भीड बढेपछि प्रहरीको सचेतना र्‍याली


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


सरकारले जारी गरेको लकडाउन खुकुलो हुँदै जाँदा बजारमा मानिसको चहलपहल बढेसँगै नागरिकलाई सचेत गराउन प्रहरी जुटेको छ।

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस फैलन नदिन सरकारले जारी गरेको लकडाउन खुकुलो हुँदै गएपछि बढ्दो भीडभाडमा नागरिकलाई सचेत गराउन धनगढीमा प्रहरीले सचेतना  र्‍यालीसहितको गतिविधि थालेको हो। 

भीडमा धेरै नागरिकले कोरोना संक्रमणलाई बिर्सेजस्तै गरी काममा लाग्न थालेकाले प्रहरीले सचेतनामूलक कार्यक्रम गरेको कैलालीका प्रहरीका प्रवक्ता प्रतीक विष्टले बताए। 

‘धेरै नागरिकले कोरोना भाइरस र त्यसबाट बच्ने उपायका बारेमा जानकारी प्राप्त गरिसकेका छन्,’ विष्टले भने, ‘कार्यव्यस्तताले कहिलेकाहीं भुलेका हुन्छन्, प्रहरीले नै ती नागरिकलाई सचेत गराउन थालेको छ।’ 

नागरिकलाई सचेत गराउने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय कैललीले धनगढी बजारमा र्यालीसँगै माइकिङ गरेको छ। 

र्र्यालीमा ‘कोरोना संक्रमणबाट बच्न अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क लगाउने, भीडभाडमा नजाने, अर्को मानिसबाट कम्तीमा २ मिटरको दूरीमा बसेर काम गर्ने, पटक-पटक साबुनपानी वा सेनिटाइजरको प्रयोग गरेर हात सफा गर्ने, हाच्छियुँ गर्दा कुहिनोले नाक छोप्ने’, जस्ता सूचनामूलक पम्प्लेट बोक्दै माइकिङ गरिएको थियो। 

जिल्ला प्रहरी कार्यालय कैलालीको गेटबाट सुरु  र्‍याली सहिद गेट चटकपुरमा सकिएको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा…

काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार बिहानदेखि

रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको