बैकिङ कारोबार बहिष्कार गर्दै व्यापारी आन्दोलनमा


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


कर्णालीका व्यापारीहरूले बैकिङ कारोबार बहिष्कार गर्न थालेका छन्। सोमबारदेखि संयुक्त आन्दोलनको घोषणा गर्दै व्यापारीहरूले बैकिङ कारोबार बहिष्कार गर्ने बताएका हुन्।

सोमबार सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा वीरेन्द्रनगर बजार बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथामका लागि भएको लकडाउनले आफूहरूमा आर्थिक जोखिम बढाएको भन्दै व्यापारीहरूले बजार बन्द गरेका हुन्। 

लकडाउनमा सरकारलाई साथ दिँदादिँदै पनि सरकारले व्यवसायीको धैर्य र सहनशीलतालाई नजर अन्दाज गरेकाले संयुक्त आन्दोलनको घोषणा गरिएको व्यापारीको भनाइ छ। 

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कोभिड–१९ ले गर्दा थला परेका व्यवसायीलाई विभिन्न बैंकबाट ब्याज तिर्न आइरहेका दबाबहरूले तनाव दिएको जनाए। 

उनले भने, ‘हामीले ब्याज नै नतिर्ने भनेका हैनौं तर समयसाक्षेप चल्न अनुरोध गरेका हौं। यखि सरकारले हाम्रो आग्रह सुनेन भने कडाभन्दा कडा आन्दोलन गरेर घुँडा टेकाउन बाध्य बनाउने छौं।’

पसलहरू बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतस्थित बैंकहरूमा बैंकिङ्ग कारोबार बहिष्कार गरिएको ब्यानरसमेत टाँसेका छन्।

त्यस्तै देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले थलिएको यातायात व्यावसायीहरू बैंकबाट आइरहेका फोनबाट मर्नु न बाँच्नुको दोधारमा परेको बताए। यस्तै अवस्था रहिरहेमा गाडीको चाबी सरकारलाई बुझाउनु बाहेकको विकल्प नरहेको उनको भनाइ थियो।

होटल व्यावसायी महासंघका केन्द्रीय सदस्य जनक सिंह ठकुरीले हालको संक्रमणकालीन अवस्थामा सबैभन्दा होटल व्यवसायी मारमा परेको बताउँदै सरकारले व्यापारीको लगानी सुरक्षित गर्नेतर्फ कदम चाल्नुपर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य