कानुनी रूपमै मिर्गौला प्रत्यारोपण गरेको अस्पतालको दाबी


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


पुरानो मेडिकल कलेज भरतपुरले कानुनी रुपमा नै मिर्गोला प्रत्यारोपण गरेको दावी गरेको छ। नाता प्रमाणित सम्बन्धि स्थानीय तहको सिफारिससहितका कागजातका आधारमा मानव अंगप्रत्यारोपण गरेको मेडिकल कलेजले आज (आइबार) विज्ञप्ती निकालेर दावि गरेको हो।

‘अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधि कलेजकातर्फबाट नभएको हाम्रो ठहर छ। हामीले राज्यका विभिन्न नियकायबाट बनाइने कागजात र सरकारी निकायको कामप्रतिको विश्वासकै आधारमा कलेजले प्रत्यारोपण सम्वन्धी काम गर्दै आएको छ,’पुरानो मेडिकल कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मानव अंगप्रत्यारोपणमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र विशेषज्ञ चिकित्सकलाई स्वतन्त्रता पूर्वक काम गर्ने वातावरण मिलाउन सरकारलाई समेत मेडिकल कलेजले आग्रह गरेको छ।

नेपाल सरकारबाट २०६९ सालमा पहिलोपटक राजधानी बाहिर मिर्गोला प्रत्यारोपण सम्बन्धि मेडिकल कलेजले स्वीकृत पाएको थियो। त्यस यता चार जनाको मिर्गोला प्रत्यारोपण गरेको कलेजले जानकारी दिएको छ। नेपाल सरकारबाट अनुमति प्राप्त गरी मानव शरिरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ र मावन शरिरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ को अधिनमा रहि मानव अंग प्रत्यारोपण निर्देशिकाको निर्देशन अनुसार मानव अंग प्रत्यारोपण गरेको डा. प्रधानले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

मावन अंग प्रत्यारोपणका लागि जिल्ला प्रशासन कार्यालय, कानुनी सल्लाहाकार, अस्पतालका प्रमुख सञ्चालन अधिकृत, अस्पतालका चिकित्सक प्रतिनिधिसहितको प्रत्यारोपण स्वीकृत समिति गठन गरि, अंगग्रहण कर्ता, अंगदानकर्ताको सम्बन्धित स्थानीय निकायबाट नाता प्रमाणित र मन्जुरीनामा जिल्ला प्रशासनकार्यालबाट नागरिकता प्रमाणित गरि सफलता पुर्वक प्रत्यारोपण गरेको अस्पतालको दावि छ।

मिर्गोला पीडित बिरामीको जीवन रक्षाका लागि कुनै पनि लाभ हानीलाई नहेरी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरि प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधारमा प्रत्यारोपण गरेको विज्ञप्तीमा उल्लेख छ।

मानव अंग प्रत्यारोपण सम्बन्धी देशको प्रचलित ऐन र कानुनको आधारमा गरिएको प्रत्यारोपण र त्यस माथि उठेका विभिन्न प्रश्नहरूमा थप अनुसन्धानका लागि यस स्वास्थ्य संस्थाकातर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। विद्यमान कानुनी जटिलताहरू फुकाउन सकेको अवस्थामा मात्रै सुस्त गतिमा रहेको प्रत्यारोपणको अनुपात बढ्ने विश्वास मेडिकल कलेजले लिएको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले गैरकानुनी रुपमा मिर्गोला प्रत्यारोपण गरेकोभन्दै कलेजका चार जना चिकित्सकसहित ६ जनालाई पक्राउ गरी काठमाडौं लगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य