ककनीमा पार्कदेखि क्यासिनोसम्म चलाउने तयारी, मोडालिटी तय गर्न कार्यदल 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नुवाकोटको ककनीमा सरकारी स्वामित्वमा रहेको सार्वजनिक जग्गामा सरकारले व्यावसायिक उपभोगको नीति लिएको छ। 

काठमाडौं उपत्यकाबाट नजिक रहेको र हिमशृंखलाको दृष्य अवलोकन गर्न पाइने ककनी पर्यटकीय गन्तव्य हो। ककनीमा रहेको सार्वजनिक जग्गा हाल पर्यटन विभाग, तारागाउँ विकास समिति, नेपाल पर्वतारोहण संघ, नेपाल स्काउट र अन्य निकायहरूले प्रयोग गर्दै आएकोमा अब व्यवसायिक प्रयोजनमा समेत लगिने भएको हो। 

सरकारले त्यहाँको सार्वजनिक जग्गाको एकीकृत गुरुयोजना बनाई होटल, सम्मेलन केन्द्र, पर्वतारोहण प्रशिक्षण केन्द्र, स्की खेलका पूर्वाधार, मनोरञ्जन पार्क, क्यासिनो लगायत संरचना बनाएर सञ्चालन गर्ने तयारी गरेको छ।

त्यसका लागि पर्यटन मन्त्रालयले आइतबार सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको छ। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी, तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद नेउपाने सदस्य रहेको कार्यदलले ककनीको सार्वजनिक स्थानको अधिकतम उपयोग र लगानी मोडालिटी तय गर्नेछ।

कार्यदललाई १५ दिनभित्र अवधारणापत्र पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका शाखा अधिकृत कमल भट्टराईले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार मात्र ककनीको अवलोकन गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण