बिद्युत महसुलमा छुट नदिएको भन्दै उद्योग संघले बुझायो ज्ञापन पत्र


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


रुपन्देही उद्योग संघले विद्युतमा दिइने छुट सुविधा तत्काल उपलब्ध गराउन माग गर्दै नेपाल बिद्युत प्राधिकरण प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोलीले कार्यालयका प्रबन्धक नवराज सुवेदीलाई भेट गरी संघको ज्ञापन पत्र बुझाएको हो।

सरकारले लक डाउन अवधिको डिमाण्ड चार्ज शत प्रतिशत र महसुलमा केही छुट सुविधा दिने घोषणा गरेता पनि बिद्युत प्राधिकरणले सुविधा उपलब्ध गराउने भने पनि उद्योगीहरूले उक्त छुट पाएका छैनन्।

प्राधिकरणले डिमाण्ड र महशुलको छुट तत्काल उपलब्ध गराउनुपर्ने र लक डाउन अवधीमा बन्द अवस्थामा रहेका उद्योगहरू‍को समेत चालु अवस्था सरह गरिएको बिलिङ्ग यथाशिघ्र सुधार गरिनुपर्नेमा संघका अध्यक्ष बाबुराम बोहोराले जोड दिए।

ज्ञापन पत्र बुझ्दै विद्युत प्राधिकरणका प्रबन्धक नवराज सुवेदीले प्राधिकरणको बोर्ड बैठकले पारित नगरेकोले सरकारले घोषणा गरेको सुविधा तत्काल लागु नगरिएको बताए। उनले निर्णय पश्चात् छुट सुविधालाई समायोजन गरिने बताए। 

संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले विद्युत प्रवाहमा अझै पनि सन्तोषजनक अवस्था नरहेको र पटकपटक ट्रिपिङ्गको समस्या यथावत रहेकोले प्राधिकरण थप गम्भीर बनिदिन आग्रह गरे। उनले प्राधिकरणले प्रदान गर्ने छुट सुविधा तत्कालै लागु गर्नुपर्नेमा जोड दिए।

डेलिगेशन टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, महासचिव जिवकान्त काफ्ले, महिला सचिव माया खनाल र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको थियो।

संघले आर्थिक मसान्तको समाप्तीको संघारमा आईपुगेका उद्योगीहरू बैंक कर्जा, ब्याज, पारिश्रमिक, बिद्युत महसुल लगायतका थुप्रै खर्चहरू तत्काल तिर्न नसक्ने भएकाले सरकारका विभिन्न निकाय र बैंक तथा वित्तिय संस्थाहरूले उद्योगीलाई तत्कालका लागि सहुलियत प्रदान गर्नुपर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण