नेपाल पर्यटन बोर्ड पाटा ड्रिम ट्राभल फेस्टिभलमा सहभागी 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा आयोजित अन्तराष्ट्रिय कार्यक्रम ड्रिम टु ट्राभल फेस्टिवलमा उपलब्धीमूलक सहभागिता जनाएको छ। चार हप्तासम्म चल्ने यो एक अनलाइन इभेन्ट हो। 

भिजिट नेपाल कार्यक्रम अन्तर्गत उक्त उत्सवमा बोर्डले नेपाललाई कोरोनापछिको समयमा शरीर, दिमाग र आत्माको पुनरुत्थान र स्वास्थ्यको लागि पर्यटन गन्तव्यको रूपमा प्रदर्शन गरेको छ। भिजिट नेपाल कार्यक्रम जुलाई ६–१० सम्म जारीदेखि रहेको छ।

कार्यक्रमको पहिलो दिनमा बोर्ड प्रबन्धक बिमल कँडेलले नेपाल गन्तव्यको बारेमा प्रस्तुती दिएका थिए। सोही दिन प्रत्यक्ष अनुभव सत्रमा बोर्डले म:म: बनाउने प्रत्यक्ष प्रस्तुती दिएको थियो। एक मास्टर शेफले म:म: पकाउने बिधी प्रदर्शन गरेका थिए।

जुलाई ७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बिबिसी न्यूज फायरसाडमा सहभागी भएका थिए। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय  रेग्मी र नेपाल सरकार, बोर्ड तथा एस समूह होटेलका अन्य अधिकारीहरूले नेपाललाई अध्यात्मिक केन्द्रका रुपमा छलफल र प्रस्तुत गरेका थिए। 

पाटा ड्रिम टु ट्राभलको नलेज सेसनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले आध्यात्मिक पर्यटन सम्बन्धी प्रस्तुति दिएका थिए। प्रस्तुतिले नयाँ समयमा नेपाल केवल भ्रमण गर्ने ठाउँ वा कुनै नियमित पर्यटन गन्तव्य मात्र नभएर पुर्नताजगी र आध्यात्मिक उपचार गर्ने ठाउँ पनि भएको बताएका थिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो