बैठक स्थगित गरेर नेकपा शीर्ष नेताहरू ‘गुट’ बलियो पार्न व्यस्त


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको चार दिन पुगेको छ।

यसबीचमा नेताहरू काठमाडौं छोडेर जिल्ला जान थालेका छन्। वर्षा र बाढीपहिरो बढेपछि स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको थियो।

बैठक स्थगित हुनुपूर्व प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक छलफलमा जुटेका थिए। दुई शीर्ष नेता छलफलमै रहँदा मुलुकभर वर्षा सुरू भयो।

वर्षापछि बाढीपहिरो बढेकाले राहत, उद्धारको स्थिति बुझ्न दाहाल चितवन हिँडेका छन्। दाहाल शनिबार चितवन पुगे। उनका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार आफ्नो चुनावी क्षेत्रमा बाढीपहिरो, राहत र उद्धारको अवस्थाबारे बुझ्न दाहाल चितवन गएका हुन्।

उनी चितवनमा दुई दिन बसेका छन्। उनी सोमबार फर्किँदैछन्।

प्रधानमन्त्री ओली आफूनिकट नेताहरूसँग परामर्शमा छन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रम र स्थायी समितिमा आफ्नो राजीनामा मागिएको विषयमा उनी नेताहरूसँग छलफलमा छन्।

नेकपाका अनुसार देशमा प्राकृतिक विपत्तिका बेला नेताहरू जाने, पार्टीको तल्लो तहले सरकारले गरिरहेका कामकारबाहीमा सहयोग गर्ने, उद्धार तथा राहतमा सहयोग गर्ने चलन छ। त्यहीकारण पनि बैठकलाई पर सारिएको नेकपाको भनाइ छ।

‘पार्टीको तल्लो तहले राहत तथा उद्धारका काममा सरकारी संयन्त्रलाई पहिलेदेखि नै सहयोग पुर्‍याइरहेको छन्, त्यही कार्यलाई निरन्तरता दिने क्रममा शीर्ष नेताहरू पनि जिल्लामा जाने भएकाले बैठकलाई स्थगित गरिएको हो,’ महासचिव विष्णु पौडेलले भने।

दाहालले बाढीपहिरो बढेपछि विज्ञप्ति जारी गरी पार्टीका सबै कमिटीहरूलाई राहत तथा उद्धारमा सक्रिय हुन अनुरोध गरेका थिए।

तर, अन्य वरिष्ठ नेताहरू भने काठमाडौंमै छन्। उनीहरू आन्तरिक छलफलमा रहेको बुझिएको छ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल कतै गएका छैनन्, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरू बाहिर गएका छैनन्।

पौडेलका अनुसार खासमा विपद व्यवस्थापन, राहत तथा उद्धारमा तल्लो कमिटीलाई सक्रिय गराइने गरिएको छ। आपतकालीन अवस्था आएमात्रै नेताहरू जिल्ला जान्छन्।

सभामुख अग्नि सापकोटा भोटेकोसीले बितण्डा मच्चाउँदा सिन्धुपाल्चोक पुगेका थिए। उनी त्यहाँ अझै पनि सक्रिय रूपमै लागेका छन्।

संसदको बर्खे अधिवेशन अन्त्य भएपछि उनी फुर्सदमा छन्। यता, दाहाल भने स्थायी समिति बैठक स्थगन भएपछि चितवन पुगेका हुन्।

बैठक स्थगन गर्नुलाई ओली-दाहाल पक्षबीच जारी संवादको निष्कर्षहीन पक्षबाट पनि हेर्ने गरिएको छ। ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा नदिने अडान दाहालसँग राख्दै आएका छन्।

ओली सकभर यही अवस्थामा रहने, अन्यथा पार्टी विभाजन गरेरै भए पनि अगाडि बढ्ने रणनीतिमा पुगेको नेपाल पक्षको आरोप छ।

प्रधानमन्त्री ओली बैठक सरेपछि सरकारी काममा लागेको देखिन्छ। उनले शुक्रबार देशबासीलाई सम्बोधन गरेका थिए।

उपाध्यक्ष वामदेव गौतम भने अहिले संवाद जारी रहेको र षडयन्त्र पनि भइरहेको बताउँछन्।

‘संवाद भइरहेको छ, सबै पक्ष संवादमै छन्, र षडयन्त्र पनि भइरहेको छ,’ उनले भने, ‘भित्र-भित्र सबै नेता आ-आफ्नो गुट बलियो बनाउन लागिरहेका छन्, माधव, प्रचण्ड, झलनाथ, वामदेव, सबै आ-आफ्नो गुट बलियो बनाउन लागेका छन्, यही हो षडयन्त्र।’

दुबै पक्षका नेताहरू अहिले आन्तरिक परामर्शमा रहेको एक नेताले बताए। आफ्नो समूह बलियो बनाएर बैठकमा प्रस्तुत हुने रणनीतिको रुपमा नेताहरू छलफलमा रहेको ती नेताले बताए।  

दाहाल-नेपाल पक्षलाई पार्टी ऐतिहासिक रुपमा गठन भएको मुलुककै ठूलो कम्युनिस्ट पार्टीलाई एकतामै राख्ने चुनौती छ। दोस्रो पुस्ताका नेताहरूले नेकपालाई फुटबाट जोगाउन दबाब दिइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका