नक्कली भाञ्जा बनाएर मिर्गाैला किनबेच- डाक्टर, वडाध्यक्ष र पूर्वप्रहरी पक्राउ 


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


मानव अंग किनबेच गरेको आरोपमा पक्राउ परेका चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक, ललितपुर महानगर ३ का वडाध्यक्षसहित १२ जनालाई प्रहरीले अनुसन्धान म्याद थपका लागि अदालत पेस गरेको छ। 

५५ वर्षे एक पुरुषका लागि नक्कली भान्जा बनाएर ती व्यक्तिको मिर्गौला झिकी प्रत्यारोपण गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूराेकाे टोलीले चितवन र काठमाडौं उपत्यकाबाट उनीहरुलाई पक्रउ गरेको थियो।  

पक्राउ परेका प्रत्यारोपण सर्जन डा. राकेश बर्मा, अस्पतालका सिइओ डा. सुप्रभात श्रेष्ठ, अस्पतालको समितिका संयोजक डा. बालकृष्ण कालाखेतीसहित १२ जना संलग्न रहेको मानव बेचविखन अनुसन्धान ब्यूराेका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

ब्यूराेका अनुसार पक्राउ पर्ने अन्यमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रामचन्द्र ढकाल, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले छन्। 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन र जिल्ला प्रशासन कार्यलय ललितपुरका दुई कर्मचारी छन्। उनीहरूले ललितपुरमा बसेर अंगदाताको नक्कली कागतपत्र तयार पारेका थिए। वास्तविक भान्जा विदेशमा भए पनि कागजपत्र तयार पारी फोटोसमेत टाँसेर दाताबाट मिर्गौला किनबेच गरेका थिए। 

प्रहरीले अंग किनबेचनमा मध्यस्तता गरेको आरोपमा पूर्व प्रहरी नायब उपरीक्षक योगेन्द्र थपलिया, पूर्व प्रहरी हिम प्रसाईं र रेश्मा राईलाई समेत पक्राउ गरी अदालत पेस गरेको छ।

प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालत पुर्याएको र आरोपीका तर्फबाट धेरै अधिवक्ताबाट बहस चलिरहेको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य

बैतडीमा डुंगा पल्टिँदा २ बेपत्ता

धनगढी – बैतडीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका– १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना प्रधान न्यायाधीशहरू भए। एकाध अपवाद बाहेक कुनैपनि पूर्व प्रधानन्यायाधीशहरूको बहिर्गमन