राज्यले नसम्झिएको, श्रष्टाले सम्झिरहने भानु


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


भानुभक्त आचार्य आदिकवि मात्र होइनन्, उनी नेपाली साहित्यको उँचो शिर हुन्। नेपाली भाषाको एक सिंगो युग हुन्।

पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेर नेपाल बनाए। भानुले भाषा, साहित्य र संस्कृति एकीकरण गरेर भाषिक रुपमा नेपालीलाई सिंगो मालामा गुथे।

त्यसैले त उनी अहिले पनि प्रत्यक नेपालीको मनमा बस्न सफल छन्।

आज साहित्यका तिनै आचार्यको २०७औं जन्मजयन्ती हो। उनको जन्मजयन्ति विश्वभर छरिएर रहेका नेपालीले मनाउने गर्छन्।

सरकारी स्तरबाट औपचारितामा सिमित हुने भानुजयन्ती निजी  स्तर र विभिन्न श्रष्टाहरूले भने उत्सवकै रुपमा मनाउने गर्छन्।

तर, यसपटक भने कोरोना कहरले भानुजयन्ती उल्लासका साथ मनाउन नपाइएको साहित्यकारको भनाई छ।

साहित्यकार महेश प्रसाईंले यसपटक कुनै औपचारिक कार्यक्रम नगरे पनि हृदयबाट नै सम्झिरहेको बताए।

उनले सरल नेपाली भाषामा रामको जीवन गाथा ‘रामायण’को भावानुवाद गरेर नेपाली जनतालाई ठूलो गुन लगाएको बताए। 

भानु वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका हुन्। भानुलाई 'जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ' भनेर

अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्।  

'हामीले भानुसँगै मोतिलाई पनि सम्झिनुपर्छ। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन भानुले महत्वपूर्ण भूमिका खेल्नु भयो',  उनले भने, 'उनको योगदानको चर्चा गर्न मोतिराम भट्टको पनि त्यत्तिकै महत्व छ।'

यस पटक भानुको योगदान चर्चा सामाजिक सञ्जालबाट गरिरहेको उनले बताए। सरकारले भानुजयन्तीमा छुट्टि कटौति गरेकोमा भने कुनै पनि साहित्यकारको चित्त नबुझेको बताए।

'भाषाकै आधारमा राजनीति हुने हो। भूगोल हुने हो। समग्र चिज हुने हो',  उनले भने, 'हाम्रो साहित्य, ज्ञान, दर्शन सबै भाषा बिना अधुरो हुने हो। त्यो भाषा प्रवर्द्धन गर्ने भानुभक्तको राज्यले उचित सम्मान गर्न सकेको छैन।'

नश्लीय र जातियताको कुरालाई हेरेर भानुको योगदानलाई राज्यले अपमान गरेको साहित्यकारहरूलाई अनुभुति भइरहेको उनले बताए। विसंगतिमा रुमलिएको र दलभन्दा माथि उठ्न नसकेको नेपाली राजनीतिबाट धेरै आशा गर्न नसकिने प्रसाईंले बताए।

दार्जिलिङ, असाम, सिक्किमलगायतका ठाउँमा भानुजयन्तीलाई पर्वकै रुपमा मनाइने भए पनि नेपालमा त्यसो हुन नसक्नु दुखद् रहेको उनले बताए। 

सरकारमा राष्ट्रिय भावना नबढ्दासम्म राष्ट्रिय एकता अन्यौलमा रहने उनको भनाई छ। उनले राज्यले नसम्झे पनि साहित्यकार बाँचुन्जेल भानुको योगदान नमर्ने बताए।

कवि नवराज लम्सालले पनि भानुलाई बोक्राको रुपमा मात्र बुझिएको तर्क गर्छन्। गुदिको रुपमा नबुझ्दासम्म भानुप्रतिको सच्चा सम्मान नहुने उनको भनाई छ।

'त्यो गुदी भनेको समवेदना हो। नेपाली समाजलाई जोड्ने समवेदना, मानवतालाई जोड्ने सम्वेदना हो। मानवताको समवेदना र नेपाली समाजलाई जोड्ने भावनाको समवेदनाको रुपमा म भानुलाई लिन्छु,' कवि लम्सालले भने।

उनी भानुलाई अहिले एउटा भाषिक एकताको नायकका रुपमा सम्झिनेभन्दा पनि राजनीतिक रुपमा सम्झिन थालेको बताए। भानुलाई भानुको युगको सापेक्षतामाभन्दा वर्तमानको सापेक्षतामा हेर्ने प्रवृत्तिले पनि उनको योगदान ओझेलमा पर्दै गएको लम्सालको गुनासो छ। 

'भानुलाई मानवीय मूल्यको कोणभन्दा पनि राजनीतिक कोणबाट हेर्न थालिएको छ। जुन निकै गलत छ', उनले भने, 'जति जतिपछि हुँदै गयो त्यति भानुको सम्मान हुँदै जानुपर्नेमा भानुको त्यत्ति नै आलोचना र गाली गर्न थालिएको छ।'

उनी राज्यसँग साहित्यिक समवेदना नै नभएको ठान्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको