जन्मदिनमा पहिरोले उजाड्यो पिंकीको माइती


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


आफ्नो जन्मदिन मनाउन दमौलीदेखि सानिमा डाकिन्। छिमेकी बोलाइन्। माइती घरमा पर्वैजस्तो गरी माहोल जम्यो। छोरीकै जन्मदिन भनेर बाबाले माछा ल्याए, आमाले पकाइन्। 

पोखरा विजयपुरकी पिंकी थापाले आफन्त र छिमेकीका बीच २३ वर्ष टेकेको खुसी साटिन्। तर, जन्मदिनको खुसी भोलिपल्ट बिहान नहुँदै फाट्यो। पहिरोमा परेर उनले बाआमासहित पाँच जना गुमाइन्। 

जन्मदिन मनाउन आफन्त र छिमेकी असारे झरीको प्रवाह नगरी साँझ भेला भएका थिए। राति ८ बजे केक काटेर जन्मदिन मनाउन सुरु गरियो। ‘बर्थ–डे’ मनाउन आएका सबैले खानपिन गरेर एकछिन रमाइलो गरे। त्यसपछि कोही घर फर्किए, कोही त्यहीँ बास बसे। 

१८ वर्षे रशि थापा पनि दिदीभाइसँगै सुते। गफैगफमा निदाए। राति दुई बजे घर माथिबाट पहिरो खस्यो। सुतिरहेको ठाउँबाट उनलाई पहिरोले उछिट्याएर पर पु¥यायो। अनुहारमा सामान्य चोट लागेका उनी निको भइसके। तर मन स्थिर छैन। शुक्रबार बिहानको घटनाले उनी झस्किन्छन्। 

अन्धकारमा खसेको पहिरोले कस–कसलाई लग्यो भन्ने उनले अझै चेत पाएका छैनन्। निको भए पनि उनी अस्पतालका अरु घाइतेको स्याहारका लागि बसेका छन्। ‘पिंकी दिदीको बर्थडे थियो। राति सात जनासँगै सुतेका थियौं। एक्कासि पहिरो गयो। केही थाहै भएन,’ रशिले कहालीलाग्दो रात सम्झिए। 

पिंकी उनको कान्छा अंकलकी छोरी हुन्। भाग्यले बाँचेका रशि अरुले पहिरो खोतलेको हेरिरहे। आँखै अघि आफन्तको शव एकपछि अर्को गर्दै झिकिरहेको देखे। इँटाले बनाइएको घरको दुई वटा कोठामा ११ जना सुतेका थिए।  

‘एउटा कोठामा सात जना अर्कोमा चार जना थियौं। राति पहिरो खसेपछि त्यहीँ थिएँ। बिहान ५ बजे हस्पिटल ल्याइयो,’ रशिले भने। उनीबाहेक अरु ६ जनालाई स्थानीय र प्रहरीले उद्धार गरेपछि अस्पताल ल्याइएको हो। 

सराङकोट गोठादीकी खगीसरा थापालाई शुक्रबार बिहानै घरको आँगनमा उभिएर कसैले बोलाइरह्यो। उनले ढोका खोलिन्। बाहिर चिनजानकै वृद्ध छिमेकी रहेछन्। 

वृद्धले खगीसरालाई देवरको घरमा पहिरो खसेको सुनाए। छोरी पनि देवरकै घरमा सुतेकाले उनी झसंग भइन्। खगीसरा हस्याङफस्याङ गर्दै घटनास्थल पुगिन्। देवरकी छोरी पिंकीको जन्मदिनको कार्यक्रममा सहभागी भएर अबेर राति घर फर्केकी उनी अहिले शोकमा डुबेकी छन्। 

पानी दर्किरहेकै बेला बिहीबार साँझ जन्मदिनको जमघटमा सहभागी हुन श्रीमानसहित गएकी थिइन्। ‘केक मेरै घरमा थियो। छोरीहरू त्यो लिएर गए। पानी ठूलो परेको थियो। नजाम छोरीले गाह्रो मान्छ भनेर बुढाबुढी नै गएम,’ ४२ वर्षीया खगिसराले सुनाइन्। 

उनले पहिरोमा देवरसहित पाँच जनाको मृत्यु भएको खबर पाउँदा घाइतेलाई अस्पताल लगिएको थियो। पहिरोमा पुरिएकी खगीसराकी छोरीको अहिले मनिपाल अस्पतालमा उपचार भइरहेको छ। 

खाना खाएर बिहीबार राति १० बजे श्रीमान् र उनी घर फर्किएका थिए। जुन बाटो राति लाइट बालेर उनी घर फर्किएकी थिइन्, त्यही बाटोमा खसेको पहिरो पाँच जनाको चिहान बन्यो। ‘जुन ठाउँमा पहिरो गयो नि त्यहाँ बाटो थियो। त्यही बाटो राति हामी घर फर्केको,’ खगीसराले आँखाभरी आँसु बनाउँदै थपिन्, ‘पहिला पनि कहिलेकाहीँ पहिरो खस्थ्यो, त्यस्तो होला भन्ने सोचेकै थिइनँ।’ 

घर फर्किएको किस्सा सुनाउँदै गर्दा उनी रोकिइन्। आँखाबाट बगिरहेको आँसु पुछिन्। अनि थपिन्, ‘बिहानसम्म केही थाहै भएन।’

पहिरोले पुरिएर मृत्यु हुनेमा सगीसराका कान्छा देवर ५० वर्षे टंकबहादुर थापा, टंककी ४५ वर्षे श्रीमती सोममाया थापा छन्। पहिरोमा परी ज्यान गुमाउनेमा ६ वर्षे सुवान थापा र तनहुँ दमौली घर भएका आठ वर्षे शीतल श्रेष्ठ रहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए। 

जन्मदिनको कार्यक्रमले गर्दा पनि पहिरोमा मृतकको संख्या धेरै भएको पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा बताउँछन्। ‘ठूलो परिवार होइन। जन्मदिनको कार्यक्रम नभएको भए त्यत्रो धेरैको मृत्यु हुँदैनथ्यो,’ उनले भने। 

मृतक टंककी छोरी २३ वर्षीया पिंकी, पिंकीकी चार वर्षीया छोरी पिरिसासहित आठ जना घाइते छन्। घाइते १८ वर्षीया आशा थापा, दमौली घर भएकी २८ वर्षीया सरस्वती श्रेष्ठ (टंकीकी साली), उनका छोरा १० वर्षका सन्देश श्रेष्ठ, १९ वर्षीय रश्मि थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक टंकका छिमेकी १९ वर्षीय अनिस तामाङ र भाइकार छोरा वर्ष १९ का रशि थापामगर निको भए पनि अरु घाइतेको स्याहारका लागि अस्पतालमै छन्। 

पोखरामा शुक्रबार नै भएका पहिरोका अरु घटनामा थप दुई जनाको मृत्यु भएको छ। पोखरा–२५ हेमजा मेलबोटका रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको प्रवक्ता हमालले जानकारी दिए। 

पोखरा–२६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनारको मृत्यु भएको छ। पोखरा–१७ छोरेपाटन सिमलटुँडाका चन्द्रबहादुर मगरको घरमा पहिरो जाँदा उनीसहित श्रीमती र छोरा घाइते भएका छन्। 

पोखरामा शुक्रबार भएका पहिरोका घटनाका पाँच घाइतेको मनिपाल, तीनको नमस्ते हस्पिटल र एकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेको छाती र हातखुट्टामा चोट लागेको छ। छातीमा चोट लागेका सराङकोटका एक घाइतेको अवस्था गम्भीर रहेको मनिपाल अस्पतालका इमर्जेन्सी विभागका इन्चार्ज डा. असीम सुवेदीले जानकारी दिए। उनका अनुसार बाँकी घाइतेको अवस्था सामान्य छ। 

नमस्तेमा उपचाररतको पनि अवस्था सामान्य रहेको डिएसपी हमालले जानकारी दिए। पश्चिमाञ्चलमा उपचाररत पिंकी थापाको भने दुवै खुट्टा भाँचिएको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण