भारतीय बाँधले नेपाली भूमि डुबानमाः गृहमन्त्री थापा


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


गृहमन्त्री रामबहादुर थापाले सीमावर्ती क्षेत्र भारतीय पक्षले बाँध बनाएका कारण नेपाली भूमि डुबानमा परिरहेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सोमबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले भारतकै कारण तराई मधेसको नेपाली भूमि डुबानमा परेको बताएका हुन्।

समिति सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य डिला पन्त संग्रौलासहितका नेताहरूले भारतीय पक्षसँग वार्ता गर्न ढिलाइ हुनुको कारण सोधेपछि गृहमन्त्री थापाले नेपालको भूमि डुबानको कारक भारत रहेको बताएका हुन्।

‘भारतीय पक्षले निर्माण गरेको बाँध र बाटोले नेपाली भूभाग डुबानमा गरिरहेको छ, नेपालको भूमि डुबान भारतीय हस्तक्षेपबाट भएको हो,’ थापाले सांसदहरूको प्रश्नको जवाफमा भने।

गृहमन्त्री थापाले सरकारका तर्फबाट विभिन्न चरणमा नेपाली भूमि डुबानका सन्दर्भमा संवाद र समाधानको पहल भइरहेको दाबी गरे। तर, संवाद सार्थक हुन नसकेको उनले स्वीकार गरे।

विभिन्न समयमा नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइएको र अध्ययनका लागि कार्यदल निर्माण गरिएको जानकारी गृहमन्त्री थापाले दिए।

भारतीय पक्षले यस विषयमा चासो देखिएजस्तो गरे पनि समस्या समाधान गर्न तदारुकता नदेखाएको बताए। ‘सहमति, समझदारी भए, तर कार्यान्वयन भएन,’ उनले भने।

बैठकमा डिला पन्त संग्रौलाले भारतीय पक्षले निर्माण गरेको सडकका कारण नेपाली भूमि डुवानमा परेको बताउँदै वार्ताको पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

कांग्रेसका सांसदहरू देवेन्द्रराज कँडेल, दिलेन्द्रप्रसाद बडु, समाजवादी पार्टीका रामसहायप्रसाद यादव तथा नेकपा सांसद पम्फा भुसाल, यशोदा सुवेदी गुरुङले बाढी पहिरोको प्रकोपबाट प्रभावित नागरिकलाई राहत, उद्धार र पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा