पोखरामा पहिरोको वितण्डा : सातजनाको मृत्यु, ११ घाइते


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


अविरल वर्षाका कारण पोखराका विभिन्न ठाउँमा गएको पहिरोमा परेर सातजनाको मृत्यु भएको छ। ती घटनामा ११ जना घाइते भएका छन्। 

शुक्रबार बिहान पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घरमा पहिरो गएको छ।

उक्त घटनामा घरधनी थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाति र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। उक्त घटनामा आठ जना घाइते भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले आयोमेललाई जानकारी दिए। 

त्यस्तै पोखरा-२५ हेमजा मेलबाटेका रामचन्द्र अधिकारीको घरपहिरोले भत्किँदा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको छ। पोखरा-२६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनारको मृत्यु भएको छ।

पोखरा-१७ छोरेपाटन सिमलटुँडाका चन्द्रबहादुर मगरको घरमा पहिरो जाँदा उनीसहित श्रीमती र छोरा घाइते भएका छन्। 

घटनाका मृतकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रवक्ता हमालले जानकारी दिए। घाइतेको उपचार प्रतिष्ठानसँगै मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ। 

अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत कालीमाटी खण्डमा पहिरो खस्दा आवातजावत बन्द भएको छ। पहिरो हटाउने काम जारी रहेको प्रवक्ता हमालले जानकारी दिए। पोखरामा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण