तनहुँकाे बस्तीमा पस्यो सेती नदी र सुरौंदी खोला


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


निरन्तरको वर्षाले तनहुँमा सेती नदी बस्तीमा पसेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका ८ र ४ को पुल्चोक बजारमा सेती नदी वस्तीमा पसेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए।

उनका अनुसार दुवै वडामा गरेर ४० घर डुबानमा परेका छन्। प्रवक्ता कुमालले भने, ‘गौंडा सानो भएर पानी माथि आएको हो। त्यहाँका बासिन्दालाई स्थानीय गुम्बामा सारेका छौं।’ 

वडा नम्बर ८ का वडा सदस्य बिलबहादुर गुरुङका अनुसार अहिले नदी पुरानै स्वरुपमा आएको छ। ‘बिहान त डरलाग्दो थियो। अहिले पानी घटेको छ,’ उनले भने, ‘हाम्रोतिर सुरौंदी खोला पस्यो। पारि सेती।’

वडा नम्बर ४ मुख्य सडकतिर र वडा नम्बर ८ सेती नदी पारि पर्छ। प्रभावितलाई खानेबस्ने व्यवस्था कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको वडा सदस्य गुरुङले बताए। पानीको बहाव बढ्दा बर्सेनि उक्त क्षेत्रमा सेती नदी बस्तीसम्म पुग्ने गरेको छ। 

नदी उर्लिँदा वडा नम्बर ८ र ४ जोड्ने पक्की पुल जोखिममा परेको वडा ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए। उनले भने, ‘त्यो पुलको पारिको पिल्लर पहिल्यै जोखिममा थियो। अहिले त ठाउँ छोड्यो होला। पानी घटेपछि थाहा हुन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका