जग्गा व्यापारीबाट आपराधिक ढंगबाट लाभ लिन खोज्ने ज्योतिषी क्षेत्रीसहित ९ पक्राउ 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भन्दै आपराधिक लाभ लिन खोजेको आरोपमा ज्योतिष अर्जुनकुमार क्षेत्रीसहित ९ जना पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार राति क्षेत्रीसहितका व्यक्तिलाई गौरीघाट र पुरानो बानेश्वरबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा क्षेत्रीसहित विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल छन्। 

बूढानीलकण्ठ-२ चपलीका जगगा व्यवसायीबाट उनीहरूले आपराधिक ढंगबाट लाभ लिन खोजेको प्रहरीले जनाएको छ। 

फोन गर्ने, आफूलाई अख्तियारको अधिकृत भनी अनुसन्धान प्रक्रिया अघि बढेको भन्दै रोक्न आफूलाई भेट्न भन्ने, भेट्न बोलाएर डर र धाकधम्की दिने गरेपछि पीडितले अख्तियारमा उजुरी दिएका थिए। 

पक्राउ परेका सबैलाई आपराधिक लाभ (एक्स्टर्शन) लिन नहुने कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काटमाडौं पठाइएको महाशाखाले जनाएको छ। 

परिसरले अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन म्याद लिएर हिरासत राखेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो