कमिसनको खेल, बोलपत्रको सूचना लुकाएर एउटै व्यक्तिलाई पटक-पटक ठेक्का


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


प्रादेशिक संरचनामा प्रदेशको नीति निर्माण तर्जुमा गर्न प्रदेशसभाको कल्पना गरिएको छ। र, संघीय व्यवस्था लागू भएदेखि प्रदेशसभा कार्यान्वयनमा छ।

लोकतान्त्रिक व्यवस्थामा सरकारलाई जवाफदेही बनाउन र आर्थिक सुशासन कायम गराउन संसद्को महत्पूर्ण योगदान हुन्छ। कानुनका साथै नीति निर्माण गर्न संसदले महत्वपूर्ण भूमिका खेलेका हुन्छ।

प्रदेशभित्र आर्थिक सुशासन कायम गराउने दायित्व र जिम्मेवारी पूरा गर्ने निकाय प्रदेश २ को प्रदेशसभा सचिवालयले गोप्य रूपमा ठेक्का दिने प्रवृत्तिलाई यस वर्ष पनि दोहर्‍याएको पाइएको छ।  

सचिवालयका निमित्त सचिवले गत वर्ष एक करोडको गोप्य ठेक्का दिएका व्यक्तिलाई नै यस वर्ष पनि ३८ लाखभन्दा बढीको ठेक्का दिएको खुलासा भएको छ।प्रदेशसभाले औपचारिकता पूरा गरी बिना प्रतिस्पर्धा २० थान एसी, स्टेशनरीलगायतका सामग्री खरिद गरेको बुझिएको छ।

प्रदेशसभा सचिवालयले १९ लाख ८३ हजार ६ सय मूल्य बराबरको २० थान एसी र १९ लाख ५० हजार मूल्य बराबरको डायरी, जीएसएम पेपरलगायतका स्टेशनरी सामग्री खरिद गर्न जेठ २२ गते स्थानीय एक पत्रिकामा सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो।

अन्य दिन आठ पृष्ठ निस्कने त्यो पत्रिका प्रदेशसभा सचिवालयको विज्ञापन छाप्न १२ पृष्ठ निकालिएको थियो। पत्रिकाले प्रदेशसभाको बोलपत्र पृष्ठ ९ मा छापेको छ।

त्यसमा पनि बजारमा बोलपत्रबिना आठ पृष्ठको पत्रिका वितरण गरिएको थियो भने प्रदेशसभामा सोही दिनको १२ पृष्ठको पत्रिका फेला परेको छ। पत्रिकामा प्रकाशित सूचनाअनुसार गत वर्ष ठेक्का पाएका सर्लाहीका संजय गुप्ता र नागेन्द्र गुप्ताले नै यस वर्षपनि ठेक्का पाएका छन्।

यसअघिपनि प्रदेशसभा परिसरभित्र झण्डै एक करोडको लागतमा गाडी राख्ने ग्यारेज, पीसीसी ढलान र माटो पुर्ने कामको ठेक्कापनि प्रदेशसभा सचिवालयले बजारमा आउँदै नआउने पत्रिकामा छाप्न लगाएर तिनै व्यक्तिहरुलाई गोप्य रुपमा दिएको थियो।

कमिसनको चक्करमा नजिकको व्यक्तिलाई ठेक्का दिन यसरी गोप्य तरिकाले बोलपत्र आव्हान गरिएको प्रदेशसभा सचिवालय स्रोत बताउँछ।

‘गत वर्ष बजारमा आउँदै नआउने पत्रिकामा बोलपत्र छाप्न लगाएर नजिकका मानिसलाई ठेक्का दिइएको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आयो,’ स्रोत भन्छ, ‘गत वर्ष सञ्चारमाध्यमहरुमा समाचार आइसकेपछि यस वर्ष बजारमा आउने पत्रिकामा बोलपत्र छाप्न लगाइएको छ। तर, पृष्ठ थपेर ।’

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जीत यादव भने ठेक्का प्रक्रियामा भने कुनै अनियमितता नभएको दाबी गर्छन्। ‘टेन्डर प्रक्रियामा केही गलत भएको छैन्,’ उनले भने, ‘प्रतिस्पर्धामा आउने व्यक्तिले ठेक्का पाएको हो। कुनै अनियमितता भएको छैन।’

प्रदेशसभामा २२ महिनाअघि दर्ता भएको प्रदेशसभा सञ्चालन विधेयक हालसम्म पारित नहुँदा सचिव स्तरको कर्मचारी नियुक्त हुनसकेको छैन। सचिव स्तरको कर्मचारी नियुक्त नहुँदा प्रदेशसभा सचिवालय निमित्त सचिवको भरमा सञ्चालन भइरहेको छ। 

प्रदेशसभा सचिवालयको काम कारबाही सञ्चालन र व्यवस्थापनका लागि २०७५ साल भदौ १८ गते विधेयक दर्ता भएको थियो। सभामुख सरोजकुमार यादव नजिक मानिने निमित्त सचिव यादवकै कारण प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव नियुक्त गर्ने विधेयक पारित हुननसकेको बताइएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव सबै काम टेन्डर प्रक्रियामार्फत पारदर्शी तरिकाले हुने गरेको बताउँछन्।

‘निर्माणदेखि अन्य सबै कामहरु टेन्डर प्रक्रियामार्फत भइरहेको छ,’ उनले भने, ‘तर, लेखा समिति भइदिँदा थप पारदर्शिता र जबाफदेहिता हुने छ।’  नेकपाको भागमा परेको लेखा समितिले चाँडै पूर्णता पाएर काम थाल्नुपर्ने उनको भनाइ छ।

प्रदेश २ मा अन्य संसदीय समितिहरु बनेपनि नेकपाको आन्तरिक किचलोको कारण लेखा समितिले पूर्णता पाउन सकेको छैन। अध्यक्ष पदका लागि आन्तरिक विवाद भएपछि प्रदेशसभाको लेखा समिति कार्यान्वयनमा आउन नसकेको हो।

नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्मा झण्डै दुई वर्षदेखि थन्किएर बसेको प्रदेशसभा सचिवालयको काम कारबाही सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक पारित गराउन जोड दिएका छन्।

अहिले महत्वपूर्ण विधेयकहरुमाथि छलफल चलिरहेकोले प्रदेशसभा सचिवालयको काम कारबाही सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयकतर्फ आफूहरुको ध्यान नपुगेको उनले बताए।

विधेयक पारित भए सचिवालय थप पारदर्शी हिसाबले चल्ने विश्वकर्मा बताउँछन्। आफूसँग सम्बन्धित रहेकोले सचिवालय स्वयंले विधेयक ल्याउनतर्फ ध्यान  पुर्‍याउनुपर्ने उनको भनाइ छ।

विधेयक पारित भएपछि उपसचिव यादवका स्थानमा सचिवको नियुक्ति हुन्छ। चौथो अधिवेशन सुरु भए यता सातवटा विधेयक पारित भइसकेपनि झण्डै दुई वर्षअघि दर्ता भएको प्रदेशसभा सचिवालय सञ्चालन विधेयक अड्काएर राखिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण