कोरोनाविरुद्धको खोप कहिले बन्छ, टुंगो छैन: डब्लूएचओ


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालीन निदेशक डा. माइक रायनले कोरोना भाइरसविरुद्धको खोप विकसित गर्न भइरहेका प्रयासमा निराशा व्यक्त गरेका छन्।

खोप विकसित गर्न विश्वभरका वैज्ञानिक खाेजमा रहे पनि ठोस सफलता हासिल हुन नसकेका बेला डा. रायनले भनेका छन्, ‘भाइरस सँगसँगै कसरी जिउने भनेर सिक्न जरुरी छ। भाइरसको महामारी अन्त्य गर्न सकिन्छ वा केही महिनामा प्रभावी खोप बन्छ, यो साँचो होइन।’  खोपमा कहिले सफलता मिल्छ भनेर अझै टुंगो नरहेको उनले बताएका छन्।

उनले कोरोनाबाट निको हुने व्यक्तिमा इम्युनिटी बनिरहेको छ कि छैन भनेर पनि यकिन नभएको उनले बताएका छन्। यदि इम्यिुनिटी बनिरहेको भए पनि कति अवधिसमसम प्रभावी रहन्छ त्यो पनि भन्न नसकिने उनले बताएका छन्।

लन्डन किङ्स कलेजका वैज्ञानिकहरुले रिपोर्ट जारी गर्दै कोरोनाबाट निको भएका बिरामीमा बनेको इम्युनिटी छोटी अवधिका लागि हुनसक्ने बताएका थिए। 

वैज्ञानिकहरुले ९६ संक्रमितमा अध्ययन गरेका थिए। उनीहरुले एन्टीबडिजमार्फत शरीरले स्वाभाविक रुपबाट कोरोनाको सामना गर्न सक्छ कि सक्दैन भनेर अध्ययन गरेका थिए। तर, अहिलेसम्म स्पष्ट भएको छैन कि कोरोना संक्रमित सन्चो भएपश्चात कति समयसम्म निको भइरहन्छ।

यो अध्ययनमा सहभागी सबैमा एन्टीबडिजले कोरोनालाई रोकेकाे पाइयाे तर तीन महिनाको अवधिमा यसको स्तर कम हुन थालेको थियो। 

डब्लूएचओले पत्रकार सम्मेलनमा बताए अनुसार १० वर्षभन्दा कम उमेरका बच्चा कोरोनाबाट आंशिक रुपमा प्रभावित भएको पाइएकाे छ। तर १० वर्षभन्दाका संक्रमितको विषयमा ठोस कदम नचालेमा  कोरोनाको महामारी खराबबाट झन खराब हुनसक्छ।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय