वाकुपति नारायण मन्दिरपरिसरका पाटी र ढुंगेधाराको पुनर्निर्माण


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


भक्तपुरको सूर्यमढीस्थित वाकुपति नारायण मन्दीर परिसरभित्रको पाटी र ढुंगेधाराको पुननिर्माण सम्पन्न भएको छ। 

वाकुपति चाँगुनारायण तामा छाना पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद प्रजापतिले जनश्रमदानले गर्दा निकै कम समय र कम लागतमा काम सम्पन्न भएको बताए।

भक्तपुर नगरपालिकाको वडा बजेटअन्तर्गत वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत गर्न ५ लाख २० हजार ४ सय ८९ रुपैयाँ, द्यो पमी फल्चा निर्माणमा १४ लाख ९७ हजार ८ सय ९७ रुपैयाँ र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी निर्माणमा १८ लाख २९ हजार २ सय ८० रुपैयाँ खर्च भएको उनले बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य जनसहभागिता जुटाई उपभोक्ता समितिमार्फत गरिरहेको बताए। नाफाका निम्ति व्यापार गर्ने ठेकेदारहरूलाई सम्पदा जीर्णाद्धारको जिम्मा दिन नहुने उनले बताए।

भक्तपुर नगरपालिकाले पूर्खाका लागि गौरव गर्न लायक सम्पदाको जीर्णोद्धार र मर्मत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उनले बताए।

भक्तपुर नपा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तामा सामाजिक र नागरिक भावनाको विकास गराउँदै लानुपर्ने आवश्यकताबोध गराए।

कोरोनाको संक्रमण भक्तपुरमा पनि बढ्दै गएको तर पनि यहाँका नागरिकहरु आफ्नो सम्पदाको काममा सधै हातेमाले गर्न तत्पर भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित