साउनदेखि बस गुडाउने साझाकाे तयारी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


सरकारको समेत सेयर रहेको साझा यातायातले साउनदेखि छाेटो दूरीका बस चलाउने तयारी गरेको छ।

मन्त्रिपरिषदकाे असार २३ मा बसेकाे बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीहरूले सर्त तेर्स्याइरहेका बेला साझाले यो कदम लिएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुषण तुलाधारले सरकारको निर्णय सकारात्मक रुपमा लिइएको र साउन १ गतेदेखि सञ्चालनको तयारी थालिएको बताए। ‘कतिपय कर्मचारी बाहिर हुनुहुन्छ, उहाँहरूलाई बोलाएका छौँ। बस मर्मत सम्भार गरेर चलाउने तयारी छ। लक्ष्य साउन १ गतेदेखि बस चलाउने रहेपनि तलमाथि हुनसक्छ।’

सरकारले काठमाडौं उपत्यकाको हकमा एकै जिल्ला मानेर बस चलाउन दिने भनेको छ, भने उपत्यका बाहिरको हकमा एक जिल्लाबाट अर्काे जिल्लामा चलाउन पाइँदैन।

बसमा ५० प्रतिशत यात्रु, चालक र सहचालकलाई अनिवार्य मास्क पञ्जा, यात्रु चढ्ने समयमा बसको ढोका र सवारसाधनभित्र स्यानिटाइजर गरिने उनले बताए।

सरकारले घर बाहिर निस्किदा मास्क अनिवार्य भनेको छ। तर, मास्क बिना नै बसमा यात्रा गर्न खोज्नेलाई सहचालकले रोक्न सक्ने र यस्तो बेला बलजफ्ती गर्न खोजे सरकारले सहयोग गर्नुुपर्ने उनले बताए।

साझासँग अहिले ७१ बस छन्। तीमध्ये चार लामो दूरीका हुन्। सुरुमा छोटो दूरीका सबै गाडी नचलाइने तर आवश्यकता अनुसार संख्या बढाइने उनले बताए।

सरकारले अहिलेको अवस्थामा साविकको भाडादरमा ५०  प्रतिशत बढी लिन पाउने व्यवस्था गरेको छ। तर, साझाले त्योभन्दा कम भाडादरमै यात्रा गराउने तयारी गरेको छ। हाल काठमाडौँ उपत्यकामा यात्रु बसमा चढ्न साथ १५ रुपैयाँ लिइन्छ। तर, अब ५० प्रतिशत भाडादर वृद्धि भएमा २२ रुपैयाँ लिने भनिएको छ।

 साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले भौतिक दूरी कायम गरी आगामी केही दिनमा बस चलाउने तयारी भएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण