साझा मेरा लागि साँघुरो भयो : मुमाराम खनाल


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


रविन्द्र मिश्र नेतृत्वमा रहेको साझा पार्टीबाट केन्द्रीय सदस्य तथा प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले राजीनामा दिए। 

पार्टीका सबै जिम्मेवारीबाट अलग रहने गरी उनीहरूले पार्टीलाई राजीनामा बुझाएका थिए। 

पार्टीले उनीहरूको राजीनामा स्वीकृत गरेसँगै उनीहरू औपचारिक रूपमै पार्टीबाट बाहिरिएका छन्। 

नयाँ शक्तिको ‘धक्कु’ लगाउँदै उदाए पनि साझाका दिन सुखद् भने कहिले बितेनन्। सुरुवाती दिनमा चर्चा कमाएको साझा विवेकशील नेपाली दलसँग एकता गर्न पुग्यो। त्यो एकता धेरै दिनसम्म टिक्न सकेन। 

केही दिनमै पार्टीमा फाटो आयो। त्यसले जनतामा उनीहरूप्रतिको आसालाई निराशामा परिणत गरिदियो।

तल्लो तहसम्म संगठन विस्तार गर्न नसकेको, कुनै ठोस रणनीति लिन नसकेको आरोप लागिरहेको समयमा साझाबाट प्रवक्ता आचार्य र खनालले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

उता, फेरि साझा र विवेकशील दलबीच एकताको प्रयास भइरहेको छ। आखिर यस्तो अवस्थामा पार्टीबाट दुई नेताले किन राजीनामा दिनुपर्‍यो? यही विषयमा केन्द्रित रहेर आयोमेलका लागि यज्ञराज जोशीले नेता खनालसँग गरेको कुराकानी : 

साझा पार्टीबाट अलग्गिने निर्णय गर्नुभएछ, यो अप्रत्यासित परिस्थितिमा कसरी पुग्नुभयो?

पार्टीको दायरा एकदमै साँघुरो हुँदै गयो। आफैंलाई भूमिका खुम्चिएको जस्तो लाग्नथाल्यो र हामी अलग्गिन पुग्यौं।

‘नयाँ शक्ति’ बन्छु भन्दै उदाएको पार्टीको हविगत यस्तो हुनुका कारक तत्व के–के  हुन् जस्तो लाग्छ?

उहाँहरू राम्रो मान्छे नै हो। तर, केका लागि राम्रा भन्ने भयो। हामीसँग आएका मानिसहरू व्यावसायिक रूपमा राम्रा थिए। कोही पत्रकारितामा राम्रा, कोही उद्योग–व्यवसायमा राम्रा थिए। यस्ता मान्छेहरू त आए। तर, राजनीतिकै लागि राम्रा आउने वातावरण चाहिँ हाम्रोमा बन्न सकेन।

राजनीतिका लागि नै राम्रा मान्छे चाहिन्छ, राजनीति गर्न। राम्रो कलाकार राजनीतिमा आउने, राम्रो नाटककार पनि राजनीतिमा आउने, राम्रो उपन्यासकार छ त्यो पनि राजनीतिमा आउने गर्दा राजनीतिलाई बढी व्यावसायिक मान्छेले हेर्दा यो अवस्था आएको हो।

राजनीति भनेको त सबै नीतिको मूल नीति हो। एउटा पत्रकारले पत्रकारको आँखाबाट, एउटा व्यवसायीले व्यवसायीको आँखाबाट, एउटा लेखकले लेखकको आँखाबाट राजनीतिलाई बुझ्न थालेपछि खास राजनीति विकृत हुँदोरहेछ।

त्यसैले तपाईंहरूको उत्साह हराएको हो?

हैन। हामीमा नयाँधारको राजनीतिको उत्साह र उमंग अझै पनि छ। यो पार्टीको संरचना हाम्रा लागि साँघुरो भएको हुनाले अझै फराकिलो संरचना बनाउनुपर्छ। एउटा अभियानमार्फत मुलुकलाई निर्देशित गर्ने खालको र मानिसहरू त्यो संरचना देखेर नै वृहत्तर राजनीतिक अजेन्डा बोकेर एकै ठाउँ भएर नयाँ अभियान सञ्चालन गर्न कहिलेकाहीँ साथीहरू नै बाधक हुन्छन्।

अब साझा, विवेकशील अथवा रमेश खरेलको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान, ज्ञानेन्द्र शाहीको अभियान यी यस्ता खालका अनेक स्वतन्त्र गतिविधिलाई एउटा ठूलो अम्बे्रेला चाहिएको हो। त्यो अम्ब्रेला निर्माण गर्नु अहिलेको चुनौती हो। त्यो अम्ब्रेला निर्माण गर्न हामीले कुनै पार्टी बनाउनेभन्दा त्यो अम्ब्रेला बनाउन हाम्रो भूमिका सधैं सक्रिय नै रहन्छ। हामी उत्साहजनक नै रहन्छौं। हामी निरुत्साहित भएका छैनौं।

त्यसो भए पार्टीभित्रको समस्याको चुरो के हो?

पार्टीभित्र त्यस्तो ठूलो समस्या छैन। कुरा के मात्रै हो भने, हामीले जुन ढंगले यसलाई लान खोजेका थियौं त्यो भएन।

के–के कुरा भएन, बुँदागत रूपमा भन्दिनुस् न?

बुँदागत रूपमा भन्दा हामीले अहिलेको स्ट्रक्चरलाई चेन्ज गरौं भनेका थियौं। अहिलेको संरचनाले काम गर्दैन भनेका थियौं। हामीले तीन वर्ष अगाडि कसैलाई प्रदेश संयोजक बनाइदियौं। कसैलाई संगठनको केही बनायौं। कसैलाई जिल्लाको केही बनाइदियौं। त्यसपछि त्यो एक्लो भयो। त्यसले कोही मानिसलाई जोड्नै सकेन। 

किन जोड्न सकेन भन्दा उसलाई राजनीतिक रूपमा पत्याएनन्। केन्द्रीय समिति पनि हामीहरू आफैंले नचिनेका मानिसको भयो। केन्द्रीय समितिका मानिसहरू तलका कुनै पनि मानिससँग जोडिन सकेनन्। उनीहरू माथि काठमाडौंमा छन्, त्योमाथि छलफल गरेर तल छुँदै छुँदैन। हाम्रा तलका समर्थन र शुभचिन्तकको दूरी आकाशका तारा र जमिन जत्तिकै भयो। हामी राजनीतिक कार्यक्रम लिएर उनीहरूको माझमा नजाँदा समस्या भएको हो। हामी गाउँमा जान सकेनौं र फेसबुके पार्टीको आरोप लाग्यो। फेसबुकबाट मात्रै हामी उनीहरूलाई आकर्षित गर्न सक्दैनौं। त्यसैले यो संरचना साँघुरो भयो भन्ने हो। अन्य हाम्रो कुनै आपत्ति थिएन।

हामीले यो संरचनामा एकथरी साथीहरूले काम गरिरहनुहोस् हामी यो संरचनाभन्दा अलि बाहिरबाट पनि काम गर्छौं भनेका छौं। नेपालमा संस्थागत राजनीति नै छैन। यस्तो अवस्थामा वैकल्पिक राजनीतिका कुरा गर्नु व्यर्थ छ। वैकल्पिक राजनीतिको चार/पाँच वर्षे यात्राको कुरा गर्दा हामी अरू पार्टीको त आलोचना गर्छौं त्यसका लागि आफू पनि त जवाफदेही हुनुपर्‍यो नि!

वैकल्पिक राजनीति यो प्रश्नभन्दा बाहिर हो? यसले पनि गल्ती गरेकै हुनाले खुम्चिँदै गयो। त्यसकारण हामीले हाम्रो सामाजिक, राजनीतिक र आर्थिक मुद्दाहरूलाई पहिचान गर्न र पर्गेल्न नसकेको वैकल्पिक शक्ति पनि अरू पुराना पार्टीजस्तै टाँसिदै गयो। पुराना पार्टी साइजमा ठूला छन्, विचारमा गरिब छन्। वैकल्पिक पार्टी चाहिँ साइज र विचार दुवैमा गरिब भयो।

वैकल्पिक शक्तिको यस्तो हालत हुँदा राजनीति गर्न कस्ता खाले मानिस जम्मा हुनुपर्दो रहेछ भन्ने अनुभव लिनुभयो?

सबैभन्दा पहिलो कुरा त पूरा नेपालको राजनीतिक अवस्थाबाट सिर्जित भएका खास कारण के हुन्? ९५ प्रतिशत सफलता भनेको त्यसको डाइग्नोसिस हो। पाँच प्रतिशत भनेको उपचार हो। यहाँ त डाइग्नोसिस भएकै छैन, सबै उपचार गर्ने डाक्टर भए। सबैले चिर्न थाले राजनीतिलाई। घाइते राजनीतिलाई नजानेको डाक्टर्सले चिर्दाखेरि त्यो मर्‍यो। त्यसले गर्दा समस्या भएको हो। हाम्रोमा डाइग्नोसिस गर्न कसैलाई रुची छैन। अप्रेसन गर्न सबैलाई रुची छ। सबै छुरी लिएर बसेका छन्।

साझाले पनि गतिलो काम गर्न नसकेको र दोष अरूमाथि थुपारिरहेको अवस्था हो नि हैन?

एकदमै हो। आलोचना गर्न त एकदमै सजिलो छ। आलोचना गर्न सबैले जान्या छ। अरू पार्टीले गरेनन् भन्ने त सबैले देख्या छन् नि! अरूले गरेनन् भन्न त सजिलो छ। तर, आफूले के गर्ने भन्ने प्रष्ट खाका छैन। यसैले समस्या सिर्जना गरेको हो।

त्यसैले तपाईंहरू बाहिरिनुभएको हो?

हामी राजनीतिबाट बाहिरिएका होइनौं। नयाँ ढंगबाट पुनर्संगठित गर्नुपर्ने आवश्यकतामात्रै महसुस गरेका हौं। साझा पार्टीको संरचनाले नधान्दा हामी बाहिरिनुपरेको हो। त्यो संरचना बाधक छ। त्यो संरचनाबाट कुनै निकास आउँदैन। हामी राजनीतिको त्यो पुरानो संरचना बदल्न चाहन्छौं।

विवेकशील दलसँगको फुटजुटको खेल के हो जस्तो लाग्छ?

फुटेपछि दुवै दलसँग जुट्नुबाहेकको विकल्प रहेन। कि त फुटको औचित्य साबित गर्नुपथ्र्यो। विवेकशील त झन समाप्तै भयो। पुरानै मानिसहरू पनि धेरै यताउता भए। त्यो पार्टी दर्ता पनि छैन केही पनि छैन। त्यसैले त्यो पार्टी हो कि व्यक्ति हुन्, त्यसको पार्टीकोरूरुपमा अस्तित्व कति हो थाहा छैन। यसरी फुटेको किन भन्ने जवाफ दिन नसकेपछि फेरि जुट्नुपर्‍यो।

अब यिनीहरूले जुटेर जनताको माझमा केही नविन विचार लैजान सक्लान् जस्तो लाग्छ तपाईंलाई?

त्यो आधार अहिले देखिएको छैन। उहाँहरूले त्यो गर्नुभयो भने धेरै राम्रो। त्यसका लागि हामी उहाँहरूलाई मद्दत नै गर्छौं।

तपाईंहरू पनि त दोष थुपारेर पन्छिनुभयो नि?

हामीले दोष थुपारेकै छैनौं। म त साझालाई मात्र दोष दिन्नँ। हाम्रो पनि कमजोरी हो। त्यहाँ भएका नेताहरूले काम गर्न सकेनौं। त्यो हाम्रो सामूहिक असफलता हो। म सामूहिक असफलता यस कारण भन्छु कि त्यो कुनै पार्टीको मात्रै होइन। यसको सैद्धान्तिक विश्लेषण गर्दा नेपालको मिडियामा हेर्नुस् कति पार्टी कारण छ। 

नेपालको समाज हेर्नुस्, नागरिक समाज हेर्नुस् सबै पार्टी कारण छन्। राजनीतिक पार्टीमात्रै फेल भएको हो र? यो त नेपाली समाजै फेल भयो र हाम्रो कनेक्टिभिटी फेलियर भएको हो। डेमोक्रेसीका सबै चिज फेल भएका छन्। इन्स्टिच्युसनमा हेर्दा कर्मचारी फेल भएको छ, पुलिस पूरै भ्रष्ट छ, आर्मी पूरै ठेकेदार भएको छ, राजनीति करप्ट छ। त्यसमा रहेका नागरिक समाज भ्रष्ट छन्। 

मिडिया पनि प्रतिछायामा बाँच्ने अवस्था छ। त्यसैले कतै पनि सफलता छैन। यो सामूहिक असफलतालाई मैले कसैका टाउकामा हालेर साझाले गल्ती गर्‍यो भन्ने पक्षमा त म छँदै छैन। यो हामी सबै फेल भएको हो। यदि कसैले म पास भए ठान्छ भने त्यो उसको आत्मरतिमात्रै हो। नेकपा, कांग्रेस, साझा सबै फेल छन्। पहिला त सबै फेल भएको स्वीकार गर्न जरुरी छ। त्यसपछि पो बल्ल समाधान निस्किन्छ।

पास भयो भने कहिले पास भएको हो। कहिले परीक्षा दिएर पास भएको हो भन्दा केही पनि छैन। आफैं परीक्षा दिएको हो भन्ने आफैंलाई पास गर्ने परिपाटी हाबी भएको छ।

त्यसो भए साझाको आदर्श खोक्रो साबित हुँदैछ हैन?

मैले अघि पनि भनेँ कुनै पनि राम्रोको सापेक्षित व्याख्या हुन्छ। राम्रो के कारणले राम्रो? कुनै पनि मान्छे नराम्रो हुँदैन। धेरै मानिसलाई संरचना, कानुन, राजनीतिले मानिसको राम्रो दायराभन्दा बाहिर तान्छ। बाहिर तान्दा पनि त्यो दायरालाई बुझ्न सक्यो भने त्यो राम्रो त्यहाँ पनि राम्रो भइरहन्छ। त्यो दायरालाई राम्रोसँग बुझ्न सकेन भने एक ठाउँको राम्रोले अर्को ठाउँको राम्रोलाई बुझ्न सक्दैन।

एकजना मित्रसँग असाध्यै राम्रो काठको काम गर्नुहुन्छ। तर, उहाँलाई राजनीतिमा ल्याउँदा त्यति नै राम्रो गर्न सक्नुहोला त? उहाँले सक्नुहुन्न। त्यो उहाँको विषय नै होइन। त्यसैले कतिपय कुरा सिकेर गर्नुपर्ने हुन्छ। त्यो सिक्नको लागि टाइम लाग्छ। त्यो सिक्न फेरि खुला हुनुपर्छ। खुला मान्छेले चाँडो सिक्छ। गैरराजनीतिक वृत्तबाट आएका साथीहरूमा हामी असल मान्छे हौं। हामीमा भावना छ। भावनाले समस्याहरू चिन्दैन। समस्या देखेर भावना द्रविभूत हुन्छ। तर, भावना द्रविभूत भएरमात्रै पुग्दैन। भावनाले समस्या त चिन्दैन। समस्या चिन्न त त्यसका बारेमा बुझ्नुपर्ने हुन्छ। 

समाजको मनोविज्ञान, जनतासँगको कनेक्टिभिटी र जटिल राजनीतिक अजेन्डालाई जनताले बुझ्ने भाषामा सरल ढंगले उसका समस्यासँग त्यसलाई अनुवाद गरेर जुन नेता त्यहाँसम्म पुग्छ त्यसले नै राजनीतिलाई सही बुझेको र राजनीतिको राम्रो मान्छे त्यो हो। तपाईं फेसबुकमा कति मिठो कुरा गर्नुहुन्छ, अर्कालाई कति गाली गर्नुहुन्छ, कति धेरै प्रतिक्रिया जनाउनुहुन्छ भन्नेले राजनीतिक डिटरमाइन्ड हुँदैन। हाम्रो समस्या त्यही हो।

के साझा कुनै दिन वैकल्पिक शक्ति होला?

मेरो पार्टीको नामसँग त्यतिधेरै रुची होइन। वैकल्पिक त भनियो। तर, विकल्प के भन्ने पनि स्पष्ट भएन। एउटा सुगालाई सीताराम रट पट्टु भन्यो भने त्यसले त्यही भन्छ। रावण भन्यो भने रावण भन्छ। सीताराम को हो भनेर जवाफ सोध्यो भने त उसले जवाफ दिन सक्दैन। 

वैकल्पिक राजनीतिभन्दा अनेक खालका वैकल्पिक आए। राजावादीले पनि आफूलाई वैकल्पिक भने। पहिचानवादीहरूले पनि आफूलाई वैकल्पिक भने। बाबुरामजीले पनि वैकल्पिक भन्नुभयो। रविन्द्रजीले पनि भन्नुभयो। रमेश खरेल, ज्ञानेन्द्र शाहीहरूले पनि पछिल्लो दिनमा त्यही भनिरहनुभएको छ। ती आफूले वैकल्पिक भनेर गरेको दाबीभन्दा माथि जान आवश्यक छ। 

त्यो माथिल्लो तह भनेको एउटा थेउरिटिकल सेन्ट्रिफ्युजिङ फोर्स (अभिकेन्द्रित बल) हुन्छ। राजनीतिको अभिकेन्द्रित बल एउटा ठूलो शक्ति नभइकन, त्यो नबनाइकन यस्ता साना–साना पार्टी रहन सक्दैनन्। त्यसैले अभिकेन्द्रित बल कसले बनाउने? त्यो कसै न कसैले त गर्नुपर्छ। हाम्रा साथीहरू जुन ढंगले विवेकशील, साझा पार्टीमा रहेर गर्नुभएको काम फेन्टास्टिक छ। तर, त्यत्तिले मात्र नेपाली राजनीतिको ट्रेन्डलाई भत्काउन पर्याप्त छैन।

विकल्प यो भनेर राजनीतिक दलले गाउँ–गाउँसम्म जनतालाई बुझाउन नसक्दासम्म यो मिथ्या कल्पनाजस्तो लाग्दैन?

हो, तपाईंले भनेको सही हो। नेपालमा विकल्प भनेको एउटा जगेडा शक्तिजस्तो मात्र भयो। नेपालमा संस्थापक शक्ति छैन। हाम्रो नेशनल बिल्डिङको मूलभूत चरित्रको कुरा गर्दा पृथ्वीनारायण शाहले एउटा भौगोलिक एकीकरण गरेपछि राष्ट्रका अवयवहरू निर्माणसँगै नेपालको एकीकरणको प्रक्रिया नै हुन सकेन। भाषा, संस्कृति, परम्परा र सम्पदाले त्यो एकीकरणलाई पूर्णता दिन पाएन।

पृथ्वीपछि नेसनल बिल्डिङको काम एउटा निरंकुश राजाको रूपमा महेन्द्रले नै गरे। नेपालमा लोकतान्त्रिक आन्दोलन अलि अगाडि बढेको र राजाले त्यो कु नगरेका भए बिपीको के हुन्थ्यो त्यो भन्न सकिँदैन। बिपीका केही प्रस्थान विन्दूहरू लोकतान्त्रिक प्रक्रियाअन्तर्गतको नेसनल बिल्डिङमा प्रयत्नरत देखिन्छ। तर, त्यो यस्तै नै हुन्थ्यो भन्ने आकार क्लियर छैन। त्यसपछि महेन्द्रलाई एउटा निरंकुश राजालाई जति चाहिन्छ त्यत्ति भाषा, त्यत्ति संस्कृतिको मात्रै विकास गरे। त्यसपछिका राजनीतिक दलहरूले त टोटल इन्जिनियरिङमात्रै गरे। समाजलाई पूरै पार्टीकरण गर्ने काममात्रै भयो। त्यो सोसल इन्जिनियरिङले सामाजिक विखण्डनमात्रै ल्यायो।

त्यसैले नेपालको राजनीतिमा वैकल्पिक होइन कि संस्थापक शक्ति नै छैन। संस्थापक शक्ति बन्ने अवसर छ क्या हामीलाई। संस्थापक शक्ति बन्ने अवसर हुँदाहुँदै किन वैकल्पिक बन्नुप¥यो। साझाभित्र पनि हाम्रो आवाज यही थियो। वैकल्पिक–वैकल्पिक भनेर सानो पसलमात्रै थाप्ने होइन भन्ने हाम्रो भनाइ हो। यसका लागि नेपालमा एउटा ठूलो सक्षम पंक्ति चाहिन्छ। यो हामीमात्रै गर्न सक्छौं भनेर दाबी नगरे हुन्छ। हामीले मात्रै गर्न सक्दैनौं।

तपाईंहरूले यति गहन सुझाव दिँदा पार्टी पंक्तिले स्वीकार्न नसक्नुको कारण के हो जस्तो लाग्छ?

नस्विकारे पनि होइन। कुरा के भयो भने हाम्रो पार्टीको प्रकृति कस्तो भयो भने गैरराजनीतिक प्रवृत्तिका मानिस धेरै भए। गैरराजनीतिक साथीहरूले एउटा संरचना बनाइहाल्नुभयो। त्यो संरचनालाई किन खेर फाल्ने त यसैबाट हुन्छ भने यसैबाट गरौं भन्ने उहाँहरूको प्रयोग पनि छ। त्यो प्रयोग पनि आफैंमा नराम्रो होइन। हामीलाई पो त्यो बाटोबाट सम्भव छैन भन्ने लागेको हो। उहाँहरूले सक्नुभयो राम्रै भइहाल्यो। भयो भने पनि ढिला हुन्छ। सानो हुन्छ। फेरि उस्तै अवस्था आउँछ भन्ने हाम्रो धारणा हो। वैकल्पिकको बनिबनाउ बाटो छ, छैन। आफैं बनाउने हो। त्यसैले उपयुक्त बाटोलाई अंगिकार गर्न सक्नुपर्छ।

अबको तपाईंको आगामी यात्रा के हुन्छ?

समाज रूपान्तरणमा आगामी दिनमा पनि म यसैगरी खटिरहने छु। अब कुनै पनि दलसँग म जोडिन्नँ। एउटा नयाँ अभियान सुरु गर्ने साथीहरूसँग केही समय हातेमालोमात्रै गरेको हुँ। साझाले केही राम्रा काम गरेको छ। जति गरेको छ ती आफैंमा पर्याप्त छैनन् भन्नेमात्रै हो। मेरो विचारसँग मेल खाने साथी भेटिएछन् भने अभियानमा सँगै सरिक भइएला। त्यत्तिमात्र हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित