‘संक्रमित होइन, परीक्षण कम भएको हो’


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


पछिल्लो ७ दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर घट्न थालेको छ। 

सुदूरपश्चिम प्रदेशमा भरिभराउ क्वारेन्टिन रित्तिन थालेपछि परीक्षण नै कम भएको छ। जसका कारण पछिल्लो ७ दिन यता कोरोना पुष्टि हुनेको संख्या पनि कम हुँदै आएको देखिन्छ। 

भारतका नेपालीलाई स्वदेश फर्कन दिने सरकारको निर्णय पछि सुदूरपश्चिम प्रदेशका क्वारेण्टाइन भरिभराउ भएका थिए। 

सरकारले निर्णय गरेसँगै जेठ २० गतेपछि लगातार सुदूरपश्चिम प्रवेश गरेका नेपालीले प्रदेशका सवै १५ हजार ८६ क्वारेन्टाइन भरिभराउ भए। 

९ वटै जिल्लामा रहेका ती क्वारेण्टाईनमा भारतबाट आएका करिव ८० हजार नागरिक थिए। प्रदेश सरकारले ती नागरिकको आरडिटी परिक्षण गरी पोजेटिभ देखिएकाको पिसिआर परीक्षण गर्ने गरेका थियो। जसका कारण केही समय सुदूरपश्चिममा दैनिक संक्रमित हुनेको संख्या बढ्दै गयो। 

तर पछिल्लो समय भने सुदूरका क्वारेण्टाइन खाली हुँदै जाँदा प्रदेशमा संक्रमितको संख्या पनि घटेको देखिन्छ। अहिले क्वारेन्टाइनभन्दा बाहिर परीक्षण भएको छैन। 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार सरकारले क्वारेण्टाइनमा बसेका नागरिकको मात्रै स्वाव संकलन गर्दै आएकोमा क्वारेन्टाइन बस्नेको संख्या घटेपछि संक्रमितको संख्या पनि घटेको हो। 

‘हामीले क्वारेन्टाइनमा बस्नेहरुको मात्रै स्वाव संकलन गरी परीक्षण थालेका थियौं’ महाशाखा प्रमुख कार्कीले भने–‘अहिले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून छ, बाहिर चेकजाँच गरिएको छैन।’ 

अहिले सुदूरपश्चिम प्रदेशमा जम्मा ४ हजार ९ सय ११ जना मात्रै क्वारेन्टाइनमा छन्।

‘जेठ २० गते पछि मात्रै सुदूरपश्चिमका विभिन्न सीमा नाका हुँदै १ लाख बढी नागरिक नेपाल भित्रिएका थिए’ महाशाखा प्रमुख कार्कीले भने–‘सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई अनिवार्य घर पठाउन निर्देशन दिएसँगै क्वारेन्टाइन बस्नेको संख्या १ महिनामै घटेको छ, जसले संक्रमितको संख्या पनि घटाएको हो।’ 

असार १९ गते देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय ८९ जनामा कारोना संक्रमण पुष्टि भएको थियो। जुन प्रदेशभर संक्रमण देखिएका मध्य एक दिनमा आउने सवै भन्दा ठूलो संख्या थियो। त्यसको अघिल्लो दिन असार १८ गते पनि सुदूरपश्चिमका विभिन्न जिल्लाका गरी तीन सय ४६ जनामा संक्रमण पुष्टी भएको थियो। 

असार २० गते पछि भने प्रदेशमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या न्यून हँुदै आएको तथ्याङ्क छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा असार २० गते ५९ जना, २१ गते ८५ जना, २२ गते १३ जना, २३ गते १ सय ११ जना, २४ गते ९१ जना र  २५ गते ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

शुक्रबार भने सुदूरपश्चिम प्रदेशमा जम्मा ५ जनामा संक्रमण पुष्टी भएको छ। यो संख्या जेठ २० गते पछिको सवैभन्दा कम हो। शुक्रबार थपिएका सेती प्रादेशिक अस्पतामा गरिएको परिक्षणमा बान्नीगढी जयगढ गाउँपालिका अछामका १ जना, वेलडाँडी गाउँपालिका कञ्चनपुरका १ जना, बाजुराका १ जना, कैलालीका १ जना र डोटीका एक जनामा रहेका छन्। 

कार्कीका अनुसार हाल क्वारेन्टाइनमा रहेकाहरुको पनि स्वाव परीक्षण गरिएको छैन। केही स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै स्वाव संकलन गरी परीक्षण गर्ने गरिएका काण पनि संक्रमित घटेको हुनसक्ने उनले बताए। 

‘अहिले समुदायमा कोरोना संक्रमण पुष्टि भएको प्रमाण भेटिएको छैन’ कार्कीले भने– ‘प्रोटोकल अनुसार गरिने परीक्षणमा न्यून संक्रमित भेटिएका छन्।’ 
हालसम्म सुदूरपश्चिममा जम्मा तीन हजार ७ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ हजार २ सय ६६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ७ जना संक्रमितको मृत्यु भएको छ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य