माछापालनको ९६ लाखमध्ये ७८ लाख बजेट फ्रिज


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दाङमा माछापोखरी विस्तार, कृषकलाई औजार सहयोग तथा माछापालन व्यवसाय प्रवर्द्धनका लागि विनियाेजित ९६ लाखमध्ये १७ लाख रुपैयाँ मात्रै खर्च भएको छ।

संघीय सरकार र प्रदेश सरकारले विनियाेजन गरेकाे याे बजेटबाट ७८ लाख २४ हजार ३० रुपैयाँ फ्रिज हुने भएकाे हाे।

जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्र यादवले माछापोखरी विस्तार, कृत्रिम जलाशय संरक्षणसँगै माछापालन किसानका लागि गोष्ठी गर्ने समयमा काेराेना संक्रमण देखिएपछि काम गर्न नसकिएकाे बताए। सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेकाे थियाे। 

लकडाउनका कारण करिब दुई महिनासम्म कार्यालय बन्द हुँदा विनियाेजित बजेट खर्च हुन नसकेकाे उनकाे दाबी छ। ९६ लाख बजेटमध्ये माछापोखरी विस्तारका निम्ति भनेर छुट्याइएकाे ३६ लाख ३९ हजार रुपैयाँ फिर्ता भएको छ। १५ हेक्टर नयाँ माछापोखरी विस्तारका लागि आएको ४५ लाख रुपैयाँमध्ये उक्त रकम फिर्ता भएको हाे।  

करिब १२ देखि १३ हेक्टर जमीनमा पोखरी विस्तारका लागि निवेदन परे पनि लकडाउनका कारण काम हुन नसकेकाे उनले बताए।

नयाँ माछापोखरी विस्तारका लागि किसानलाई प्रतिहेक्टर तीन लाख रुपैयाँ दिइन्छ। तर दाङमा आठजना किसानले तीन हेक्टर मात्र पोखरी विस्तार गर्दा साढे ८ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

प्राकृतिक जलाशय संरक्षणका लागि विनियाेजित १५ लाखमध्ये १३ लाख रुपैयाँ फिर्ता गएको छ। 

प्राकृतिक जलाशय संरक्षणतर्फ यो वर्ष देउखुरीमा रहेको चमवोला ताल र घोराही-१२ मा रहेको गुर्जेखोली ताललाई संरक्षण गरेर माछा राख्ने काम गरिएको यादवले बताए। चारवटा प्राकृतिक ताल तथा पोखरी संरक्षणका लागि निवेदन परे पनि दुइटाले मात्र काम गरेका हुन्।

माछापालन किसानका लागि एरियटर वितरण लागि विनियाेजित १२ लाखमध्ये ६ लाख ५४ हजार फ्रिज जाने भएको छ। २० माछापालन किसानलाई पोखरीमा अक्सिजन दिने मेसिन जडान गर्न ५० प्रतिशत अनुदान दिइने भनिएकाे थियाे। तीन किसानले मात्र एरियटर मेसिन लगेका छन्।

माछा पसल सुधारका लागि घोराहीमा रहेको बुटवल माछा पसलले एक लाख ८९ हजार रुपैया मात्र पाएकाे छ। बाँकी ६ लाख १० हजार रुपैयाँ फिर्ता गएको छ।

किसानलाई ५० हजारमा माछाका भुरा वितरण गरिएकाे छ।

मत्स्य विकास अधिकृत यादवका अनुसार विपिन्न वर्गका लागि साना माछापोखरी निर्माणकाे ५ लाख, प्लाष्टिक पोखरी निर्माणकाे ४ लाख, माछा प्रदर्शनीकाे एक लाख, गोष्ठीकाे ५० हजार फ्रिज गएको छ।

दाङ माछामा आत्मनिर्भर जिल्ला हो। माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लामा पछिल्लो समय माछापालन गर्ने व्यवसायी बढ्दै गएका छन्। 

दाङमा ४३.६ हेक्टरमा नयाँ पोखरी तथा ५१ हेक्टरमा प्राकृतिक पोखरी गरी ९४.६ हेक्टरमा जमीनमा माछापालन हुने गरेको छ।  दाङमा माछापालनका ५ सय १ वटा कृत्रिम जलाशय निर्माण गरिएको जनाइएकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण