उपत्यकामा संक्रमित भेटिन्छन्, स्रोत भेटिन्न


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


उपत्यकामा संक्रमण पुष्टि भएका व्यक्तिमध्ये १२ जनाको कुनै ट्राभल हिस्ट्री छैन। उनीहरू काठमाडौंबाहिर गएका छैनन् संक्रमितको सम्पर्कमा रहेका पनि होइनन्।

उनीहरू कसरी संक्रमित भए त? 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई संक्रमितको स्रोत पहिल्याउन हम्मेहम्मे परिरहेको छ।

अहिलेसम्म ती संक्रमितको स्रोत खोज्न क्रममा १२ सय जनाको कन्ट्रयाक ट्रेसिङ भइसकेको छ। तर त्यसमध्ये ६ सयभन्दा बढीको स्वाब परीक्षण गर्दा सबै नेगेटिभ नतिजा आएकाले महाशाखा अन्योलमा छ। १२ संक्रमितमा २ वर्षसम्मको बच्चा पनि छ। 

उपत्यकामा समुदायमै संक्रमण फैलिएको हो किन भन्ने आशंकामा प्रत्येक संक्रमितवरपरका एकसय जनाका दरले नमूना संकलन गरेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको महाशाखाले जनाएको छ।

राजधानीमा पछिल्ला दिन समुदायमा संक्रमण फैलिएको पुष्टि गर्ने बलियो आधार नभेटिए पनि संक्रमित संख्या भने बढ्दै गएको छ।

उपत्यकामा तीन जिल्लामा कोरोना भाइरसबाट हालसम्म ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।  काठमाडौंमा २ सय २४ जना, ललितपुरमा ७० जना र भक्तपुरमा ४४ जनामा संक्रमण पुष्टि भएको हो। 

महाशाखाका अनुसार उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये १ सय २० भन्दा बढी विदेशबाट आएका वा उपचार सिलसिलमा बाहिरी जिल्लाबाट आएका हुन्। 

१२ जनामा पहिलो चरणमा संक्रमितको प्रारम्भिक विवरण संकलन गर्दा संक्रमणको स्रोत फेला नपरेपछि महाशाखाले संक्रमितको सम्पर्कमा आएका १ हजार २ भन्दा बढीको स्वाब संकलन गरेको हो। 

ललितपुर महानगर–२५, काठमाडौंका कोटेश्वर, टोखा बोडे, सहिद गंगालाल अस्पताल, शंखमूल आदि स्थानमा भएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि  नभएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्। ‘विभिन्न ६ स्थानमा रहेका संक्रमितको सम्पर्कमा रहेका ६ सय ७४ मा रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘अन्य बाँकीको रिपोर्ट आउन बाँकी छ।’

मैतीदेवी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजारका स्थानमा संकलित नमूनाको रिपोर्ट आउन बाँकी छ। प्रारम्भिक कन्ट्याक ट्रेसिङ गर्दा पनि ती व्यक्तिहरूको संक्रमण स्रोत नभेटिएको डा. पाण्डेले बताए। 

कहाँबाट कसरी स्थानीयमा संक्रमण? 

धैरै स्थानीय संक्रमितको सामान्य ट्राभल हिस्ट्री भएता पनि उपत्यकाबाहिर गएको रेकर्ड छैन भने अधिकांशको स्रोत समेत पुष्टि भएको छैन। 
स्थानीयमा संक्रमण कसरी सर्यो भन्ने प्रश्नको जवाफ महाशाखासँग छैन। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी संक्रमण समुदायस्तरमा फैलिइसकेको दाबी गर्छन्। 

‘उपत्यकाको पछिल्लो अवस्था हेर्दा स्थानीयमा फाट्टफुट संक्रमण देखिएको छ,’ डा. मरासिनीले भने, ‘संक्रमितको सम्पर्कमा आएका मानिसको कन्ट्याक टे«सिङ राम्रोसँग नहुनुले पनि स्रोत पहिचान हुन सकेको छैन।’

समुदायमा नमुना परीक्षण नहुँदा यति धेरै स्थानीयमा संक्रमण भेटिनुले खतराको संकेत गरिसकेको उनको भनाइ छ। 

सरकारले उपत्यकामा अझै पनि समुदायस्तरमा संक्रमण नफैलिएको दाबी गर्दै आएको छ। ‘सरकारले अझै पनि समुदायमा संक्रमण फैलिएको तथ्य लुकाउँदै आएको छ,’ उनले भने, ‘संक्रमणको स्रोत पहिचन गर्न नसक्दा भोलि भयावह स्थिति आउन सक्छ।’

संक्रमित व्यक्तिको स्रोत पहिचान गर्न समुदायस्तरमा व्यापक रूपमा परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ छ। 

५ हजारको परीक्षण गरिँदै 

समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकामा ५ हजार जनाको पिसिआर परीक्षण गर्न लागेको महाशाखाले जनाएको छ। त्यसका लागि महाशाखाले बिहीबारदेखि नै स्वाब संकलन सुरु गरिसकेको छ। उपत्यकाका भीडभाड हुने स्थलहरू विभिन्न अस्पताल, बैंक, यातायात कार्यालयका कर्मचारी र सेवाग्राहीको नमूना संकलन भइरहेको डा. पाण्डेले बताए। 

संक्रमित भेटिएका स्थान

उपत्यकाको ७० भन्दा बढी ठाउँमा कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा चन्द्रागिरि, कपन, शंखमूल, कीर्तिपुर, मैतीदेवी, नयाँ, पुरानो बानेश्वर, चाबहिल छन्। बालुवाटार, महाराजगन्ज, कागेश्वरी, गोकर्ण, बागबजार, बौद्ध, टोखा, कलंकी, तारकेश्वर, धापासी, साँखु, बौद्ध, जोरपाटी र सीतापाइला हुन्। 
भक्तपुरमा व्यासी, चाँगुनारायण, बालकोट, बोडे, भोंलाछे, बागेश्वरी, कमलविनायक, गठ्ठाघर, कौशलटार, सूर्यमढी र नयाँ ठिमीलगायतका ठाउँमा संक्रमण भेटिएको छ।

ललितपुरको ठैब, लुभु, बुङमती, महालक्ष्मीस्थान, हरिसिद्धि, गोदावरी, सुनाकोठी, धापाखेल, सानेपा, खुसिबुमा, थसिखेल, हात्तीवन, चापागाउँ, भैंसेपाटी, टीकाथलीमा संक्रमित भेटिएको महाशाखाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य