगमा यसै वर्ष सक्ने गरी राजापुरदेखि राप्ती शान्ती उद्यानसम्म कालोपत्रे गर्ने काम सुरु भएको बताएको थियो।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य