म्याग्दीकी रास्मती, जसले आँखैअघि पहिरोमा आठ सन्तान गुमाइन्


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


मुसलधारे पानीले घरको टिन (जस्ता) को छानो बजेकाे आवाज आइरहेकाे थियो। झरीको पानी टिनमा बजारिँदा निस्केको आवाजले परपरको होहल्ला पनि मधुरोगरी सुनिन्थ्यो।

त्यत्तिकैमा घर आसपास गड्याङगुडुङसहित केही बगिरहेको आवाज कानमा ठोक्कियो। यो बेला घडीले बिहानको पाँच बजाएको थियो। म्याग्दी मराङकी रास्मती सिर्पालीले उठेर बाहिर हेरिन्। 

पानी र कुहिरोले कतै केही देखिएन। कोठामा फर्किन लाग्दा टिनमा ढुंगा बजारियो। पहिरो खस्न लागेको लख काटिन्। नभन्दै तीन छोरा, दुई बुहारी र नातिनातिनी सुतेको घरमा ढुंगामाटो खस्न थाल्यो। 

                   रास्मती सिर्पालीलाई भेट्न अस्पताल पुगेकी गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुन 

छोराबुहारीलाई बोलाइन्, कोही उठेनन्। आँखै अघि छोराबुहारी, नाति, नातिनी र कान्छो छोरालाई पहिरोले बगायो। ‘उठ्उठ् भनेर जेठो छोरालाई बोलाएँ। भित्र त पहिरो खसिसकेको थियो। गाइँगुइँ केही सुनिएन,’ घाइते साइँली बुहारीको उपचारलाई पोखरा पुगेकी रास्मतीले बज्रपात पीडा सुनाइन्। 

असार २६ गते बिहानको पहिरोले जेठा छोराबुहारी मात्रै होइन, उनकी जेठी छोरी, दुई नाति र एक नातिनीलाई पनि सदाका लागि लग्यो। बिवाहित जेठी छोरीको घर पनि आडैमा छ। 

पहिरोमा परेका रास्मतीका ११ मध्ये तीन छोराबुहारीले नयाँ जुनी पाए। पसाइँलो छोराबुहारी र कान्छो छोरा बाँचे। उनका कान्छा छोरा र साइँली बुहारी अहिले पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचारार्थ छन्। साइँली बुहारी मन्जिताको २४ साताको गर्भ पहिरोले गर्दा नै खेर गयो। 

मन्जिताका श्रीमान्को बेनी अस्पतालमा उपचार भइरहेको छ। घरमाथि ढुंगा र माटो बजारिरहँदा उनले घोक्रो सुकिन्जेल गुहार मागिन्। तर, आफ्नै ज्यान जोखिममा पारेर कसले आँट गरोस्। ‘म सुतेको कोठामा केही भएन। साइँलो छोराबुहारी र कान्छो छोरालाई पहिरोले पर पुर्‍यायो,’ रास्मतीले थपिन्, ‘कान्छोलाई त साइँला दाइले पर हुत्याइदिएछ।’

४५ वर्षकी रास्मतीलाई मराङमा पहिरो होइन, कहिल्यै ढुंगा खसेको पनि सम्झना छैन। ‘त्यहाँ पहिरो होइन, ढुंगा नखसेको ठाउँ हो। अहिले नै हो यस्तो हिनामिना भएको। कहिल्यै नगएको ठाउँमा पहिरो गयो,’ उनले भनिन्। 

‘उठ्उठ् भनेर जेठो छोरालाई बोलाएँ। भित्र त पहिरो खसिसकेको थियो। गाइँगुइँ केही सुनिएन,’ घाइते साइँली बुहारीको उपचारलाई पोखरा पुगेकी रास्मतीले बज्रपात पीडा सुनाइन्। 

शुक्रबारको रात गाउँमै बित्यो। रातभर सुतिनन्, शनिबार दिउँसो बुहारी मन्जितालाई प्रहरीले उद्धार ग¥यो। दुई जिउकी साइँली बुहारीलाई लिएर हेलिकोप्टरमार्फत उनी पोखरा आइन्।

मनभरि पीडा बोकेर रास्मती मनिपाल अस्पताल छिरेको यो दोस्रोपटक हो। २ वर्ष पहिले श्रीमान्लाई उपचार गर्न पोखरा ल्याएकी थिइन्। उपचारकै क्रममा श्रीमान् नरबहादुर अस्पतालमै अस्ताएका थिए। तर, रोग पत्ता लागेन। 

पोखरा हेम्जाकी दिलमाया श्रीपाली रास्मतीले दुई वर्ष पहिले श्रीमान् गुमाउँदा र अहिले छोरानाति गुमाउँदा सँगै छिन्। माइलो जेठाजुकी बुहारी दिलमाया उनलाई नआत्तिनु भन्दै मनोबल बढाउँछिन्। 

कान्छा ससुरा नरबहादुरलाई घर लैजाने भन्दाभन्दै मनिपालमा सास छोडेको दिलमायाले बिर्सिएकी छैनन्। ‘रोग थाहा भएन। दरबाङ स्वास्थ्य चौकीमा उपचार नभएपछि पोखरा ल्याइयो,’ दिलमायाले दुई वर्ष पुरानो दिन सम्झिइन्, ‘राम्रै बोल्नुभाथ्यो, भोलि घर जाने भन्दाभन्दै अघिल्लो दिन यहीँ बित्नुभयो।’

पोखरामै भएका आफन्तले एकैपटक ८ सन्तान गुमाएकी रास्मतीलाई हार मान्न दिएका छैनन्। अस्पतालमै हात समातेर सम्हालिरहेका छन्। रास्मतीका माइला जेठाजुको परिवार पोखरामै छ। 

गाउँमा पहिरो गएको खबर दिलमायाले फेसबुकबाटै थाहा पाइन्। पछि मुस्ताङमा रहेका श्रीमानबाट खबर आयो- पहिरोमा आफ्नै मान्छे परे।

पोखरा झर्न सुझाव दिँदा कान्छी सासुको परिवार मानेन। अहिले विपत्तिमा उनी आफूले पोखरा झर्न सुझाएको सम्झिन्छिन्। पछुतो भावमा दिलमायाले सुनाइन्, ‘पहिल्यैबाट पोखरा बसम् भनेको। यतै बसेको भए कुनै घटना घट्ने थिएन।’

२७ जनाको मृत्यु, ४ बेपत्ता
                                     रास्मती सिर्पालीकी घाइते साइँली बुहारीलाई उद्धार गरिँदै।

म्याग्दीका विभिन्न ठाउँमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर मृत्यु हुनेमा धवलागिरी गाउँपालिकाका १८, मालिका गाउँपालिकाका ८ र रघुगंगा गाउँपालिकाका एक जना रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। 

पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सात जनाको बेनी अस्पताल र पाँच जनाको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

पहिरो प्रभावित क्षेत्रका झन्डै ८ सय ९० परिवारलाई सुरक्षित स्थानमा सारिएको ढकालले जानकारी दिए। उनले भने, ‘उहाँहरुलाई विद्यालय, आमा समूहको भवनमा राखेका छौं। पहिलो चरणको राहत पनि बाँडिसक्यौं।’ 
              म्याग्दी पहिरोका घाइतेलाई हेलिकोप्टारमार्फत उद्धार गरिँदै


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण