साउनदेखि नै ‘क्लिन फिड’ लागू गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र 


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


तत्काल क्लिन फिड नीति लागू गर्न माग गर्दै विभिन्न चार संस्थाले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन्।

मन्त्रीपरिषद्ले ०७३ साउन ७  नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो।  कार्यान्वयन भएको छैन। 

नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, नेपाल विज्ञापन संघका अध्यक्ष, रबीन्द्रकुमार रिजाल (शशी), ब्रोडकाष्टिंग एशोशिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपाने र सामुदायिक रेडियो प्रसारक संघ (एक्युर्यावका अध्यक्ष सुवास खतिवडाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्।

यसअघि आगामी कात्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फीड नीतिलाई अब साउन १ गतेदेखि नै लागु गर्नु माग गरिएको छ। 

यो नीति लागू भएमा स्वदेशी उत्पादन र उद्योगलाई समेत  सहयोग र विस्तारका लागि प्रवद्र्धनन गर्न यी संघसंस्थाको माग छ।
 
‘विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टीभी च्यानल पूर्णरुपमा विज्ञापन रहित हुनु पर्दछ भन्ने नै हो। विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम (केवल, डिटिएच, इन्टरनेट, समामिजक सञ्जाल, युट्युव लगायत डिजिटल प्यलटफर्म) भन्ने पनि स्पष्ट गरिनु पर्दछ,’  ज्ञापनपत्रमा भनिएको छ।

नेपालले आफ्नो परिमार्जित नक्सा जारी गरेपछि केही भारतीय सञ्चार माध्यमबाट नेपाल, प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर कपोलकल्पित, सामग्री सम्प्रेशण भयो।

‘अहिले अझ बिदेशी राजदुतसँग नेपाली नेताहरुलाई समेत जोडेर एकदम तल्लो स्तरको टिप्पणी पनि गर्न थालेका छन्। यस्ता घटनाप्रति हामी घोर भत्र्सना गर्दै खेद प्रकट गर्दछौं। भारतीय मिडियाहरुको नेपालप्रतिको रबैयाले एकातिर पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता, अभ्यास र सामान्य सिद्धान्तको खिल्ली उडाएको छ, भने अर्कोतिर भारतीय मिडियाले आफैलाई नंग्याएको छ,’ विज्ञप्तिमा भनिएको छ। 



प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य