प्यूठान अस्पतालमा फिजियोथेरापी सेवा सुरु


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


प्यूठानको जिल्ला अस्पतालमा प्रदेश ५ सरकारले फिजिओथेरापी सेवा सुरु गरिएको छ। आइतबार फिजियो थेरापी सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गरेका छन्। यससँगै प्यूठान अस्पताल प्रदेश ५ का १२ वटा जिल्ला अस्पतालमध्ये फिजिओथेरापी सेवा सुरु गर्ने पहिलो अस्पताल बनेको छ।

शुभारम्भ कार्यक्रमका अवसरमा मन्त्री बरालले फिजिओथेरापी सेवाले ग्रामीण क्षेत्रका विरामीका लागि सेवा पुग्ने विश्वास व्यक्त गरे। उनले जिल्ला अस्पताललाई प्रदेश सरकारले ५० सैय्या स्तरोन्नती गरी सुविधा वृद्धि गर्ने बताए। उनले सेवाभावमा समर्पित भई विरामीको सेवा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए।

अस्पतालका मेसु डा. अमृत पन्थीले प्रदेश सरकारको सहयोगमा फिजिओ थेरापी सेवा सुरु गरिएको जानकारी गराए। डा. पन्थीका अनुसार फिजिओ थेरापीमा मुख्यगरी ढाड दुखेको, बाथ र मांशपेशी सम्बन्धी उपचार गरिनेछ। उनले प्रदेशका १२ वटा जिल्ला अस्पतालमध्ये प्यूठान जिल्ला अस्पताल फिजिओथेरापी सेवा सुरु गर्ने पहिलो अस्पताल बनेको बताए।

सेवा सुरु गर्नका लागि प्रदेश सरकारले भवन र उपकरणका लागि सहयोग गरेको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य