कास्की फुटबल संघमाथिको छानबिन, ‘अपारदर्शी संस्थालाई नवीकरण’


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जिल्ला फुटबल संघ कास्कीमाथि छानबिन गर्न पोखरा आएको समितिले ११ दिन लगाएर प्रतिवेदन तयार पारेको छ।

विभिन्न प्रतियोगिताको हिसाबकिताबबारे छानबिन थालेको अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको टोलीले केही दिनमै उक्त प्रतिवेदन केन्द्रीय समितिलाई बुझाउने छ। 

पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका संयोजक खड्काले आफूहरूको छानबिनमा शंका गर्ने ठाउँ नभएको दाबी गरे। 

उनले भने, ‘कास्की जिल्ला फुटबल संघबारे जुन विषय उठेको छ। उजुरी परेको छ, त्यसमा हामीले इमान्दारिताका साथ छानबिन गरेका छौं,’ उनले थपे, ‘कसैको दबाब, प्रभाव र लोभमा फसेका छैनौं। कसैलाई च्याप्नुपर्ने, बचाउनुपर्ने र डुबाउनुपर्ने अवस्था छैन।’ प्रतिवेदनमा कति बुँदा समेटिएको छ भन्ने छानबिन समितिले खुलाएको छैन। 

कास्कीका अध्यक्ष मिलन गुरुङविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेपछि छानबिन हुनुपर्ने आवाज उठ्दै आएको थियो। विवाद पेचिलो बन्दै गएपछि एन्फा केन्द्रको असार २ गते बसेको बैठकले विभिन्न ६ विषयमा छानबिन गर्ने गरी उपाध्यक्ष खड्का संयोजक रहेको तीन सदस्यीय समिति बनाएको थियो। 

समितिका सदस्यमा विष्णुप्रसाद पराजुली (अडिटर) र एन्फा कास्कीका पूर्व अध्यक्ष आनन्द रन्जित छन्। समितिले २०७५ सालमा आयोजित मनकामना कप, जिल्लास्तरीय लिग फुटबल, प्रदेश र जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगितालगायतको आर्थिक कारोबारबारे छानबिन गरेको हो।

संयोजक खड्काले अनियमियता भएकोतर्फ पनि संकेत गरे। उनले भने, ‘यहाँ सही काम भएको भए छानबिन गर्नुपर्ने आवश्यकता नै थिएन। यहाँ अनियमितता भयो, घोटाला भयो भनेर उजुरी परेपछि त हामी आएका हौं।’

छानबिन समिति संयोजक खड्काले केन्द्रमा प्रतिवेदन बुझाइसकेपछि अनियमितता भए÷नभएको विषय बाहिर आउने बताए। प्रतिवेदन बुझाएको १५ दिनभित्र सबै बिल साधारणसभाबाट पास गराएर सार्वजनिक गर्न जिल्ला फुटबल संघलाई भनिएको उनले बताए। 

छानबिन गर्न बनाइएको यो पहिलो समिति भने होइन। यसअघि पनि एन्फाले केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो। श्रेष्ठले राजीनामा दिएपछि छानबिन अघि बढेका थिएन। 
एन्फा केन्द्रको पनि गल्ती 

जिल्ला फुटबल संघ कास्कीको अनियमितता छानबिन गर्न पोखरा आएको समितिले केन्द्रले पनि गल्ती गरेको औंल्याएको छ। वार्षिक लेखा परीक्षण नगरेको संस्थालाई नवीकरण गरेको पाइएको समितिका सदस्य विष्णुप्रसाद पराजुलीले बताए। 

कुनै कार्यक्रम गरेको एक महिनाभित्र आयव्यय सार्वजनिक गर्नुपर्ने भए पनि एन्फा कास्कीमा आम्दानी÷खर्च अपारदर्शी देखिन्छ। 

‘नियमपूर्वक भए÷नभएको हामीले प्वाइन्टआउट मात्रै गर्दिने हो। कुनै कार्यक्रम गरेको एक महिनाभित्र आयव्यय सार्वजनिक गर्नुपर्ने भए पनि संस्थाले त्यो गरेको छैन,’ सदस्य पराजुलीले भने, ‘वार्षिक लेखा परीक्षण नगरेको संस्थालाई एन्फाले नवीकरण गर्न नहुने थियो, त्यो पनि गरेछ।’

मनकामना कपमा २९ लाख नोक्सान 

मनकामना कपको छैटौं संस्करणमा २९ लाख १७ हजार नोक्सान भएको पाइएको छ। जिल्ला फुटबल संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त प्रतियोगिता नियमित भएको छैन। पछिल्लोपटक २०७५ सालमा भएको प्रतियोगितामा झन्डै ९२ लाख खर्च भएको छानबिन समितिले जनाएको छ। 

प्रतियोगिता सञ्चालन गर्न ९२ लाख ९८ हजार एक सय ६४ रुपैयाँ खर्च भएको समिति संयोजक खड्काले जानकारी दिए। त्यसमा संघको आम्दानी ६३ लाख ८० हजार ८ सय रुपैयाँ छ। 

विभिन्न ३७ व्यक्ति र संघसंस्थालाई एन्फा कास्कीले पैसा तिर्न बाँकी छ। संघले २४ लाख ९८ हजार ९ सय रुपैयाँ तिर्न बाँकी रहेको संयोजक खड्काले जानकारी दिए। 

कास्कीले सञ्चालन गरेको जिल्लास्तरीय लिग फुटबलको रकम विजेताले पाइसकेका छैनन्। ‘जिल्ला कपको पैसा १५ दिनभित्र तिर्न भनेका छौं। रेफ्री, विजेता र उपविजेताको पैसा बाँकी छ। रेफ्रीलाई साउन १ गतेभित्र दिन्छु भन्नुभएको छ,’ समिति संयोजक खड्काले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु

आजको मौसम : बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको