खुम्चिएको खुलामञ्चको आँगनीमा सेता बकुल्ला 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


राजधानीको मुटु हो रत्नपार्क।

त्योसँगै जोडिएको छ पुरानो बसपार्क।

त्यसको छेवैमा चारैतिरबाट च्यापिएर खुम्चिएको छ खुलामञ्च।

खुलामञ्च त भन्नुमात्र हो। चारैतिरबाट च्यापेर रोटी आकारमा बचेको उपत्यकाको एउटा सानो टुक्रा जमिन।

त्यो खुलामञ्च खुलामञ्च मात्र होइन। सहरको शोभा पनि हो।

कंक्रिटै कंक्रिटको बीचमा बचेको त्यो सानो भाग भूमाफियाको आँखा घुमिरहेको छ।

कसैलाई भविष्यको चिन्ता छैन। बन्नुछ केवल समृद्ध। कमाउनु छ पुस्तौंलाई पुग्ने अकूत सम्पत्ति।

तर,  प्रकृति बचाउने चिन्ता छैन कसैलाई।

लोकतन्त्रका नारा लगाउने हुन् चाहे गणतन्त्रका नारा लगाउने। सबैका कुर्लाहटलाई शासनसत्तासम्म पुर्याउने थलो पनि यही नै हो।

यसैको छातीमा टेकेर भाषण गरेकाहरू मन्त्री, प्रधानमन्त्री बने। तर, खुलामञ्च आफू कहिले समृद्ध बन्न सकेन। बरु साँघुरिँदै गयो।

थारुको माघी होस्,  सुदूरपश्चिमको डेउडा, चाहे मगरको भूमे नै किन नहोस् या कुनै अरु संस्कृतिको प्रदर्शन सबैलाई ठाउँ दिएको छ खुलामञ्चले।

सैनिक दिवसमा पड्काइएका बमका छर्राले चिरिँदा होस् वा कुनै उच्चस्तरीय विदेशी पाहुनाको स्वागतका लागि पड्काइएका बमले छियाछिया हुँदा होस्। कहिल्यै पनि ऐय्या भन्दैन खुलामञ्च।

यो एक खुला हृदयको भूमि हो। जसले यो त्यो भनेर कहिले कसैलाई विभेद गर्दैन। 

सबैका सबैखाले लातले थिचिएर निस्कपट रूपमा आफूले सकेजति सेवा दिइरहेको हुन्छ।

तर, यतिबेला त्यही भूमिलाई सक्न भूमाफियाहरूले आँखा गाडिरहेका छन्।

चारैतिरबाट च्यापिएर रोटी जत्रै बन्दा पनि अब मलाई बचाउनुस् भन्न सकेको छैन खुलामञ्चले।

तीन महिना पहिले खुलामञ्चमा मिर्मिरेबाट नै मानिसहरूको चहलपहल हुन्थ्यो।

कोही स्वस्थ रहनका लागि दौडिरहेका हुन्थे। कोही योगा गरिरहेका देखिन्थे।

तर,  कोरोना कहरले देशमा लकडाउन जारी भएसँगै खुलामञ्चमा मानिसहरूको आवागमन बन्द भएको छ।

मानिसले थिच्न छोडेपछि सधैं कुच्चिएर पिल्सिएको दुबो हरियो बनेको छ। सधैको प्यासी दुबोको प्यासलाई वर्षा ऋतुसँगै झरेको झरिले मेटाइदिएको छ।

अनि दुबो र केही वनस्पति उम्रिँदा फट्याङ्ग्राहरूले सहरको बीचमा रहेको एक सानो थुम्कोमा उफ्रिन पाएका छन्।

मानिसले दौडिँदा बनेका साना-साना खाडलमा पानी जम्मा भएको छ। त्यहीं तलाउमा एक दुई भ्यागुताहरू साउती मारिरहेका हुन्छ। उनीहरूको ट्यारट्यार टुरटुर सुनिदिने पनि कोही छैन अचेल।

अब, त्योसँगैको रत्नपार्कका कुरा गरौं।

जसको साइनो खुलामञ्चसँग गहिरो गरी जोडिएको छ। 

रत्नपार्कको पार्क होस् चाहे पुरानो बसपार्क बनाइएको ठाउँमा वा सैनिक मुख्यालय भएको स्थान कुनै जमाना खुलामञ्च हो यो ठाउँ।

रत्नपार्क राजधानीको राजधानीको मुख्य केन्द्रबिन्दू।

पुरानो बसपार्क र त्यही ठाउँबाट उपत्यकाभर जाने बसहरू गुडिरहेका हुन्छन्। त्यसैले पनि त्यो सबैको केन्द्र हो।

बागबजार,  दरबारमार्ग,  सुन्धारालगायतका बढी चहलपहल हुने ठाउँ पनि त्यसकै परिपरि छन्। विभिन्न कार्यक्रम गर्न सुविधासम्पन्न होटल पनि त्यसैको पेरीफेरीमा छन्। 
जसलाई जहाँ जान पनि सास्ती हुँदैन। त्यसैले त रत्नपार्कमा सधैं चहलपहल हुन्छ।

त्यसै चहलपहलको साक्षी हो खुलामञ्च। त्यसी ओहोरदोहोर गर्ने मानिस र गाडीको ट्यारट्यार टुरटुरले सधैं आक्रान्त बनिरहेको हुन्थ्यो।

एकछिन भित्र बसेर बदाम र सुन्तला खाउँ वा गफिउँ भन्नेहरू पनि भित्र गइरहेका हुन्थे।

तर, कोरोना कहरले देशमा लकडाउन जारी भएपछि धेरै गाडी गुड्न पाएका छैनन्। मानिसको आवतजावत पातलो छ।

सरल रुपमा भन्दा अहिले खुलामञ्चमा कोही जाँदैन। त्यसैले त बिहानै बकुल्लाको बथान नाचिरहेको देख्न सकिन्छ। सहरको बीचमा रहेको एक सानो भाग बकुल्लाका बथानले सेतै फूलेजस्तो देखिन्छ। जुन दृश्यले सबैको मन नछोला र!


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण