तत्काल सार्वजनिक सवारी नचल्ने, आन्दोलनमा जाने व्यवसायीकाे चेतावनी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


सरकारले बिहीबार छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि  तत्काल नचल्ने भएको छ।

सरकारले लामो समयदेखि बन्द रहेको सार्वजनिक यातायात बिना कुनै राहत प्याकेज सञ्चालन गर्न लागेको भन्दै तत्काल नचलाउने यातायात व्यवसायीले बताएका छन्।

लामो समयसम्म बन्द रहेको सार्वजनिक यातायात सञ्चालन गर्दासम्म सरकारले कुनै राहत प्याकेज बिना सञ्चालन गर्ने निर्णय गरेको र आफूहरूको माग सम्बोधन नभएको भन्दै व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेर यातायात ठप्प पार्ने जनाएका हुन्।

सार्वजनिक यातायात ठप्प पार्ने तथा आन्दोलनका कार्यक्रमसम्बन्धी घोषणा गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघले आजै शुक्रबार पत्रकार सम्मेलन गर्ने जनाएको छ।

साढै तीन महिनादेखि सार्वजनिक यातायात बन्द हुँदा आर्थिक समस्या भएको र सरकारले अन्य क्षेत्रलाई राहत उपलब्ध गराए पनि यातायात क्षेत्रलाई उपेक्षा गरेको व्यवसायीहरूको गुनासो छ।

व्यवसायीहरूले बैंकको किस्ता समयावधि थप, ब्याज मिनाह, पुनर्कर्जाको व्यवस्था, वार्षिक कर, रुट परमिट, नवीकरण, जाँचपास अवधि थप गर्नुपर्ने, चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्ने लगायतका माग राखेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारले यातायात क्षेत्रलाई उपेक्षा गरेको र अहिलेसम्म कुनै सहयोग उपलब्ध नगराएको भन्दै यातायात ठप्प पारी आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया