गाँस निल्नै नदिई भतिजले काकाको सास लिए


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


अध्यारो भइसकेको थिएन। ८० वर्षका पीताम्बर सापकोटा खाना खान बसेका थिए। त्यत्तिकैमा छिमेकी नवराज सापकोटा आइपुगे। मुर्मुररिँदै आएका उनको हातमा खुकुरी थियो। 

पीताम्बरले केही बोल्न नपाउँदै नवराजले घाँटीमा खुकुरी हाने। पीताम्बरकी श्रीमतीले गुहार मागिन्। बिलौना सुनेपछि छिमेकी ७७ वर्षे केशवराज सापकोटा आए। 

उनी आउँदासम्म नवराजले पीताम्बरको टाउकोमा तीनपटक खुकुरी हानिसकेका थिए। रिसको झोंकमा रहेका नवराजले केशवलाई पनि त्यत्तिकै छोडेनन्। टाउकोमा खुकुरीले हाने। 

सामान्य विषयमा भएको झगडाले उग्र रुप लिँदा कास्कीको मादी गाउँपालिका–४ का पीताम्बर सापकोटाको ज्यान गयो। केशवराज घाइते भए। अहिले उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

हत्या गरेर गाउँबाट भागेका नवराजलाई प्रहरीले आइतबार बिहान पोखराबाट पक्राउ गरिसकेको छ। कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेठका अनुसार नवराज र पीताम्बर काका-भतिज हुन्। 

‘नातामा दुई जना काका-भतिज पर्ने रहेछन्। बाँदर आएपछि धपाउने विषयमा झगडा सुरु भएको रहेछ,’ एसपी श्रेष्ठले भने।

उनका अनुसार बारीमा बाँदर आएपछि नवराजले धपाउनलाई ढुंगा टिपेका थिए। आफूलाई ढुंगा हान्न लागेको भन्दै पिताम्बर गर्जिए। त्यत्तिकैमा भनाभन भयो। 

नवराजलाई श्रीमतीले तानेर घर लगिन्। पछि पीताम्बरको घरमै पुगेर रिसको झोंकमा उनले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। 

स्थानीयका अनुसार झगडालु स्वभावका नवराजको गाउँलेसँग बेलाबखत वादविवाद परिरहन्थ्यो। प्रहरीका अनुसार नवराज मकवानपुरमा शिक्षकसमेत थिए। 

कसरी भयो झगडा?

प्रहरीका अनुसार पीताम्बर र नवराजबीच बेलाबखत झगडा हुँदै आएको थियो। प्रहरीले बाँदर धपाउने विषयमा शनिबार झगडा सुरु भएको बताए पनि गाई चराएको विषयमा झगडा सुरु भएको स्थानीयले बताएका छन्। 

मादी–४ का वडाध्यक्ष सत्यराज सापकोटाका अनुसार पीताम्बरको बारीमा नवराजको गाई चरेको थियो। आफ्नो बारीमा गाई चराएपछि पीताम्बरले नवराजको परिवारलाई हप्काए। 

‘पीताम्बरले हप्काएकोथाहा पाएर नवराज झोक्किएछन्। झगडा एक्छिनमा सामसुम भएपछि नवराज घर फर्किए,’ वडाध्यक्ष सापकोटाले भने। 

नवराजको पीताम्बरका छोरा रघुसँग पनि झगडा परेको वडाध्यक्ष सापकोटाले बताए। घर फर्किएको २० मिनेटपछि नवराज पुनः खुकुरी लिएर दोस्रोपटक छिमेकी पिताम्बरकहाँ पुगे। 

वडाध्यक्ष सापकोटाले भने, ‘छोरालाई मार्छु भनेर आएका रहेछन्। छोरा चुक्कुल लगाएर कोठामा पसे। त्यसपछि एक्कासि गएर खाना खान बसेका बाउलाई हानेछन्।’

खुकुरी प्रहार गरेको देखेपछि पीताम्बरकी श्रीमतीले गुहार मागिन्। त्यसपछि छिमेकी केशवराज आइपुगे। नवराजले उनलाई पनि तीनपटक टाउकोमा खुकुरीले हाने। त्यत्तिकैमा छोरी आएर बुवालाई घर लगिन्। उनी त्यहाँबाट सिधै घर गए। 

घर पुगेर रगताम्य भएको कपडा फेरेर पोखरातर्फ हानिए। आइतबार बिहान पोखरा आएपछि उनले प्रहरीसामु आत्मसमर्पण गर्ने योजना बनाए। 

‘विजयपुरको बोर्डरतिर आएपछि त्यहाँ स्थानीयलाई उठाएर मोबाइल मागेछन्। आत्मसमर्पण गर्नुबाहेक उपाय छैन भनेपछि प्रहरीलाई फोन गरेर हिजो घटना घटाउने मान्छे समातेका छौं। लिनआउनुस् भनेर प्रहरीलाई खबरे गरेछन्,’ वडाध्यक्ष सापकोटाले भने। 

खबर पाएपछि पुगेको प्रहरी टोलीले नवराजलाई पक्राउ गरेको उनले बताए। प्रहरीले भने पक्राउ परेपछि नवराजले आफू आत्मसमर्पण गर्ने तयारीमा रहेको बताएको जनाएको छ। 

‘मैले आवेगमा आएर हत्या गरेँ। प्रहरीलाई आफै जानकारी गराउने तयारीमा थिएँ,’ नवराजको भनाइ उद्धृत गर्दै कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले भने।

उनलाई प्रहरीले पोखरा–१३ कसेरीबाट पक्राउ गरेको हो। पक्राउ परेका नवराज माथि कर्तव्य ज्यान मुद्धामा कास्की जिल्ला अदालतबाट म्याद थप गरिएको एसपी श्रेष्ठले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण