सीतापाइला दम्पती हत्या : घाइते भनेर छोडेका विलभको सहायताले १४ वर्षपछि अभियुक्त पक्राउ


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


२०६३ साल पुस २० गते। काठमाडौंमा चिसो बेस्सरी बढेको थियो।

विलभ सुवेदी त्यसबेला १५ वर्षका मात्र थिए।

राति साढे ७ बजे। कसैले ढोका ढकढक पार्‍यो।

कसैलाई आपत् पर्‍यो कि भनेर विलभकी आमा ४४ वर्षीया सानु सुवेदी बाहिर निस्केकी थिइन्।  

ढोकाबाट राम्रोसँग निस्किन नपाउँदै दुई जनाले टाउकोमा खुकुरी प्रहार गरे।

सानु ढलेको चाल पाएपछि श्रीमान ३५ वर्षीय नातीकाजी पनि बाहिर निस्किए, उनीमाथि पनि खुकुरी प्रहार भयो। जथाभावी खुकुरी प्रहार भएपछि उनी पनि ढले।

कसो बुवा-आमालाई बचाउन सकिन्छ कि भनेर विलभ बाहिर निस्किए। उनीमाथि पनि खुकुरी प्रहार भयो।

उनको पेट वारपार खुकुरी घोपेर अपराधी भागे।

अपराधीले सोचे होलान्- विलभ पनि मारिए।

तर, घटनास्थलमा प्रहरी पुग्दा विलभ जिउँदै थिए। प्रहरीले उनलाई वीर अस्पताल लग्यो।

वीरको सघन उपचार कक्षमा १३ दिन राखेपछि विलभलाई केही सञ्चो भयो।

विलभका अनुसार त्यो अपराध गर्ने व्यक्ति उनका बाबु नातीकाजीले आफ्नो काठमिलमा राखेका कर्मचारी थिए – सर्लाहीका जेके भनिने जयकिशोर साह र धनगढीका प्रताप राना।

नातीकाजीको सीतापाइलामा कान्तिपुर काठ मिल थियो। साह, राना र नातीकाजीबीच भनाभन चलिरहन्थ्यो। काम नगरेको भनी नातीकाजी दुवैलाई हप्काउने गर्थे।

‘त्यही हप्कीदप्कीको इबीका कारण अभियुक्तहरू हत्या गर्ने मनस्थितिमा पुगेको देखिन्छ,’ केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे भन्छन्।

कर्मचारीको हुलिया (तस्बिर) थिएन। विलभ नै यो घटनाका प्रत्यक्षदर्शी थिए। बुवाको मिलमा काम गर्ने मान्छे चिन्थे। त्यसबाहेक अपराधीसम्म पुग्ने आधार केही पनि भेटिएको थिएन।

तर, यतिका वर्ष अनुसन्धान ब्युरोले दुवै जनालाई कानुनी दायरामा ल्याउन सकेको थिएन।  

आइतबार ती दुइमध्ये एक किशोर साहलाई ब्युरोले बाँकेबाट समात्यो। भारतीय प्रहरीको समन्वयमा प्रहरीले साहलाई समातेको थियो। भारतीय प्रहरीले साहलाई बाँकेसम्म ल्याइदिएको थियो।

सोमबार तिनै साहलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विलभ पनि थिए।

‘लामो समयको प्रयासपछि अपराधी पक्राउ पर्दा न्याय भएको अनुभूति भयो,’ विलभले आँसु टिल्पिलाउँदै भने, ‘ब्यूरोलाई म धन्यवाद दिन चाहन्छु।’

प्रहरीले साहलाई पक्राउ गर्दा विलभको भरपुर सहयोग लिएको थियो। विलभबाहेक अरूले नचिन्ने भएकाले र घटना पुरानो भएकाले मान्छे चिन्न निकै मुस्किल थियो।

‘उनै विलभलाई फोटो देखाएपछि अपराधी यकिन भयो,’ पाण्डेले भने। 

मृतक दम्पत्तीका छाेरा विलभ
हत्या गरिएका दम्पतीका छाेरा विलभ। 

ब्युरोका अनुसार साह भारत लखनउमा बस्थे। उनले भारतमा बसेर लामो समयदेखि आधारकार्ड नै लिएको देखिएको छ। साहले जय शर्माको नाममा भारतीय आधारकार्ड, बैंक एटिएमलगायत बनाएको देखिएको छ।

‘विलभ सुवेदीसँगको निरन्तर सम्पर्क, सूचनाको सहयोग समेतका आधारमा अन्तर्राष्ट्रियस्तरमा समन्वय गरी सुराकी परिचालन, हुलिया सनाखत गरेर अन्नत: अभियुक्त पक्राउ गर्न सक्यौं,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुल थापाले भने।

साह पक्राउ परेपछि अर्का अभियुक्त खोज्न सजिलो भएको थापाले बताए। साहलाई काठमाडौं जिल्ला अदालतमा थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।

यो घटनापछि विलभ लामो समय विक्षिप्त भए। उनीहरूको पुर्ख्यौली घर मोरङ डाँगीहाट हो। बाबु-आमाको हत्यापछि सीतापाइलामा केही वर्ष मोरङबाट हजुरबुवा-हजुरआमा आए। पहिलेको घर बेचेर सीतापाइलाकै अर्को ठाउँमा नयाँ घर किने।

‘तर, हजुरबुवा-हजुरआमा तीन वर्ष पछिदेखि बस्न मान्नुभएन,’ विलभले भने, ‘सानो भाइ लिएर म आफ्नै तरिकाले बसिरहेँ, सँगसँगै अपराधी खोज्न प्रहरीलाई सहयोग गरिरहेँ।’  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण