बाढी-पहिराेपीडितलाई राहतको व्यवस्था मिलाउने मन्त्रिपरिषद्काे निर्णय 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


सरकारले केही दिनदेखिको अविरल वर्षाबाट सिर्जित बाढीपहिरो र डुबानबाट प्रभावित नागरिकलाई आवश्यक राहतको व्यवस्था मिलाउने र समन्वय गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै निकाय तथा जनशक्ति परिचालन गरी अत्यावश्यक राहतका कार्य तदारुकताका साथ सञ्चालन गर्ने निर्णय गरेको हो।  

घाइतेको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने, उपचारमा कुनै कमीकमजोरी हुन नदिने, घाइते भइ अपांगता भएका तथा अशक्त र मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

‘प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीहरूको टोली तुरुन्त परिचालन गर्ने, विपद प्रभावित क्षेत्रमा यातायात, विद्युत, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवाहरू सुचारु बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायहरूले पूर्ण सतर्कता अपनाउने र आवश्यक कदम चाल्ने,’ मन्त्रिपरिषदको निर्णय छ।

सरकारले यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरूले समन्वय गरी आवश्यक र सम्भव कदम चाल्ने निर्णय गरेको छ। 

उद्धार, राहत लगायतका कार्यहरूमा आवश्यक सहयोग पु-याउने जनप्रतिनिधिहरूलाई आग्रह गर्ने निर्णय पनि सरकारले गरेको छ। 

देशका विभिन्न स्थानमा बाढी पहिरोले ५१ जनाको मृत्यु भइसकेको छ। गृहमन्त्रालयको रेकर्ड अनुसार ३१ जना बेपत्ता भएका छन्।

२८ जना घाइते हुँदा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएका छन्। ठूलो मात्रामा आर्थिक क्षति भएको गृह मन्त्रालयले उल्लेख गरेको छ।

बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति, यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको उल्लेख गरिएको छ। 
अविरल वर्षा जारी रहँदा सिन्धुपाल्चोक, तनहुँ, म्याग्दी लगायत देशभरि नै बाढी, पहिरो र डुबानमा परेका छन्।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा…

काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार बिहानदेखि

रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको