राजनीतिले तहस नहस प्रज्ञा : गतिला मान्छे न, गतिलो काम


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपाली मौलिक कला–साहित्य संरक्षण र प्रवद्र्धन गर्न बनाइएको नेपाल प्रज्ञा प्रतिष्ठान भद्रगोल छ। 

कारण एउटै हो– ‘राजनीतिक भर्ती केन्द्र।’

प्रतिष्ठान १२ वर्षदेखि लगभग एउटै व्यक्तिको नेतृत्वमा छ। 

२०६६ सालमा उपकुलपति भएका गंगाप्रसाद उप्रेती त्यसको चार वर्षपछि कुलपति नियुक्त भए। र, अहिले उनी दोस्रो कार्यकाल बिताइरहेका छन्। 

प्रज्ञा इतिहासमा एउटै व्यक्ति लगातार दोहोरिएर कुलपति भएको यो ‘दुर्लभ’ कारण हो, राजनीति। 

यसअघि २०३६ र २०४१ सालमा साहित्यकार लैनसिंह वाङ्देल प्रज्ञाको कुलपति भएका थिए। 

उप्रेती नेकपा (तत्कालीन एमाले) निकट हुन्। र, अहिले नेकपाकै बहुमत सरकार छ। 

प्रज्ञा प्रतिष्ठानको पहिलो उद्देश्य हो, ‘नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ एवं कृति तयार गर्ने, गराउने।’

तर, न अध्ययन छ न अनुसन्धान। भएका वा गरिएका काम पनि कुनै पार्टी वा व्यक्तिजनित मात्रै छन्। 

प्रतिष्ठान कि पार्टीको विभाग?

अग्रजदेखि अनुज साहित्यकारसम्म प्रज्ञाका गतिविधिबाट सन्तुष्ट छैनन्। उनीहरूको एउटै गुनासो छ, ‘प्रज्ञा, प्रज्ञाजस्तो रहेन। यो त केवल पार्टीको कुनै विभागजस्तो भयो।’

साहित्यकार एवं प्राध्यापक महेश प्रसाईं प्रज्ञाबाट साहित्यकारले अब सांस्कृतिक, वाङ्मयिक रूपान्तरणको आस गर्न सक्ने ठाउँ नरहेको टिप्पणी गर्छन्। 

‘छलपूर्ण विसंगतिमूलक राजनीतिलाई अगाडि सारेर नेताका झोला बोकेर जबसम्म प्राज्ञ समिति चयन हुन्छ अनि धेरै आस गर्ने ठाउँ हुँदैन,’ प्रसाईं भन्छन्। 

विजय मल्ल, भूपि शेरचन, सूर्यविक्रम ज्ञवाली, बालचन्द्रजस्ता विशिष्ट व्यक्तिले नेतृत्व गरिसकेको प्रज्ञामा अहिले राजनीतिका ‘दुर्गन्ध’ मात्रै देख्छन् प्रसाईं। 

‘बालुवाटार, सिंहदरबार नजिक भएका व्यक्तिलाई नियुक्ति गरिन्छ। समावेशीको नाममा क्षमताबिनाकै मान्छेले स्थान पाउँछन््’ प्रसाईंको स्पष्ट धारणा छ, ‘साहित्य राजनीतिक नियुक्ति र दया गर्ने चिज त होइन नि।’

प्रज्ञाको सम्पत्ति साहित्यिक विकासमा होइन, सीमित व्यक्तिको विदेश भ्रमण, सवारी र भत्तामै सकिएको उनको आरोप छ। 

‘यसरी विदेश उडेर प्रज्ञाको सम्पत्ति सकेर के फाइदा?,’ उनी भन्छन्, ‘बरू त्यो खर्चले देशका कुना–कुनामा पुग्न सकिन्छ, स्रष्टाको जीवन हेर्न सकिन्छ। साहित्यको अनुसन्धान, उन्नति र प्रगतिमा लगाउन सकिन्छ।’ 

आख्यानकार राजेन्द्र पराजुली पनि प्रज्ञासँग सन्तुष्ट छैनन्। 

उनको बुझाइमा पनि अहिले प्रज्ञा राजनीतिक भर्ती केन्द्र नै बनेको छ। 

‘दलकै कार्यकर्ता भर्ती गरे पनि साहित्यमा योगदान दिएको त हुनुपर्छ नि,’ पराजुली आक्रोश पोख्छन्, ‘विश्वविद्यालयमा पढाएर थाकेकाहरूसँग न कुनै सिर्जना हुन्छ, न कुनै चिन्तन। बरू चिन्ता यो हुन्छ कि, कसरी पार्टीलाई खुसी पार्ने र पद जोगाइराख्ने?’

अहिलेका कुलपति गंगाप्रसाद उप्रेती एक कार्यकाल उपकुलपति हुँदै अहिले दोस्रो कार्यकाल कुलपतिका रूपमा छन्। 

उप्रेतीको यो १२ वर्षमा सम्झनलायक एउटा पनि ‘गतिलो’ काम भएको साहित्यकारहरू देख्दैनन्। 

‘उहाँको कार्यकालमा भएको यो हो है राम्रो काम भनेर सम्झिने मैले कुनै काम देखेको छैन। सरकारले उहाँलाई कुन राम्रो काम गरेर त्यसरी दोहो¥याएको हो?,’ पराजुलीले भने, ‘कुनै कार्यक्रममा ताली बजाउने मान्छेको कमी भयो भने मात्रै प्रज्ञाले हामीलाई सम्झिन्छ।’

प्रज्ञाको अर्काे महत्वपूर्ण काम भनेको खोज तथा अनुसन्धानमूलक साहित्यिक पुस्तकहरू प्रकाशन गर्नु हो। 

साहित्यकार पराजुली भने प्रकाशनका हकमा २०३९ सालमात्रै सम्झिन्छन्। 

‘त्यो बेला प्रज्ञाको रजतजयन्ती थियो। त्यतिबेला रजत जयन्ती प्रकाशन माला भनेर २५ वटा कृति प्रकाशित भएका थिए। ती सबै मैले सजाएर राखेको छु,’ उनी भन्छन्, ‘तर, २०–२५ वर्षयता प्रज्ञाले निकालेका किताब त र्‍याकमा राख्न लायक पनि छैनन्।’ 

उनको विचारमा प्रज्ञाको यो पुस्तक प्रकाशन ‘दिनचर्या’ साहित्यकारलाई ठाउँ दिनका लागि पूरा गरिएको एउटा औपचारिकतामात्रै हो।

न प्रज्ञाले प्रकाशन गरेका पुस्तक बजारमा भेटिन्छन् न किनेर पढ्ने खालका नै। प्रज्ञा नामधारी ती पुस्तक उसकै पुस्तकालयमात्रै सीमित छन्।
 
पाका साहित्यकार ज्ञानु दास प्रश्न गर्छन्, ‘प्रज्ञामा साहित्यकार नै पुग्न सकेका छैनन्। दुई–चार कविता र निबन्ध लेखेकाहरूबाट के आशा गर्ने?’

उनी आजकल प्रज्ञा प्रतिष्ठानमा जानै छोडेका छन्। ‘जहाँ अग्रज साहित्यकारको कुनै सम्मान हुँदैन, त्यहाँ जानुको के अर्थ?,’ उनी थप्छन्, ‘बरू राजाका पालामा विशुद्ध साहित्यकार प्रज्ञाको नेतृत्वमा पुगेका थिए। अहिले त राजनीतिक दलका मान्छे पो पुग्न थालेछन्।’ 

के भन्छन् कुलपति?

प्रज्ञा प्रतिष्ठानमा कुलपतिका रूपमा अहिले दोस्रो कार्यकाल बिताइरहेका गंगाप्रसाद उप्रेती लामो समय प्राध्यापक थिए। उनी विश्वभाषा क्याम्पस प्रमुखसम्म भए। 

उनले प्रकाशन गरेका पुस्तकमध्ये ‘नेपाली भाषा शिक्षण’ पुस्तक केही चर्चामा रह्यो। 

प्रगतिशील लेखक समाजमा आवद्ध उप्रेतीले राजनीतिक बन्दीका रूपमा लामो समय जेल जीवन बिताएका छन्। 

जेलबाटै उनले स्नातकोत्तर (एमए) र कानुनमा स्नातक (बिएल) सम्मको अध्ययन पूरा गरेका थिए। 

आमसाहित्यकारको एउटा गर्विलो चौतारी हुनुपर्ने प्रज्ञाप्रतिको यो व्यापक असन्तुष्टिलाई उप्रेती भने ठाडै अस्विकार गर्छन्। 

भन्छन्– ‘प्रज्ञाले वार्षिक क्यालेन्डरअनुसार नै काम गरिरहेको छ।’

तर, प्रज्ञाको क्यालेन्डरमा भने साहित्यकारका जयन्ती र केही साहित्यिक दिन विशेषमात्रै छन्। 

‘के योमात्रै साहित्य विकासका लागि पर्याप्त छ त?’

कुलपति उप्रेती भन्छन्, ‘हामीले यस्तै नियमित काम गर्दै आएका छौं। ५० प्रतिशतभन्दा बढी कार्यक्रम अहिले मोफसलमा विकेन्द्रित गरेका छौं।’ 

तर, मोफसलका साहित्यकारहरूको भनाइ छ, ‘सरकारी होइन, यहाँ त बरू निजी क्षेत्रले साहित्यमा लगानी गरिरहेका छन्।’ 

एकातिर प्रज्ञाले उत्कृष्ट पुस्तक प्रकाशन गर्न नसकेको गुनासो आमसाहित्यकारको छ। 

अर्काेतिर उसले प्रकाशन गरेका पुस्तकहरू बजारमा पाइन मुस्किल छ। मोफसलमा त झन् प्रज्ञाका प्रकाशन निकै दुर्लभ छन्। 

‘अब हामी देशभर पुस्तक पुर्‍याउन निजी क्षेत्रसँग सहकार्य गर्ने सोचमा छौं। त्यसका लागि हामी टेन्डर आह्वान गर्छौं,’ प्रज्ञाको यो कमजोरीबारे कुलपति उप्रेती भन्छन्, ‘पहिले साझा प्रकाशन हुँदा ऊसँगको सहकार्यमा हाम्रा पुस्तक देशैभर पुग्थे। अहिले त्यो अवस्था छैन।’ 

उनले २०६७ सालमा आफू उपकुलपति हुँदादेखि नै प्रज्ञामा सबै साहित्यकारलाई कसरी समेट्ने भन्ने कुरामा सजग रहेकाले प्रज्ञामाथि लागिरहेको आरोप निराधार भएको दाबी गरे। विभिन्न देशमा प्रज्ञाको सम्बन्ध विकास भइरहेकाले नकारात्मक टिप्पणी गर्नु गलत रहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद