बारेकोट पहिरोमा पुरिएका ७ को शव भेटियो, ५ जना अझै बेपत्ता


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जाजरकोटको बारेकोट गाउँपालिका–४ मा गयराती गएको पहिरोमा पुरिएका ७ जनाको शव फेला परेको छ। पहिरोमा बेपत्ता भएका १२ जना मध्य ७ जनाको शव फेला परेको हो। फेला परेका शव मध्य हालसम्म ४ जनाको मात्रै सनाखत भएको छ।

पहिरोमा पुरिएर मृत्यु भएका गोपाल सार्की, अर्जुन सार्की, डिल्ली सार्की र वीरेन्द्र सार्कीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार चारै जना एकै परिवारका सदस्य हुन्। 

अझै पाँच जना बेपत्ता छन्। उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइएको छ। बिहीबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा बारेकोट–४ का दुई घर पुरिएका थिए।

मुख्यमन्त्रीद्वारा शोक वक्तव्य

बिहीबार राती बारेकोट गाउँपालिका र शुक्रबार बिहान रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकामा वर्षासँगै गएको पहिरोमा भएको मानवीय क्षतिप्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन्।

शुक्रबार विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री शाहीले बारेकोट गाउँपालिकामा गएको पहिरोमा परी ७ जनाको दुःखद् निधन हुनुका साथै ५ जना अझै अहिलेसम्म बेपत्ता र रुकुम (पश्चिम) आठविसकोट नगरपालिका रेझेखोलामा गएको पहिरोमा परि दुई जनाको निधन र एक जना घाइते भएको घटनाले आफू स्वब्ध भएको बताएका छन्। 

विज्ञप्तीमा पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी कार्य, विस्थापित परिवारका लागि राहत सामग्री एवं मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट गरिएको विपद् जोखिम विमा रकम भुक्तानी दिने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने

थपिए ६७२ कोरोना संक्रमित, ८ को मृत्यु

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४

बागमती प्रदेश : शाक्यकाे राजीनामा स्वीकृत, नयाँ सरकार गठनको आह्वान

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाएकाे राजीनामा स्वीकृत भएकाे छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शाक्यकाे राजीनामा स्वीकृत गर्दै नयाँ