साँवाब्याजको समयावधि बढाउन महासंघको आग्रह


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपाल उद्योग वाणिज्य महासंघले बैंक, वित्तीय संस्थाहरूलाई साँवाब्याज भुक्तानी गर्ने समयावधि बढाउन आग्रह गरेको छ।

कोरोना भाइरसको महामारी र लामो समय बन्दाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका सानाठूला सबै तहका उद्योगी–व्यवसायी गम्भीर संकटमा परेका छन्। सबैले आर्थिक समस्या झेलिरहेकाले साँवाब्याज भुक्तानी गर्ने समयावधि बढाउन महासंघले माग गरेको हो।

असार १ गतेपछि लकडाउन केही खुकुलो भएको छ। तर, सार्वजनिक यातायात सञ्चालन नहुनका साथै अन्य कारणबाट उद्योग व्यवसाय पूर्ण सञ्चालनमा नआएको र उत्पादित मालवस्तु पनि निर्बाध बजारसम्म पु-याएर बिक्रीवितरण गर्न समस्या छ। त्यसै नगद प्रवाह हुन नसकेकाले सानाठूला सबै तहका उद्योगी–व्यवसायी, काम गरी खाने श्रमिक कामदारलगायत आमजनताको दैनिक जीवनयापन कठिन हुन गएकाले महासंघले बैंक तथा वित्तीय संस्थासँग साँवाब्याजको समयावधि बढाउन आग्रह गरेको हो।
 
उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएको जनाउँदै महासंघले २०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकूल भई अर्थतन्त्र पूर्ण रूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नेपाल राष्ट्र बैंकसमक्ष आग्रह गर्नुका साथै आर्थिक वर्षको मौद्रिक नीति असार मसान्तसम्म ल्याउन अनुरोध गरेको छ।

अहिलेको जटिल परिस्थिति मनन गरी उद्योग–व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जानसक्ने महासंघको चेतावनी छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद